डाइनामिक मोरङद्वारा ८३ लाख वन सहयोग
रमेश भट्टराई
सोल-डाइनामिक मोरङ कमिटि कोरियाले ८३ लाख ९७ हजार वन सहयोग वितरण गरेको छ | उसले नेपाल र कोरिया गरेर ३ शीर्षकमा सो रकम वितरण गरेको हो |
कमिटीले भुकम्प पिडितको सहयोगार्थ उठाएको २९ लाख २० हजार वन (२ हजार ५ सय ९७.६९ डलर अर्थात् २ लाख ६४ हजार १ सय ९५.११ रुपैया ) प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको छ |
कमिटीले सो रकम मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेशराज कार्की मार्फत प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको हो | कमिटिका प्रतिनिधिहरुले रकम जम्मा गरेको भौचर अधिकारीको कार्यकक्षमा पुगेर यही जुन १६ मा हस्तान्तरण गरेका थिए ।
साथै कमिटीले गत मार्च १३ का दिन कोरियामा आत्महत्या गरेका मोरङ गोठगाउका सुरेश नेपालको परिवारलाई पनि १३ लाख ७० हजार वोन अर्थात १ लाख ३० हजार नेपाली रुपैया सहयोग गरेको छ |
नेपालको पारिवारिक स्थिति ज्यादै कम्जोड भएका कारण केहि सहयोग पुगोस भन्ने हेतुले कमिटीले कोरियाबासी नेपालीहरुसंग संकलन गरेको रकम सोहि दिन नै प्रमुख जिल्ला अधिकारी र पत्रकारको रोहबरमा सुरेशका बुवा केदार नेपाललाई हस्तान्तरण गरिएको थियो ।
त्यसैगरि कमिटीले बिराटनगर निवासी भारत गौतमका ८ बर्षका छोरा सचिन गौतमलाई बल्डक्यान्सर (Mixed Lineage Acute Leumia, MPAL) भई बिगत महीनादेखी कान्तिबाल अस्पताल काठमान्डौमा उपचार भई रहेकोले निजको परिवारको आर्थिक स्थितिले सचिनको उपचार गर्न कठिन भएको र उपच्गर प्रबिधि पनि निकै महँगो भएका कारणले सचिनको परिवारलाई उपचारको लागि केहि सहयोग पुगोस भन्ने हेतुले कोरियामा संकलन भएको ४७ लाख २७ हजार वोन सचिन का बुवा भारत गौतमलाई कोरियामा नै यही जुन ७ का दिन कमिटिले हस्तान्तरण गरेको छ ।
डाइनामिक कमिटिको पहललाई सहयोग पुर्याउने सस्थाहरुका साथै सबै कोरियाबासी नेपालीहरुप्रति कमिटिले हार्दिक धन्यबाद ब्यक्त गरेको छ |