Advertisement
SKIP THIS

प्रथम नेपाल भलिबल कपको टिम दर्ता र टाईसिट यहि जुलाई २२ मा हुने।


दक्षिण कोरियामा नेपाली भलिबल खेलको लागि स्थापित एक मात्र साझा संस्था नेपाल कोरिया भलिबल संघको आयोजनामा पहिलो पटक हुन लागेको “प्रथम नेपाल भलिबल कप 2018” मैत्रीपुर्ण भलिबल प्रतियोगिताकाे टाइसिट र नाम दर्ता यहि जुलाइ २२ तारिख हुने भएकाेछ।

कोरियाको कम्पनीहरुमा दिईने गर्मी बिदाको अवसर पारेर नेपाल काेरिया भलिबल संघले  आगामी जुलाईको २९ तारिख भलिबल प्रतियाेगिताकाे  अायाेजना गर्न लागेकाेहाे।

नेपालको राष्ट्रिय खेल भलिबलको विकास र संवर्द्धन गर्दै “हाम्रो प्रतिबद्दता, स्वास्थ्य र राष्ट्रको लागि खेलकुद प्रतियोगिता “ भन्ने मुल नारासहित नेपाल र कोरियामा आयोजना हुने भलिबल प्रतियोगिताहरुको क्रममा हुने आकस्मिक दुर्घटनाहरुमा घाइते खेलाडीहरुको उपचारमा सहयोग गर्ने उद्देश्यको साथ अक्षय कोष स्थापनार्थ प्रतियोगिता आयोजना गर्न लागिएको संघको संयोजक भजिन्द्र क्षेत्रीले जानकारी गराएका छन्।

अहिले सम्मकै सर्बाधिक पुरस्कार राशि राखिएको यस प्रतियोगितामा विजेताले नगद १५ लाख वन र उपविजेताले ११ लाख वन हात पार्दा सेमिफाइनलिष्ट दुई टिमले नगद ४ लाखको दरले पुरस्कार राशी हात पार्नेछन् । खेल अवधिभर विभिन्न विधा(स्पाईकर,लिफ्टर,ब्लकर र लिबेरो)मा उत्कृष्ट खेलाडीहरुले ट्रफी,नगद र प्रमाणपत्र प्राप्त गर्नेछ ।

कोरियामा भलिबल खेलसंग सम्बन्धित सम्पुर्ण संघसंस्थाहरुलाई संघले पत्रचार गरिसकिएको भएता पनि केहि कारणवश पत्र प्राप्त नभएको खण्डमा यसै सुचनालाई आधार मानेर प्रतियोगितामा सहभागी हुन ईच्छुक सबैमा तपशिलको मिति,समय र स्थानमा हुन गईरहेको टिम दर्ता एवं टाईसिट(खेल तालिका )सार्बजनिक कार्यक्रममा गरिमामय उपस्थितिको लागि हार्दिक निमन्त्रणा गरेको छ।

संघले कोरियामा क्रियाशिल सम्पुर्ण संघसंस्थाका प्रतिनिधिज्यूहरु,खेलाडी साथीहरु,व्यावसायीहरु,विद्यार्थी वर्गहरु,पत्रकारहरु ,कलाकारहरु लगायत कोरियाबासी सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई कार्यक्रममा उपस्थित भई भव्यसभ्य रुपमा सफल पारिदिनु हार्दिक अनुरोध गरेको छ साथै सबैमा आगामी जुलाई २९ तारिखमा कुनै खाले प्रतियोगिता नजुधाई संघलाई सहयोग गरिदिन सबैमा आग्रह गरेको छ ।

टिम दर्ता तथा टाईसिट सार्बजनिक कार्यक्रम: मिति :जुलाई 22,आईतबार 2018

समय:विहान 12:00 बजे

स्थान:नाङ्लो रेष्टुरेन्ट ,दोङ्देमुन सौल

सम्पर्कको लागि : भजिन्द्र क्षेत्री:010-9320-7604, आलोक बानिंया:010-9588-8684, लेसन गुरुङ:010-2163-2841 अमर छन्त्याल:010-2235-8848 चन्द्र राना: 010-5265-2051 >

नोट: खेलकै क्रममा आकस्मिक रुपमा घाईते हुने खेलाडीहरुको उपचारमा सहयोगको लागि “अक्षय कोष “स्थापनार्थ सहयोग रकम संकलन गर्न गईरहेको हुंदा सम्पुर्ण कोरियाबासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा सहयोगको लागि हार्दिक अपिल गर्दछौं।

सहयोगको लागि: खाता नं. 351-0637-7416-73 खाताबाहकको नाम:chhantyal pobitra बैंकको नाम:농협 은행 (रकम ट्रान्सफर गरिसकेपछि मो.नं.010-2235-8848 (Amar chhantyal)मा डाईरेक्ट अथवा भाईबरमा मेसेज गर्नुहोला)

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • गम्भिर रोगसँग संघर्षरत विरामी डिस्चार्जका लागि सहयोग अपिल
  • गम्भिर रोगसँग संघर्षरत विरामीलाई सहयोगको अपिल
  • पोखरा युनाइटेड बन्यो NRNA कपको च्याम्पियन
  • खोटाङ हलेसी सांगितिक सौगातको आयव्यय सार्वजनिक
  • ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...