म्याग्दी रनिङ भलिबल कप प्रतियाेगिताकाे सम्पुर्ण तयारी पुरा ।


म्याग्दी प्रवासी नेपाली संघ (मोना) दक्षिण कोरियाले अायाेजना गर्ने म्याग्दी रनिङ कप भलिबल प्रतियोगिताकाे तयारी पुरा भएकाे मोना कोरियाका अध्यक्ष किसन सेन्चुरीले जानकारी गराएका छन् । यहि जुलाइ १५ तारिख अाइतबार खाङ्बुक युथ सेन्टर सुयुकाे कभर्ड हलमा हुने भलिबल प्रतियाेगितामा १३ टिमले सहभागिता जनाउने भएका छन्।

विकास, अनुशासन र गतिशीलता भन्ने नारालाई उद्घोष गर्दै मोना कोरियाले यो सिजनको तेस्रो प्रतियोगिता यहि जुलाइ १५ तारिख साैलमा अायाेजना गर्न लागेको कुरा  सेन्चुरीले जानकारी गराएका छन्।

A पाेल मा ७ टिमले भाग लिएका छन् भने B पाेलमा ६ टिमले भाग लिएका छन्। A  टिममा  विश्वकर्मा समाज र ठकुरी समाज, गुल्मी सम्पर्क समिति र माेना काेरिया A,माेना काेरिया  B र सिहुन्सी अानसान B  प्रतिस्पर्धा गर्ने भएका छन्  भने बाग्लुङ सम्पर्क समिति काेरिया बाइमा परेका छन्।

त्यस्तै   B पाेलमा तनहुँ सम्पर्क समिति र तमु धिं दक्षिण काेरिया ,पुन समाज र स्याङजा परिवार , सिहन्सी अानसान A र काली गण्डकी ब्वायज प्रतिस्पर्धा गर्ने भएका छन्।

कोरियामा भलिबल प्रतियोगिताको सुरुवात मोना कोरियाले गरेको स्मरण गर्दै अहिले कोरियामा रहेका नेपालीमाझ भलिबल प्रतियोगिताको लोकप्रियता निकै बढेको उनले बताए ।  प्रतियोगितामा खेलको आनन्दसंगै विभिन्न परिकारहरुको स्वाद लिन सकिनेछ ।

प्रतियोगितामा प्रथम र द्धितिया हुने टिमले क्रमशः नगद १३ लाख वाेन र १० लाख वाेन र प्रमाणपत्र प्राप्त गर्नेछन भने सेमिफाईनालिष्ट दुई टिमले नगद ३ लाख ५० हजारको दरले पुरस्कार प्राप्त गर्नेछन । ३ लाख ५० हजार दर्ता शुल्क रहेको प्रतियोगिता जुलाई १५ तारिखमा खाङ्बुक युथ सेन्टरमा बिहान ९ बजेबाट सुरु हुने सेन्चुरीले बताएका छन् ।

प्रतियाेगितालाइ मुख्य प्रायाेजन गर्ने जी एम इ रेमिट्यान्स, लाली गुराँस खाजा घर तुन्देमुन, ब्यानर स्पाेन्सर गर्ने पुर्णिमा रेष्टुरेण्ट सुवन, कार्यक्रम ब्यवस्थापन स्पाेन्सर दुर्गा ग्रुप काेरिया, प्रथम पुरस्कार कप स्पाेन्सर याद गर्बुजा अध्यक्ष पुन समाज, दाेश्राे पुरस्कार कप स्पाेन्सर भजिन्द्र क्षेत्री  अध्यक्ष नेपाल काेरिया भलिबल संघ, कार्यक्रम प्रायाेजक हिमालयन किचन खारेबि र लाली गुराँस रेष्टुरेण्ट फारान साथै स्टेशनरी प्रायाेजन दर्शन नमस्ते रेष्टुरेण्ट दाेङ्देमुनले गरेका छन्। साथै मेडिया पार्टनरमा फाेनिज काेरिया र हेल्लाे नेपाल काेरिया डट कम रहेका छन्।

सम्पर्ककाे लाग

अध्यक्ष , किसन सेन्चुरी ०१०९५५८८६८४

सचिब , सुमन पाैडेल  ०१०२१५१६८४०

खेल हुने मिति २०१८ जुलाइ १५ तारिख

स्थान खाङबुक युथ सेन्टर सुयु साैल

समय बिहान ९ बजे देखि

जाने तरिका ४ नं. ट्रेन लाइन सुयु स्टेशन ६ नं. गेट बाट १ ०४ वा १ नं.काे बस चढेर 서강복 청소년 수련관( खेल हुने स्थान ) सम्म पुग्न सकिनेछ। वा ट्याक्सीमा  किबुन रकममै पुग्न सकिनेछ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कि.रा.या. कोरियाले किरात सिरिजङ्गा लिपि प्रशिक्षण कक्षा सञ्चालन गर्ने
  • वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने
  • किम्हे बुसानमा “नमस्ते नेपाल होली इभेन्ट” हुने
  • सुम्निमा डान्स पार्टीको आयव्यय सार्वजनिक , ३ करोड २० लाख वन मुनाफा
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...