Advertisement
SKIP THIS

सानाे मिल्ती खाेला हाइड्राे पावरले किम्हे र जिन्जुमा शेयर अावेदन संकलन गर्ने।


दक्षिण कोरियामा रहेका नेपालीहरुको लगानीमा रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं. १३र १४ मा निर्माणाधिन सानो मिल्ती खोला हाइड्रोपावरले यहि जुलाइ  ८ तारिख काेरियाकाे किम्हे  र जिन्जु शहरमा शेयर अावेदन संकलन गर्ने कार्यक्रम अायाेजना गरेकाेछ।

हाल कम्पनीलाइ नपुग रकम झण्डै ८ कराेड रूपयाँकाे लागी संस्थापक शेयर बिक्रि गरिरहेकाेछ। अहिले सम्म करिब ३ कराेड रूपयाँकाे शेयर अावेदन पत्र संकलन गरिसकेकाेछ।कम्पनीलाइ अावश्यक रकम ८ कराेड रूपयाँ पुरा भए पछि स्वत बन्द हुने भएकाले लगानी गर्न चाहाने महानुभावहरूले छिटाे अावेदन फर्म भर्न हुन पनि कम्पनिका प्रबन्ध संचालक कपिल न्याैपानेले अनुराेध गरेका छन्।

राष्ट्रिय बाणिज्य बैंकको साझेदारीमा निर्माण सम्पन्न हुने उक्त आयोजनामा कुल ५२ करोड रुपैया खर्च हुने जनाएको छ । उक्त रकम मध्ये ६०प्रतिशत राष्ट्रिय वाणिज्य बैंक र ४० प्रतिशत एसएम एन्भेष्टमेन्ट कम्पनीको रहने छ ।

यस अघि एसएम इन्भेष्टमेन्ट कम्पनीमा दक्षिण कोरियामा रहेका इपिएस कामदारहरुको झण्डै १२ करोड रुपैया संकलन भइ आयोजना अगाडि बढेको थियो । हाल कम्पनीलाई नपुग इक्कुइटी सेयर फेरी दक्षिण कोरियामै रहेका नेपालीहरुबाट संकलन गरिन लागेको हाे।

आयोजनाको बारेमा विस्तृत जानकारीका लागि सम्पर्क एस एम इनभेष्ट कम्पनीका अध्यक्ष कपिल न्यौपाने ०१०२१९६९१७४ , सानाे मिल्ती खाेला हाइड्राे पावर अायाेजना अध्यक्ष  सुरेश लिम्बू ०१०७३६४८०९२ र यम श्रीस मगर ०१०७४९८२७३० लाइ सम्पर्क गर्न सकिनेछ।

शेयर अावेदन संकलन हुने स्थान: किम्हे,

न्यु लिटिल इन्डिया रेष्टुरेण्ट किम्हे

समय : बिहान ११ बजे

सम्पर्कका लागि खगेन्द्र शुब्बा ०१०५९२३२९२८, दिलिप थापा ०१०३४२३३८११

जिन्जुका लागी श्री प्रशाद श्रेष्ठ ०१०४६०२२०३२

समय :अपरान्ह ५ बजे

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...