Advertisement
SKIP THIS

कोरियाको थेजन र सुवनमा सकरात्मक जीवन शैली बारे तालिम दिइने


दक्षिण कोरियाको थेजन र सुवन शहरमा कसरी सकरात्मक जीवन शैली अपनाउन सकिन्छ भन्ने बारे तालिम दिइने भएका छन् । नेपालबाट आएका यस क्षेत्रमा डेड दशकदेखि अनुभवी प्रशिक्षक द्धय इन्द्र बहादुर गुरुइ० र राजी श्रेष्ठद्धारा सो तालिम उपलब्ध गराइने भएको छ ।

तालिममा दिमाग, मन र शरिरको उचित व्यवस्थापन बारे जानकारी गराइने छ । व्यक्तितव विकासमा महत्वपुर्ण रुपमा लिइने यस्ता तालिममा मनोविज्ञान र पूर्वी दर्शनलाई समेटेर शारीरीक कृयाकलाप तथा ध्यान र अभिव्यक्तिको माध्यामबाट प्रशिक्षण दिइने प्रशिक्षक गुरुइ०ले जानकारी दिएका छन् ।

कुनै पनि ब्यक्तिको जीवनलाई सरल र सहज बनाउका साथै कोरियामा कार्यरत नेपालीहरुको मानसिक तनाब र चिन्तालाई कम गर्न तालिमले सहयोग पुग्ने प्रशिक्षकको विश्वास रहेको छ । विभिन्न तनाब कै कारण मानसीक समस्याहरुको बढ्दो परिप्रेक्षमा यस्ता तालिम उपयोगी हुने आशा गरिएको छ ।

प्रशिक्षक द्धय नेपाल ओलम्पीक कमिटीका मस्तीष्क र मनोविज्ञान कोच हुन् । बेलायत , मलेसिया, भारत र नेपालका विभिन्न स्थानमा समेत यस्ता तालिम सम्पन्न गरिसकेका प्रशिक्षक द्धयले भूकम्प पीडितहरुलाई पनि तलिम प्रदान गरेका थिए ।

कार्यक्रम हुने स्थान र मिती निम्न अनुसार रहेको छ ।

मिती शनिबार, ७ जुलाई २०१८
समय साँझ ७ बजे,
स्थान सगरमाथा रेष्टुरेन्ट , थेजन यक
सम्पर्क ०१० २६६५ ३९९५ मञ्जु गुरुइ०

मिती आइतबार, ८ जुलाई २०१८
समय दिनको ११ बजे
स्थान नारायणी रेष्टुरेन्ट , सुवन
सम्पर्क ०१० ४०९४ ६२४१ तारा नारायणी राजभण्डारी

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५ को सम्पूर्ण तैयारी पूरा
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...