Advertisement
SKIP THIS

कोरियाको किम्हेमा प्रगति राईको एकल कविता वाचन सम्पन्न


कोरिया-दक्षिण कोरियाको किम्हे शहरस्थित कवि, आख्यानकार प्रगति राईको एकल कविता वाचन सम्पन्न भएको छ । कार्यक्रम लिटल इन्डिया रेष्टुरेन्टको सभा हलमा इतर आवाज साहित्य समाजले आयोजना गरेको हो । आदिवासी सौन्दर्य, पहिचानको आवाज भन्ने नाराकासाथ कोरियामा इतर आवाज साहित्य समाज स्थापना भएको केही बर्षयता विविध साहित्यिक कार्यक्रमहरु गर्दै आइरहेको छ।

कार्यक्रममा विभिन्न संघ-संस्थाका प्रतिनिधी,पत्रकार,साहित्यकारहरुको बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रमको सभापतित्व इतर आवज साहित्य समाजका शीर्ष बिन्दु पराजित पोमु, प्रमुख अथिति प्रगति राई रहनु भएको थियो । विशिष्ट अथितिमा नेसास कोरियाका अध्यक्ष यल्जी बिबश, एनआरएन बुसान शाखाका अध्यक्ष कुबिर लिङ्देन र आदिबासी जनजाती महासंघ बुसान शाखाका अध्यक्ष तपस तामाङ रहनु भएको थियो । अथितिहरुमा विभिन्न संघ-संस्थाका प्रतिनिधी उपस्थित रहनु भएको थियो ।

कार्यक्रममा इतर आवाजका शीर्षबिन्दु पराजित पोमुले नेपाली साहित्य तथा कविताको बारेमा आफ्नो बिचार प्रस्तुत गर्नु भएको थियो । राई निर्गराजले इतर आवाजबारे प्रस्टपार्दै शुभकामना मन्तब्य राख्नु भएको थियो ।

एकल कविता वाचनमा राईले- सायारेम्मा, किनारामा म, बुद्दत्व, सपनाको आतङ्क, वादी बिज्ञप्ती, बलेसीको दियो, रुख, ढुङगा बोल्यो जस्ता आधा दर्जन कविताहरु वाचन गरेका थिए। सन्जय कौँचा, सकुन आँशु ,युबराज न्यौपाने ,दिलिप बान्तवा राई ,डेनिसा राई, राज कुमार मोक्तान ,शुक्र राई ,शुस्मा रानाहँछा,चन्द्र लामा अनुराग ,सुन्दर गाउले ,शिव ढकाल, मात्रीका नेम्बाङ, बियोगी काईला, डम्बर सुब्बा, निर्गराज राई ,कृष्ण किरात, सुरेशसिंह सम्बाहाम्फे र टिपि खनालले पनि आ-आफ्नो सृजना बाचन गर्नु भएको थियो । नेपालबाट आउनु भएका कवि तथा फिलिम निर्देशक राजकुमार मोक्तानको कविताकृति “म र मेरो देश” लोकार्पणसमेत गरिएको थियो।

कार्यक्रम समाजका केन्द्रविन्दु उत्तम खजुमले सञ्चालन गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • नेपाली जनसम्पर्क समिती कोरियाद्वारा सक्रिय सदस्यताका लागि फारम खुला
  • किरात राई यायोक्खा दक्षिण कोरियाको १३ औँ महाधिवेशन सेप्टेम्बर १४ मा
  • चुम्लुङ कोरियाको ‘रजत जयन्ति विशेष भेटघाट तथा वृहत वनभोज’ कार्यक्रम अन्तिम चरणमा
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...