मिल्तीखाेला हाइड्राेपावरले झल्लानाम्दाे ख्वाङ्जु र हाम्पेयङमा शेयर संकलन गर्ने।


दक्षिण कोरियामा रहेका नेपालीहरुको लगानीमा रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं. १३र १४ मा निर्माणाधिन सानो मिल्ती खोला हाइड्रोपावरले यहि जुन ३० तारिख काेरियाकाे झल्लानाम्दाेकाे हाम्पेयङमा र जुलाइ १ तारिख ख्वाङ्जुमा अन्तरक्रिया तथा शेयर अावेदन संकलन गर्ने कार्यक्रम अायाेजना गर्ने भएकाेछ।

हाल कम्पनीलाइ नपुग रकम झण्डै ८ कराेड रूपयाँकाे लागी संस्थापक शेयर बिक्रि गरिरहेकाेछ। अहिले सम्म करिब ३ कराेड रूपयाँकाे शेयर अावेदन पत्र संकलन गरिसकेकाेछ।कम्पनीलाइ अावश्यक रकम ८ कराेड रूपयाँ पुरा भए पछि स्वत बन्द हुने भएकाले लगानी गर्न चाहाने महानुभावहरूले अाफुलाइ पायक पर्ने स्थानमा गइ अावेदन फर्म भर्न हुन पनि कम्पनिका प्रबन्ध संचालक कपिल न्याैपानेले अनुराेध गरेका छन्।

राष्ट्रिय बाणिज्य बैंकको साझेदारीमा निर्माण सम्पन्न हुने उक्त आयोजनामा कुल ५२ करोड रुपैया खर्च हुने जनाएको छ । उक्त रकम मध्ये ६०प्रतिशत राष्ट्रिय वाणिज्य बैंक र ४० प्रतिशत एसएम एन्भेष्टमेन्ट कम्पनीको रहने छ ।

यस अघि एसएम इन्भेष्टमेन्ट कम्पनीमा दक्षिण कोरियामा रहेका इपिएस कामदारहरुको झण्डै १२ करोड रुपैया संकलन भइ आयोजना अगाडि बढेको थियो । हाल कम्पनीलाई नपुग इक्कुइटी सेयर फेरी दक्षिण कोरियामै रहेका नेपालीहरुबाट संकलन गरिन लागेको हाे।

दक्षिण कोरियाका विभिन्न शहरहरुमा कम्पनीका संचालकहरुको उपस्थितिमा सेयर आवेदन पत्र भरिएकोछ । त्यसैगरी कोरियाका विभिन्न अन्य शहरहरुबाट पनि आवेदन भर्न सकिने व्यवस्था मिलाइने छ । टाढा दुर्गम क्षेत्रमा रहने र कृषि भिसामा कोरिया आउने युवाहरुलाई लक्षित गरी हुलाक मार्फत आवेदन फाराम पठाइने जनाइएको छ ।

दक्षिण कोरियामै रहने नेपालीहरुको कुल लगानीमा स्थापना भएको कम्पनीले निर्माण गरेको यस आयोजनालाई नमुना आयोजनाको रुपमा अागामी एक बर्षमा सम्पन्न गरिनेछ । याे अायाेजना सम्पन्न गरे पश्चात अन्य ठुला अायाेजनामा पनि लगानी गर्ने कम्पनीकाे याेजना रहेकाे बताइएकाेछ।

आयोजनाको बारेमा विस्तृत जानकारी दिनको लागि सम्पर्क एस एम इनभेष्ट कम्पनीका अध्यक्ष कपिल न्यौपाने ०१०२१९६९१७४ , सानाे मिल्ती खाेला हाइड्राे पावर अायाेजना अध्यक्ष  सुरेश लिम्बू ०१०७३६४८०९२

कार्यक्रम हुने स्थान

झल्लानाम्दाे हाम्पेयङ टर्मिनल नजिकै

मिति २०१८ जुन ३० तारिख

सम्पर्कका लागी

सालिक न्याैपाने ०१०२१४३८९५२

शिशिर शर्मा ०१०९२४१९०७८

साथै जुलाइ १ तारिख ख्वाङ्जुमा

स्थान झल्लानाम्दाे ख्वाङ्गजु अनुग्रा  नेपाली चर्च

Mercy Home

सन्ताेष पराजुली ०१०५९५९७४५३

सालिक न्याैपाने ०१०२१४३८९५२

अन्य शहरका लागी
जेजु शुभद्रा पालुङ्वा शुब्बा ०१०९१४३४४३८
साैल ,यम श्रीस मगर ०१०७४९८२७३०

साैल श्री श्रेष्ठ ०१०४६०२२०३२
थेजन, बालकृष्ण त्रिपाठी ०१०२३०४८२७९
अानसान, सन्ताेष श्रेष्ठ ०१०४०४९०५३२

अानसान अानन्द सिलवाल ०१०४२२७९५५५
थेगु, मानसिंह गुरुंग ०१०३०४७१९६०
जंगव, राेविन मगर ०१०६४६१५५०२
वुइजंगबु नेत्र चौधरी ०१०८६७२९३८४

किम्हे दिलिप थापा ०१०३४२३३८११

ख्वाङछन रिना ०१०८४५२९१९०

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कि.रा.या. कोरियाले किरात सिरिजङ्गा लिपि प्रशिक्षण कक्षा सञ्चालन गर्ने
  • वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने
  • किम्हे बुसानमा “नमस्ते नेपाल होली इभेन्ट” हुने
  • सुम्निमा डान्स पार्टीको आयव्यय सार्वजनिक , ३ करोड २० लाख वन मुनाफा
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...