Advertisement
SKIP THIS

ढाेरपाटन कप कालीगण्डकी ब्वायज्काे पाेल्टामा


बाग्लुङ सम्पर्क समित दक्षिण कोरियाले “शारीरिक तन्दुरुस्ती राष्ट्रिय खेलको प्रबर्द्वन र आपसी सदभावका लागि खेलकुद” भन्ने मुल नारा सहित २०१८ जुन ०३ ,आईतबार दक्षिण कोरियाको सौलमा आयोजना गरेकाे  छैठौं मैत्रीपुर्ण भलिबल प्रतियोगिता “ढोरपाटन कप २०१८ “ काे उपाधी  काली गण्डकी ब्वायज्ले चुमेकाेछ।

कुल १४ टिमले नाम दर्ता गरेकाे भलिबल प्रतियाेगितामा स्याङ्जा परिवारलाइ २ – १ काे सेटमा पराजीत गरि काली गण्डकी ब्वायज्ले उपाधि चुमेकाे हाे। पाेल ए बाट सेमिफाइनलमा  सिहङ्सी अानसान लाइ पराजीत गरि स्याङ्जा परिवार फार्इनलमा प्रबेश गरेकाे  थियाे भने पाेल  बि बाट बाग्लुङ बि लाइ पराजित गरि काली गण्डकी ब्वायज् फाइनलमा प्रबेश गरेकाे  थियाे।

प्रथम हुने काली गण्डकी ब्वायज् लार्इ कप, नगद १३ लाख वन र प्रमाण पत्र , दाेश्राे हुने स्याङ्जा परिवार लार्इ कप, नगद १० लाख तथा प्रमाण पत्र र सेमी फाइनल लडेका २  टिम बाग्लुङ बि र सिहङ सि अानसान लार्इ  नगद ३ लाख ५० हजार वनका दरले पुरस्कार प्रदान गरिएकाे थियाे।

उत्कृष्ट खेलाडिकाे उपाधि बेष्ट प्लेयर स्याङजा परिवारका खेलाडी कुमार गुरूङले हात पार्न सफल भएका थिए। बेष्ट प्लेयरलाइ कप,नगद एक लाख वन तथा प्रमाण पत्र प्रदान गरिएकाे थियाे।

प्रतियाेगितालार्इ ब्यवस्थित रूपमा संचालन गर्नका लागी रेफ्रीहरू अमित राना, लाेकेन्द्र भट्टचन, श्रवण श्रेष्ठ, दिलु बिरकट्टा ,किरण भण्डारी मगर र बिक्रम केसी लगाएतका रहेका थिए।

बाग्लुङ सम्पर्क समिति काेरियाका अध्यक्ष सुवास लामिछाने काे अध्यक्षतामा सम्पन्न भएकाे प्रतियाेगितामा काेरियाका लागि नेपाली महामहिम  राजदुत अर्जुन जङ बहादुर सिंह प्रमुख अतिथि रहेका थिए भने  बिशेष अतिथिमा एन अार एन ए काेरियाका अध्यक्ष लम्मी गुरूङ, नेपाल अादिबासी जनजाति महासंघका का बा अध्यक्ष मल्लिका थकाली, वुमन फर वुमनकी अध्यक्ष पद्मा श्रेष्ठ लगायतका रहेका थिए।

प्रतियाेगितमा स्थलमा खेलप्रेमी नेपालीहरूकाे बाग्लाे उपस्थिति रहेकाे  थियाे भने नेपाली परिकारका खाजाहरू पनि बिक्रि गरिएकाे थियाे। साथै एस बि अार्इ काेषमनि रेमिटले रेमिट सम्बन्धि सेवा पनि दिएकाे  थियाे।

ढाेरपाटन कपलार्इ भब्य रूपमा सफल बनाउन  बिभिन्न क्षेत्रबाट सहयाेग गर्ने खेलाडिहरू, संघ संस्थाका प्रमुख तथा प्रतिनिधि,रेफ्रिहरू, बाग्लुङ सम्पर्क समितिका पदाधिकारीहरू लगायत सम्पुर्ण महानुभावहरूलाइ अायाेजकका तर्फबाट समितिका अध्यक्ष सुवास लामिछानेले धन्यबाद प्रदान गरेका थिए।

 

 

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियामा चासोक तङनाम मनाइयो, पालामको लयमा झुम्यो सौल
  • नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको ७ औँ महाधिवेशन जनवरी ४ मा
  • डिसेम्बर २८ तारिक कोरियाको थेगुमा कलाकार ममता र पवित्रा गुरुङसँगै तमु ल्होसार भव्य मनाइने
  • युबिन श्रेष्ठको नेतृत्वमा प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको नयाँ समिति गठन
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...