Advertisement
SKIP THIS

नेपाली दुतावास दक्षिण कोरियाको कार्यशैलीप्रती कोरियामा रहेका नेपाली समुदाय आक्रोशित


दक्षिण कोरियामा नेपाली राजदूताबासले केहीलाई मात्रै बोलाएर ११ औ गणतन्त्र दिवस मनाएको भन्दै नेपाली दुतावासको कार्यशैली प्रती कोरियामा रहेका संघ सस्था तथा नेपाली समुदायका ब्यत्तिहरुले सामाजिक संजाल मार्फत आक्रोस ब्यत्त गरेका छन ।

यही २०१८ मे २९ तारिख मंगलबारका दिन नेपाली दुतावासले कोरियामा रहेका संघ सस्था, संगठन तथा सरोकार वाला नेपाली समुदायका कोहीलाइ पनि जानकारी नदिइ चार पाच जना ब्यक्तीहरु भेला पारेर निजी जन्मदिन मनाए जस्तो गरि ११ औ गणतन्त्र दिबस मनाएको फोटो सार्वजनीक भए पछी कोरियामा रहेका बिभिन्न संघ सस्था तथा ब्यक्तिहरुले दुतावासको ब्यबहार र कार्यशैली प्रती निराशा र आक्रोस ब्यक्त गरेका हुन् ।

सामाजिक संजाल फेसबुकमा आएका केही आक्रोशहरुलाइ जस्ताको तस्तै समेट्ने प्रयास गरेको छु । प्रवासी नेपाली मञ्च दक्षिण कोरियाका अध्यक्ष परशुराम सापकोटा आफ्नो फेसबुकमा लेख्नुहुन्छ, “गणतन्त्र दिवस एउटा राष्ट्रिय पर्व हो । देशमा हुनेले आआफ्नै तरिकाले मनाउने छन। देशमा हुदा भन्दा परदेश हुँदा आफ्नो कुराको धेरै माया लाग्छ । गणतन्त्र प्राप्तिको लडाइमा आफुहरुलाइ होम्ने युवा शक्ति अहिले बिदेशमा छन् । बिदेशमा भए पनि स्वदेशमा भए पनि गणतन्त्रलाइ त्यस आन्दोलनमा सहभागि युवाहरुले आफ्नो उपलब्धि ठानेका छन । गणतन्त्र प्राप्तिको लागि आफुले रगत पसिना बगाएको कुरा यति छिट्टै भुल्ने त कुरै भएन । आफ्नो प्रिय ठानेको उपलब्धिको रक्षा जगेर्ना गर्ने ,सम्मान गर्ने तथा उत्सब मनाउने हक त्यस आन्दोलनमा सहभागि हुनेको सत प्रतिसत हुने नै भयो । यसै संदर्भमा यस बर्ष २०७५को ११औ गणतन्त्र दिवस मनाउन पनि हामी कोरिया प्रवासनमा रहने नेपालीहरु पनि उत्साहित थियौ। उत्साहित कुन मानेमा थियौ भने गन्नलाइ यो ११औ भनिए पनि संविधानको कार्यन्वयन भइ संस्थागत भएको पहिलो गणतन्त्र दिवस हो । अर्को कुरा देशमा बिध्यमान लामो संक्रमण अन्त भइ राजनीतिक स्थिरताको एउटा माहोल बनेको अवस्थामा यस्तो महत्वपूर्ण उत्सब मनाउने संदर्भमा प्रवासि नेपाली मञ्च लगायत अन्य राजनीतिक संगठन लगाएत अन्य सामाजिक संघ सस्थाहरुलाइ जुन प्रकारको उपेक्षा गरिएको हो त्यस प्रति हामी खेद ब्यक्त गर्दछौ। आगामी दिनमा पनि नेपाल सरकारको एउटा जिम्मेबार निकायले यस किसिमको संक्रिणता प्रकट नगर्न सचेत गराउदछौ। ”

त्यसै गरी प्रवासी नेपाली मञ्च दक्षिण कोरियाका महासचिव श्रमदिप चौलागाइले बिगतको स्मरण गर्दै फेसबुकमा लेख्नु हुन्छ,“म कोरीयामा रहुन्जेल भगवानसग एउटै मात्र प्राथना गरि रहन्छु । आपत बिपत परेर नेपाली दुतावास र बिरामी परेर अस्पताल जानु नपरोस् । अरु दुःख कष्ट आफै सहने छु ।
यी माथीका हरफहरु मैले हालका श्रम सहचारीलाई स्वागत गर्ने दिनमा नेपाल हाउसमा छोटो मन्तब्यका साथ दुतावासको कार्यशैली र हामी मजदुरलाई दुतावासले गर्ने ब्यवहार प्रती अबगत गराउदै भनेको थिए ।
अझ एउटा कुरा स्पष्ट सग भनेको थिए , नेपाली दुतावास नेपाल प्रवेश गर्न भिषा लगाउनु पर्ने नेपाली भाषीहरु प्रती भन्दा नेपाली नागरिकहरु प्रती बढी जिम्बेवार हुनु आवाश्यक छ । मलाई याद छ मैले यती भन्दा भन्दै मैले बोलीरहेको मईक बिगार्ने ती महान दुइ माहापुरुषहरुलाइ पनि नबोलाइकन आज नेपाली दुतावास कोरियाले भब्यताको साथ गणतन्त्र दिवस मनाएछ । एउटा कुरा चिच्चाएर सोध्न चाहान्छु । दुतावासले आज मनाएको गणतन्त्र दिवस नेपाल सरकारको तर्फबाट हो कि एउटा पार्टीको कार्यकर्ताको तर्फबाट हो ? ”

यसै गरी जन प्रगतिशिल मञ्चका अध्यक्ष खगेन्द्र बुढा प्रश्न गर्दै लेख्नु हुन्छ, “नेपाली राजदुतावास दक्षिण कोरियाले अरु कसैलाई पनि खबर नगरी आफ्नो पार्टीको २/४ जना कार्यकर्ता गोप्य रूपमा बोलाएर बन्द कोठामा ११ औं गणतन्त्र दिबस मनाउनुलाई तपाईंहरु के भन्नुहुन्छ ? के यो कुरा जायज छ? के गणतन्त्र दिबस २/४ जनाको लागि मात्र आएको हो ? अरुलाई खबर गर्नु पर्दैन र ? ”

रमेश लुङ्गाली मगर भने अली रमाइलो तरिकाले ब्याङ्य गर्दै लेख्नु हुन्छ, “कोरियामा पनि गणतन्त्र दिवस मनाईएछ कोठामा 😊 (काङ्ग्रेसको दुतावासमा एन एन ,सि सि ) भेलाभर सायदै ! यस्तो अपेक्षा चै यहाँ भएका ४५ हजार नेपालीहरुको थिएनन होला दुतावासबाट ।”

त्यस्तै रबिन गौतम गुनासो गर्दै सोध्नु हुन्छ, “दुतावास कुनै पार्टीको सम्यन्त्र हो या आम कोरिया बासी नेपालीहरुको अभिभावक हो …? ११ औ गणतन्त्र दिबस २/४ जना व्यापारी आसेपासे र कार्यकर्ता बिच मनाइरहदा हामी आम कोरिया बासी नेपाली र दुताबासले सन्चालन गरेका सबै कामहरुमा हातेमालो गर्ने सक्रिय संघसस्थाहरुले कस्तो अपेक्षा राख्ने ? जे जस्तो ब्याकराउडबाट आयपनी दुताबासले आम प्रबासिहरुको अभिभावकत्व भुमिका निभाउनु पर्ने हैनर …?”

त्यस्तै केपी चौलागाइ भन्नु हुन्छ,’बिदेशमा नेपालको गणतन्त्र दिवसको अवसरमा सबैलाई बिदा नमिल्ला अथवा सबै नआउलान त्यो फरक कुरा हो। तर जव नेपाली दुतावासले देशको गणतन्त्र दिवस मान्दै गर्दा नेपालीहरूमाझ सार्वजानिक सुचना गर्नु पर्ने होईन? कि सिमित ब्यक्तिलाई मात्र बोलाएर गणतन्त्र दिवस मान्न नेपाल सरकारको उर्दि छ? होईन भने चाहे बिदा होस वा नहोस सरकारी निकायले कुनै पनि पब्लिक काम गर्दा होस वा राष्ट्रिय दिवस मनाउदा होस सार्वजानिक रुपमा सुचना गर्नै पर्छ। दुतावास ब्यापारिक निकाय नभएर नेपाल सरकारको एक अङ्ग हो। दुतावासले पछिल्लो समयमा गर्ने गरेको धेरै कामहरु तारिफ योग्य हुदा हुदै पनि धेरै कुराहरूमा दुतावास चुकेको छ। दुतावासको त्यस तर्फ पनि ध्यान जाओस।’

जन प्रगतिशिल मञ्चका महासचिव नबिन गुरुङ्ग लेख्नु हुन्छ, “गणतन्त्र का सिपाहीहरु बिरुद्ध बिद्धेस ओकल्नेहरु, गणतन्त्र प्राप्तीका लागी आन्दोलन र लंडाईलाई कोरिया बसेर समाचार सुन्नेहरु लगायत आसेपासेहरु दुताबासको बन्द कोठामा भेला गराएर राष्ट्रिय दिवश मान्नुको औचित्य के?”

यसैगरी अन्तराष्ट्रिय नेपाली समाजका अध्यक्ष रमेश उप्रेती पनि प्रश्न गर्दै जवाफ माग्नु हुन्छ,“करीब चालीस हजार नेपाली कामदार रहेको कोरियामा १०/१५जनालाई राजदूताबास भवनमा बोलाएर गणतन्त्र दिवस मनाउनु के मजाक हो महामहिम ज्युर? हजारौ नेपाली जनताको बलिदानी मार्फत आएको गणतन्त्र के सिमित आफ्नो पार्टी र आसेपासेको निम्ती मात्रै हो त? पोहोर पनि यसैगरी मनाउनु भो,पटक पटकको गल्तीको जवाफ चाहियो महामहिम ज्यु!!”

माथीका भनाइहरु प्रतिनीधी भनाइ मात्र हुन । हप्तै पिच्छे बिभिन्न सस्थाको कार्यक्रममा सहभागी हुने दुतावासले ठुलो त्याग तपस्या र बलिदानबाट प्राप्त गणतन्त्रलाई मनाउदा चाही कोही कसैलाइ नबोलाइ केही नजिकका मान्छेलाइ भेला पारेर महामहिमज्युले राजदुतावास र यसका गतीबिधीलाई आम नेपाली समुदायबाट टाढा राख्ने केशिस गरीरहनु भएको त छैन रु याहा गम्भिर प्रश्न खडा भएको छ ।

हो, प्रवासमा नेपालको गणतन्त्र दिवसको अवसरमा सबैलाई बिदा नमिल्न सक्छ अथवा सबै सहभागी हुन सक्दैनन् तर नेपाली दुतावासले देशको गणतन्त्र दिवस मान्न कोरियामा रहेका सबै नेपालीहरुमाझ सार्वजनिक सुचना गर्नु पर्ने हो । कोरियामा दर्जनौंको संख्यामा रहेको सामाजिक संघसंस्थाहरु छन् । कार्यक्रममा आवोस या नआवोस निमन्त्रणासम्म गर्न सकेको भए नेपाली दूतावास अहिले यसरी चारैतिरबाट आलोचित हुन पर्ने थिएन । हुन त दुताबासले गतवर्ष पनि सिमित व्यक्ति बिच गणतन्त्र दिवस नमनाएको होइन । त्यो बेला पनि फाट्टफुटट विरोध भएकै थियो ।

अहिले भएको विरोधप्रति दुतावासले भर्खरै विज्ञप्ति पनि प्रकाशित गरेको छ । तर कार्यक्रम हुनु अगाडि नै सार्वजनिक रुपमा सुचना निकाल्नु पर्ने होइन र? जाने नजाने आफ्नो ठाउँमा छ किनकी अधिकांश मजदूरहरुलाई भनेको बेला छुट्टी नै कहाँ मिल्छ र तै पनि मजदुरहरुलाई सम्बोधन गर्दै कार्यक्रम गर्न लागेको बारेमा सार्वजनिक रुपमा निमन्त्रणा या सूचना प्रकाशित गरे नेपाली दूतावासको के नै बिग्रन्थ्यो र ?

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...