Advertisement
SKIP THIS

कोरियामा “बिर्सिएको मृत्यु” को बिमर्श हुने


आगामी जुन ३ तारेख कोरियाको राजधानी सौलमा महिला अधिकारकर्मी एवं लेखिका प्रगति राईको पछिल्लो किर्ती “बिर्सिएको मृत्युु ” माथी विमर्श हुने भएको छ।

सौलको तोङ्देमुनस्थित लुम्बिनी रेस्टुरेन्टमा आयोजना हुने उक्त कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको  आयोजक  नेपाली साहित्य समाज, दक्षिण कोरियाका अध्यक्ष यल्जी विवशले जानकारी दिनुभएको छ। नेपाली साहित्य समाज (नेसास) तथा आप्रवासी मिडिया( MW TV)ले संयुक्त रुपमा आयोजना गर्न गैइरहेको यस कार्यक्रममा मुलतः बिर्सिएको मृत्यू माथी बहस हुनेछ भने कार्यक्रमको अर्को चरणमा स्थानीय कवि तथा साहित्यकारहरुको रचनावाचन समेत हुने  अर्को आयोजक संस्था MW TV का तर्फबाट डम्बर सुब्बाले जानकारी गराउनुभयो।

यसअघि “लेखककी स्वास्नी” तथा “वादी विज्ञप्ति” जस्ता चर्चित किर्तीहरु पस्किसकेकी लेखिका प्रगति राई यस कार्यक्रमको बिशेष आकर्षण हुनेछिन्।”बिर्सिएको मृत्युु” को परिचर्चा कार्यक्रममा स्वयं लेखिका नै उपस्थित हुने खबरले यहाँका साहित्यप्रेमिहरु अत्यन्तै उत्साहित छन् ।”बिर्सिएको मृत्युु एक बिमर्श एवं साहित्यिक सृजनावाचन-२०१८” नाम दिईएको यस कार्यक्रममा राजनितिकर्मी एवं लेखक मिलनकान्छा किराँती,कवि एवं इतर आवाज साहित्य समाज,कोरियाका शिर्षबिन्दु पराजित पोमु र कवि एवं अन्तरास्ट्रिय नेपाली साहित्य समाज,दक्षिण कोरिया च्याप्टरका अध्यक्ष प्रमोद सारङ्गद्वारा प्रस्तुत किताबमाथी बिमर्श गरिनेछ।

स्मरणीय यो छ कि लेखिका प्रगति राई दक्षिण कोरियामा नेपाली साहित्यको पहिलो संस्था नेपाली साहित्य समाज, दक्षिण कोरियाकि संस्थापक अध्यक्ष पनि हुन्।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पाँचथर सांगितिक सौगात भाग २ को आयव्यय सार्वजनिक , २ करोड ४१ लाख वन बचत
  • कोरियाको शहरहरुमा नोभेम्बर ८ देखि आक्रमक प्रदर्शनको तयारीमा ‘जारी २’
  • नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाको ९ औँ महाधिवेशन नोभेम्बर ९ मा
  • नोभेम्बर २ देखि कोरियाको विभिन्न शहरहरुमा प्रदर्शन हुँदै चलचित्र ‘रिमै’
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...