Advertisement
SKIP THIS

कोरियाका सछाङबासी नेपालीहरुले नेपाली नयाँ वर्ष कार्यक्रम यसरी मनाए


अशोक पोख्रेल

दक्षिण कोरियाको याङसान नजिकै पुर्वी दिशामा रहेको सछाङ शहरमा भब्यताका साथ नेपाली नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । सछाङमा अवस्थित विदेशी कामदारहरुको लागी तालिम तथा सहयोग परामर्श दिंदैआएको कोरियन सरकारी संस्थाको एक हलमा उक्त कार्यक्रम गरिएको हो । गत आईतबार सम्पन्न उक्त कार्यक्रम, उङसाङ नेपाली समाज साथै हिमालय एफ.सी सछाङले सम्युक्त रुपमा आयोजना गरेको थियो भने विदेशी कामदारहरुलाई तालिम तथा सहयोग परामर्श गर्दै आएको सोही कोरियन सरकारी संस्थाले सहयोगीको भुमिका खेलेको थियो । सछाङ, उङसाङ, थक्के वरपर रहेका नेपाली कामदारहरुको उल्लेखनीय सहभागी रहेको सो कार्यक्रम औपचारिक र मनोरन्जनात्मक गरेर दुई चरणमा सम्पन्न गरिएको थियो ।

सागर विष्ट सभापति रहेको औपचारिक कार्यक्रममा दक्षिण कोरिया एन. सि.सि सल्लाहकार तथा सपोर्ट नेपाल फाउन्डेशनका उपाध्यक्ष एल. विष्ट प्रमुख अतिथी, कोरियन माईग्रेन्ट सेन्टर सछाङका सेन्टर जाङनिम यूख्यङ हे विशेष अतिथी,साथै उङसाङ नेपाली समाजका अध्यक्ष आनन्द कोईराला, प्रवाशी महिला समुह वुसानकी अध्यक्ष प्रतिमा आले, एन आर एन वुसानका वरिष्ठ उपाध्यक्ष उमेश मेवाङ राई, हिमालयन एफ सी का अध्यक्ष विशाल गुरुङ, एभरेष्ट एफ सी का टप पुन अनी वुसान क्षेत्रका समाज सेवी मदन गिरी अतिथी रहेको उक्त कार्यक्रममा ठुलो संख्यामा नेपालीहरुको सहभागी रहेको थियो ।

कार्यक्रम सुरुवातीमा नेपाली राष्ट्रीय गानबाट गुन्जिएको सो हलमा नरेश दाहालले स्वागत मन्तव्य अनी मदन गिरी र एल वि विष्टको छोटो मन्तव्य हुँदै औपचारिक कार्यक्रमको समापन गरिएको थियो ।
काम गरेको सम्पुर्ण थकान मेटाउन अनि परदेशमा रहेरपनी नेपाली नयाँ वर्षको शुभकामना आदामप्रदानमा जुटेका नेपालीहरु दोस्रो चरणको मनोरन्जनात्मक कार्यक्रममा मझाले नै झुमेका थिए । स्थानीय चर्चित गायकहरु मदन गिरी, उमेश मेवाङ राई, अर्जुन सुव्वा, शिला मास्के लगायतका गायकहरुले एकल तथा सामुहिक प्रस्तुतीबाट सबै दर्शकहरुलाई नचाएका थिए। स्थानीय कलाकार मिनु लामाको नृत्यले उक्त हलमा झनै गर्मि वनाएको थियो ।

मुक्तक, चुड्किला अनि नेपाली बाँसुरीको धुनले उपस्थित कोरियन अतिथीहरु समेत मन्त्रमुक्द र चकित नै परेका थिए । छोटो-मिठो र अतिनै आकर्षक किसीमले शुरुवाती र समापन भएको सो कार्यक्रममा कोरियन माईग्रेन्ट संस्थाले कलाकार अनि सहभागी सबैलाइ पुरस्कार साथै मायाको चिनो वितरण गरेको थियो भने खशीको मासुको साथमा अति नै स्वादिष्ट नेपाली खानाका परिकारहरु पनी खाने र खुवाउने काम भएको थियो। यसरी परदेशी भुमीमा छरिएर रहेका नेपालीहरु भेला भएर यस्ता किसीमका कार्यक्रमहरु गरिनु आफैंमा तारिफ योग्य र महत्वपुर्ण मानिन्छन । यस्ता कार्यक्रमहरु वेला-वेला भईरहनुपर्दछ, आयोजकलाई सबैले धन्यवाद दिनैपर्छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५ को सम्पूर्ण तैयारी पूरा
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...