Advertisement
SKIP THIS

गजलकार सुरेश वाग्लेको ‘तिमी साथ भएपछि’ सार्वजनिक


काठमाडौं: युवा गजलकार सुरेश वाग्लेद्वारा रचना गरिएको गजल संग्रह ‘तिमी साथ भएपछि’ बिहिबार काठमाडौंमा विमोचन गरिएको छ । संगीतकार राजु सिंह, संगीतकार शक्ति वल्लभ, संगीतकार लक्ष्मण शेष, अभिनेता सरोज खनाल, प्रा.डा.घनश्याम परिश्रमी, गायक उदय सोताङ, गीतकार करुण थापासहितका व्यक्तित्वले उक्त एल्बम सार्वजनिक गरेका हुन् ।

अमेरिकामा बसोबास गर्दै आएका युवा गजलकार सुरेश वाग्ले गीत–गजलको क्षेत्रमा पुरानो नाम हो । डेढ दशकअघि नै गजलप्रति रुची भएका साथीहरुलाई भेला पारेर आफ्नै नेतृत्वमा ‘गजल गृह नेपाल’ स्थापना गर्ने गजलकार वाग्लेले गजलहरुको संग्रह नै सार्वजनिक गरेका हुन् । उक्त एल्बमको उत्पादन गजल गृह नेपालले गरेको हो ।

सार्वजनिक गजल एल्बम ‘तिमी साथ भएपछि’ मा दश वटा गजलहरु समावेश गरिएका छन् । गजलकार वाग्लेले झन्डै एक दशक अघिदेखि रचना गरेका गजलहरुलाई यो एल्बममा समावेश गरिएको छ ।

एल्बमका गजलहरुमा उदय सोताङ, मनिला सोताङ, शिव परियार, अञ्जु पन्त, मनोजराज, हरि लम्साल, टिका प्रसाईं, मदन गोपाल तथा बुद्ध लामा (नेपाल आइडल) को स्वरलाई समावेश गरिएको छ । हरि लम्साल, शिव परियार, मनोज राज तथा किरण श्रेष्ठले ती गजलहरुलाई संगीतबद्ध गर्नु भएको छ । ती गजलहरुमा गोपाल रसाइली, किरण क“डेल, रिकेश गुरुङ, सचिन सिंह, रिदम क“डेल तथा पाकिस्तानी संगीतकर्मी इमाद रहमानको संगीत संयोजन छ ।

प्रस्तुत एल्बमका दश वटा गजल मध्ये तीन वटा गजल यूगल शैलीका छन् । उदय र मनिला सोताङको स्वरको ‘आखाको यो नानी भित्रै’, मनोज राज र अञ्जु पन्तको ‘सम्झे पनि तिम्रो याद’ तथा ‘तिमी आयौ जिन्दगीमा’ यूगल शैलीका छन् ।

विमोचन समारोहमा एल्बममा समावेश गायक शिव परियारको स्वरको ‘फूलमा…’ शीर्षकको गीतको म्युजिक भिडियो प्रिमियर गरियो । शान थापाद्वारा निर्देशित उक्त भिडियोमा अभिनेत्री मरिष्का पोखरेल तथा अभिनेता पुष्प खड्काले अभिनय गरेका छन् । एल्बममा समावेश अन्य तीन वटा गजलका म्युजिक भिडियोहरु केही समयअघि यूट्युबमार्फत सार्वजनिक भैसकेका छन् ।

प्रशान्त रसाइलीको निर्देशनमा बनेको उदय र मनिलाको ‘आ“खाको यो नानी भित्र’ गजलको म्युजिक भिडियोमा शिल्पा मास्के तथा पुष्कर कार्कीले अभिनय गरेका छन् । बुद्ध लामाको स्वरको ‘तिमी साथ भएपछि…’ गजलको अर्जुन अधिकारीद्वारा निर्देशित म्युजिक भिडियोमा पल शाह तथा आ“चल शर्माले अभिनय गरेका छन् । मनोज राज र अञ्जु पन्तको स्वरको ‘सम्झे पनि तिम्रो याद’ लाई निकेश खड्काले निर्देश्ँन गरेका छन्, जसमा प्रियंका कार्की तथा अनिल थापाले अभिनय गरेका छन् ।

नेपाली गीत–गजल तथा साहित्यलाई प्रचार–प्रसार गर्ने उदेश्यले स्थापना भएको गजल गृह नेपालले अमेरिकामा समेत विभिन्न गतिविधिहरु सञ्चालन गरिसकेको छ । गजलकार वाग्लेले नेपाली गीत–संगीतप्रतिको लगावकै कारण अमेरिकाको बोस्टनमा आफ्नै अध्यक्षतामा हिमालयन हेरिटेज कल्चरल एकेडेमी पनि सञ्चालन गरिरहेका छन्, जसले नेपाली बालबालिकादेखि युवासम्मलाई नेपाली गीत–संगीत तथा नृत्य अनि नेपाली भाषाको प्रशिक्षण दिइरहेको छ ।

एल्बमका म्युजिक भिडियोहरु:

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पाँचथर सांगितिक सौगात भाग २ को आयव्यय सार्वजनिक , २ करोड ४१ लाख वन बचत
  • कोरियाको शहरहरुमा नोभेम्बर ८ देखि आक्रमक प्रदर्शनको तयारीमा ‘जारी २’
  • नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाको ९ औँ महाधिवेशन नोभेम्बर ९ मा
  • नोभेम्बर २ देखि कोरियाको विभिन्न शहरहरुमा प्रदर्शन हुँदै चलचित्र ‘रिमै’
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...