१ नम्बर प्रदेशको नाम चोमोलुङमा या सगरमाथा भन्दा किराँत नै ठिक

च्वाइस किराँती
“चूमूलूङमा” किराँती प्रचिन मून्दूमी नाम हो । यो दूई शब्द मिलेर आपसमा जोडीयर बनेको हो।
चूमू + लूङमा = चोमोलुङमा
चूमू = सबै भन्दा अग्लो
लूङमा , लूङ = ढूङ्गाको आमा, ढूङ्गा
चोमोलुङमाको शाब्दिक अर्थ हुन्छ ‘सबैभन्दा अग्लो ढुंगाको आमा’ । प्रश्न उठ्न सक्छ “मा” आमा किन आयो ?
किराँत सस्ंकारमा नारि प्रधान हुन्छ । किरातमा मातृसतात्मक संस्कार रहेको पाइन्छ । केही ठाउ विषेश चोमोलुङमालाइ चूम्लूङमा, चूमूलूङम च्योमोलूङ आदि उच्चारण गरिएको पनि पाईन्छ । हिमाली भेगमा बसोवास गर्ने आदिवासी शेर्पा तथा तिब्बती भाषामा पनि सगरमाथालाई चोमोलुङमा नै भनिन्छ। चोमोलुङ्मा शब्द प्राचीन नाम हो र हालसम्म प्रचलनमा छ। यो शब्दको श्रोत भने किराँत मून्धूम हो। मून्धूम किराँत सभ्यता मित्र मात्र पाइन्छ ।
चोमोलुङमाको छूट्टै स्थापीत पहीचान भएपनि यो शब्द किराँत मून्धूम भित्रको सानो अंश मात्र हो भनेर भन्नसकिन्छ। किराँत आफैमा भुगोल हो सभ्यता हो विज्ञान हो भाषा हो संस्कार हो अस्तित्व र साझा पहीचान हो। जाती भाषा धर्म संस्कार संस्कृति फरक होला तर सबैको साझा भूगोल किरात हो।साझा सभ्यता किराँत हो। जसरी किरात शब्दले सबैलाइ समेट्छ त्यसरी नै चोमोलूङ्गमाले समेट्न सकदैन। चोमोलुङमाको आफनै अस्तित्व पहीचान भयेता पनि किराँत शब्द जति फराकिलो दायरा छैन। किराँत संसार हो भने चोमोलुङमा संसार भित्रको सानो भाग हो । तसर्थ १ नम्बर प्रदेशको नाम चोमोलूङमा भन्दा किराँत राख्नु नै उचित हुन्छ ।
” सगरमाथा ”
ू १ नम्बर प्रदेशलाई सगरमाथा नामाकरण गरिनु पर्छ भन्ने विषयमा पनि चर्चा परिचर्चा चलेको सुनिन्छ । सन् १८८८ मा जन्मेका साहित्यकार बाबुराम आचार्यले चोमोलूङमालाई कथित सामन्त विस्तारवादको नीति स्वरूप उनको रचनामा सगरमाथा शब्द समावेश गरेका थिए । बावुराम आचार्यले सगरमाथाबारे कुनै योगदान दिएर नाम लेखेका भने हैनन् । त्यही सगरमाथा शब्द पछि नेपालमा प्रचारमा ल्याइयो । बाबुराम आचार्य जन्मनुभन्दा ३२ बत्तिस वर्ष पहिले नै अर्को नाम एभरेष्ट राखिएको थियो । जुन समयमा चोमोलुङमा नामले प्रख्यात थियो । भारत बेलायतको उपनिवेश हुँदा बेलायतको एक सर्वे टोलीले यसको उचाइ नापी संसारको अग्लो हिमाल भनेर पत्ता लगाका थिए । जुन टोलीको नेतृत्व ब्रिटिस सेनाका जनरल जर्ज एभरेष्टले गरेका थिए । उनै जनरलको नामबाट चोमोलुङमाको नाम सन् १८५६ मा अङग्रेजीमा EVEREST भनेर दोस्रो नामाकरण राखियो ।
EVERESTको अर्थ सगरमाथा हून सक्दैन । एभरेष्टको उचाइ आकासको सबैभन्दा माथि रहेको अथवा विश्वको सबै भन्दा अग्लो डाडा हिमाल नै चोमोलुङमा रहेको जर्ज एभरेष्टबाट थाहा पाएपछि आचार्यले किराँत प्राचिन नाम चोमोलुङमालाई विस्थापित गरि नयाँ नाम सगरमाथा राखेका थिए । सगरमाथाको अर्थ खस भाषामा ‘आकाशको शिर’ हुन्छ। झट्ट हेर्दा चोमोलुङमा कै अर्थ बोकेको समान्य जस्तो देखिए पनि एक किसिमको क्षयिकरण हो ।
ऐतिहासिक जिउदो दस्तावेजलाई नष्ट पार्ने निति थियो तसर्थ यो शब्द प्रदेश १ लाई सगरमाथा नमाकरण गर्नू भनेको बचेको कथित सामन्त वर्गको अबशेसलाई एक कसिमले निरन्तरता दिनु हो ।यस भूभागमा परापूर्वकालदेखि बस्दै आएका बहूसंख्यक आदिवासी जनजातिहरू तथा अन्य गैरआदीवासी जनजातीको साझा आस्था अस्तित्व पहिचान तथा प्राचिन ईतिहास भाषा धर्म संकारलाई नसमेटनू नस्विकार्नू हो। सामाजिक न्याय एकता समानता सहअस्तित्वको विचारलाई कूण्ठित पार्नू हो भने शोषित पिडितहरूको आम जनभावना बिपरित अन्याय गर्नू फेरि पनि शोषण दमन गर्नू हो। अझ एक किसिमको चरम बिभेद गर्नु हो। अन्ततः १ नम्बर प्रदेशलाई चोमोलुङमा , सगरमाथा भन्दा किराँत नै रखिनू पर्दछ ।
माहासचीव
नेपाल आदिवासी जनजाति महासंघ
ख्वांजू दक्षिण कोरिया