Advertisement
SKIP THIS

माछापुच्छ्रे कप फूटबल प्रतियोगिता तयारी तिब्र गतिमा


फोनिज कोरिया सम्बतदाता
दक्षिण कोरियामा नेपाल फूटबल महासङ दक्षिण कोरियाको माताहतमा कास्की परिवार दक्षिण कोरियाले आउदो जुन २५ तारिकको दिन माछापुच्छ्रे कप फूटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
प्रबासी नेपालीहरुको भावनात्मक एकता गराउने तथा प्रबासमा नेपाली फूटबललाई प्रबर्द्धन तथा बिकास गर्ने उद्देश्यका साथ स्थापित नेपाल फूटबल महासङ्घ दक्षिण कोरियाको माताहतमा दक्षिण कोरियामा सकृय नेपाली फूटबल टिम द्वारा प्रत्येक महिना फूटबल प्रतियोगिता आयोजना गर्ने क्रमानुसार आगामी छैटौं महिनाको फूटबल प्रतियोगिता कास्की परिवारले आयोजना गर्न लागेको हो ।
प्रतियोगिता सोयोसानको खेल मैदानमा हुनेछ भने प्रतियोगिताको तयारी तिब्र गतिमा अघि बढि रहेको संस्थाका अध्यक्ष दिल जलरी पासा ज्यूले बताउनु भयो । उक्त प्रतियोगितामा सहभागि हुन नेपाली फुटबल क्लबहरुलाई सुविधाको लागि यही महिनाको १८ तारिक स्याङ्जा परिवारले आयोजना गर्न लागेको भलिबल प्रतियोगिता स्थल दोङ्गदेमुन गु छेयुक्वानमा टाईसिट गरिने कार्यक्रम संयोजक क्षेत्र गुरुङ्ग ज्यूले बताउनु भयो । उक्त दिन फूटबल खेल, घैटो फुटाउने तथा मकै गन्ने लगाएतका विभिन्न मनोरञ्जनात्मक खेलहरुका साथै विभिन्न नेपाली परिकारहरुमा रमाउन सकिने भएको हुदा आफ्नो आफ्नो टिमलाई हौसला बढाउन तथा मनोरञ्जनात्मक खेल र नेपाली परिकारहरुको स्वादमा रमाउनको लागि सम्पुर्ण नेपालीहरु समय मिले सम्म सोयोसान खेल मैदानमा जान सक्नु हुनेछ ।
उक्त फुटबल प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने फुटबल क्लबले नगद १६ लाख वान, ट्रफी, तक्मा, प्रमाणपत्र पाउने छन् भने दोस्रो हुने फुटबल क्लबले नगद ८ लाख वान, तक्मा र प्रमाणपत्र प्राप्त गर्नेछन् र उच्च गोल कर्ता र उत्कृष्ट खेलाडीलाई पनि नगद र ट्रफीको पनि व्यवस्था गरिएको छ । यसैबीच कास्की परिवार दक्षिण कोरियाले प्रतियोगितालाई भब्यताका साथ सफल बनाउनको लागि विभिन्न उप समितीहरु गठन गरेको छ । आयोजनाको तयारी तिब्र रुपमा भएको जानकारी गराउदै कोरियामा रहनुभएका सम्पूर्ण संघसंस्थाका प्रतिनिधी ज्यूहरु, बुद्धिजिवी, पत्रकार, विद्यार्थी, व्यापारी लगायत नेपाली दाजुभाई तथा दिदी बहिनीहरुलाई उपस्थितिको लागि अनुरोध गरेको छ ।
टाईसिट सम्बन्धी जानकारीः–
मितिः २०१७ जुन १८ तारिक
स्थानः स्याङ्जा परिवार दक्षिण कोरियाले आयोजना गर्ने खेल मैदान दोङ्गदेमुन गु छेयुक्वानमा ।
समयः दिनको १ बजे

खेल सम्बन्धी जानकारीः–
मितिः २०१७ जुन २५ गते
स्थानः सोयोसान खेल मैदान
समयः बिहान ७ बजे बाट सुरु हुनेछ
आयोजकः कास्की परिवार दक्षिण कोरिया
सम्पुर्ण खेलहरु नेपाल फुटबल महासंघ दक्षिण कोरियाको नियम अन्तर्गत हुने छ ।
यस प्रतियोगिता सम्बन्धी समचार तथा अन्य जानकारीहरु उपलब्ध गराउदै जानेछौ हामी सङै रहिरहनु होला ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...