Advertisement
SKIP THIS

महिला दिवसको अवसरमा कोरियामा “मि टु आन्दोलन” को सुनामी


मञ्जु गुरुइ०

सोल

हाल यौन हिंसाका शिकार बनेका महिलाहरु एक अर्कामा साथ दिन ” मि टु ” र  “विथ यु “अर्थात म पनि तिम्रो साथ … भन्ने नाराका साथ मिटुु आन्दोलनको रुपमा विश्वव्यापी बनिरहेको छ । अमेरिकाबाट शुरु भएको यो लहरले दक्षिण कोरियामा भने सुनामीको रुप लिइसकेको छ ।

भोली अर्थात मार्च ८ तारिख अन्तराष्ट्रिय महिला दिवस हो । साता व्यापी रुपमा मनाउने महिला दिवसको शुरुवातीमै कोरियामा मि टु आन्दोलनले धेरै बाढी ल्याइसकेको छ । सरकार र सत्ताधारी राजनीतिक दलमा पहिरो गइसकेको छ । कोरियाका कला साहित्यदेखि शिक्षा ,धर्म र कानुनी क्षेत्र कुनै पनि मि टु आन्दोलनबाट अछुतो बनेको छैन् ।

दुई दिन अघि कोरियाका छुइ०छइ० नाम्दोका भर्गनर तथा आगामी राष्ट्रपतिका दावेदार आन हे जुगंलाई मि टु आन्दोलनले बगाएको छ । उनलाई यौन हिंसाको आरोपमा पार्टी र सरकारबाट निस्कासन गरिएको छ । उनलाई आप्mनै स्वकिय सचिव महिला कर्मचारी किम जि उनले आठ महिनाभित्र चार पटक यौन हिंसा गरेको आरोप लागाएको छ । मि टु आन्दोलनकै क्रममा किम जिले टेलिभिजनमा आप्mनो भनाइ राखेको एक घण्टा भित्र सरकारमा रहेका डेमोक्रेटिक पार्टीले आपतकालिन बैठक बसी उनलाई पार्टीबाट निस्कासन गरेको छ । त्यसको २ घण्टा भित्र उनले फेसबुकमा आफ्नो गल्ती स्विकारदै माफी मागेर राजीनामा दिएका छन् ।

दिउसो एक कार्यक्रममा मि टु आन्दोललाई आफ्नो समर्थन रहेको भाषण गरेका पूर्व गर्भनर आनलाई साँझ सोही आन्दोलनले निलेको छ । फेसबुकमा सबैलाई माफि मागी राजीनामा लेखेर उनी सम्पर्क विहिन बनेका छन् । उनको घरका झयाल फुटाएर नागरिकले आक्रोस पोखेका छन् । सोही स्थानमा आगामी चुनावमा गर्भनरको उम्मेदारी दिने तयारीमा रहेका उनकै घनिष्ट एक मित्र सो घटना पछि राजनीतिक गगिविधीबाट टाडा बस्ने निधो गरेका छन् ।

त्यस्तै एक दिन अघि मात्र डेमोक्रेटिक पार्टीकै एक लोकप्रिय नेता जंग बोइ० जु पनि मि टु आन्दोलनको शिकार बनेका छन् । उनी आगामी स्थानिय चुनावमा सउलको मेयरमा उम्मेदारी दिने तयारीमा थिए । सोहीबारे पत्रकार सम्मेलन गर्न लागेको बेला उनीमाथि यौन दुरव्यहारको आरोप सार्वजनिक भएपछि पत्रकार सम्मेलन स्थगन गर्न परेको थियो ।

विश्व शान्ति पुरस्कार नोबेल पुरस्कारका लागि पटक पटक सिफारिसमा परेका प्रशिद्ध कोरियन कवि को उन पनि मि टु आन्दोलनको शिकार बन्नु अर्को आश्चार्य बनेको छ । मि टु आन्दोलले जुठिएपछि कोरियन विद्यालयका पाठ्य पुस्तकमा रहेका कवि खोका ११ वटा कवितालाई हटाउने भएका छन् ।

त्यस्तै गरी अभिनेत्रीहरु टेलिभिजनमा आएर आपूm माथि यौन हिंसा भएको भनाइ राख्न थालेपछि अन्तराष्ट्रिय पुरस्कारबाट प्राप्त गरेका प्रख्यात चलचिमत्र निर्देशक किम घि दकले सार्वजनिकरुपमा माफि मागेका थिए । त्यसैगरी मोडलिइ० र रंगमञ्च क्षेत्रमा पनि यस्ता घटना सार्वजनिक हुन थालेपछि यस क्षेत्रका कति कार्यलयहरु नै बन्द भएका छन् । चर्चका पाष्टरहरुदेखि विभिन्न क्षत्रेका हाकिमहरुले गरेको यौन दुरव्यहारका घटनाहरु सार्वजनिक हुनेक्रम पनि जारी नै छन् ।

त्यस्तै वकिल र प्राध्यपकमाथि पनि यौन दुरव्यहारका आरोपहरु सार्वजनिक हुनेक्रम जारी छ । विद्यालय स्तरका विद्यार्थिहरु पनि मि टु भन्दै निस्कन थालेका छन् । त्यसैले अब महिलाहरुमाथि हुने यौन हिंसाका घटनाहरुलाई दर्ता गराउन कोरियामा ७५ ठाउँमा सेल्टरहरु सस्थापना गरिने र विद्यालयमा पनि उजुरी गर्ने ठाउँ स्थापना गरिने महिला अधिकारकर्मीहरुले बताएका छन् ।

समाजीक कार्यकर्ता ताराना बर्क र अभिनेत्री एलिसा मिलानोद्धारा शुरुवात गरिएको मि टु आन्दोलनलाई कोरियामा भने अधिवक्ता सि जि ह्याइ०माथि भएको यौन हिंसाको घटनाबाट गत वर्षबाट शुरु भएको मानिन्छ । सन २०१० मा आप्mनै हाकिमबाट यौन हिंसाको शिकार भएकी अधिवक्ताको उजुरीलाई तत्कालिन सुनुवाई नगरी उल्टै पीडित महिलालाई नै आलोचना गर्दै दुर्गम स्थानको मस्त्य खेतीमा पठाएका थिए ।

यसरी नै विगतमा खुल्न नसकेका यौन हिंसाका पीडाहरु मि टु आन्दोलनमा सार्वजनिक हुन थालेका छन् । त्यसैले हाल कोरियामा कहिले बम जस्तै विस्फोट हुने हो भन्नेमा कतिपय उच्च तहमा रहेका पुरुषहरु त्राहीमम बनेका छन् । साथै संसदमा समेत खैला बैला बनेका छन् । पुरुष प्रधान देश कोरियामा महिला अधिकार स्थापना गर्न उचित मौकाको रुपमा सदुपयोग गर्न महिला अधिकारकर्मीहरु अग्रसर छन् ।

महिला दिवसको सन्दर्भमा महिलाका विभिन्न पीडालाई उजागर गर्ने र समाधानको उपाय खोज्न महिला अधिकारर्मीहरुको लागि यो सुवर्ण अवसर बनेको छ । विषेश गरी सधै छायामा रहने तर धेरै महिलाले भोग्नु परेको यौना दुरव्यहारका पीडालाई बाहिर निकल्न भने यसपालीको महिला दिवसमा मि टु आन्दोलनले उर्वर बनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • नेपाली जनसम्पर्क समिती कोरियाद्वारा सक्रिय सदस्यताका लागि फारम खुला
  • कोरियामा पहिलो पटक ‘सुजन चापागाईँ एण्ड द इन्फिनिटी’ व्याण्ड गुञ्जने निश्चित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...