Advertisement
SKIP THIS

नेपाल कोरिया भलिवल संघको दोश्रो अधिवेशन हुदै


बोमजोन गुरुङ, सौल

“विकास, अनुशासन, गतिशिलता ।
स्वास्थ्य, मित्रता, एकता र राष्ट्रका लागि खेलकुद सहभागिता।” भन्ने नाराका साथ गतवर्ष २६ फेब्रुअरी २०१७ मा भजिन्द्र क्षेत्रिको संयोजकत्वमा सह-संयोजक आलोक बानियाँ, सचिव लेसन गुरुङ र कोषाध्यक्षमा अमर छन्त्याल रहने गरि आधिकारिक रुपमा गठन भएको नेपाल कोरिया भलिवल संघको दोश्रो अधिवेशन यहि आउँदो १८ मार्च २०१८ मा सउल-सिन्सोलदोङ स्थित नेपाल हाउसमा हुने भएको छ ।

संघको एक वर्षको कार्याकाल सफलतापूर्वक सकिएर पुनः अर्को एक वर्षको लागि कार्यसमिति चयन हुनुपर्ने प्रावधानसँगै दोश्रो अधिवेशनको तयारी भईरहेको संघका संयोजक भजिन्द्र क्षेत्रीले जानकारी गराएका छन् ।

नेपाल कोरिया भलिवल संघ गठन हुनुपूर्व भलिवल प्रतियोगिता हुने गरेपनि संघले आधिकारिक जिम्मेवारी पाएपछि अझ मैत्रीपूर्ण र व्यवस्थित ढंगबाट प्रतियोगिता सञ्चालन गर्न/गराउन सफल भएको दावी संघका सचिव लेसन गुरुङले गरेका छन् । हरेक वर्षको गर्मी सिजन शुरुवातसँगै भलिवल खेलको सरगर्मी बढ्ने र खेलप्रेमीहरुको खेलप्रतिको मोह पाइने गरेकोले संघ गठन भएलगत्तै गर्मी सिजनको अवसरमा क्रियाशिल ६ वटा क्रियाशिल संघ-संस्थालाई यस संघले आफ्नो मातहतमा रहने गरि प्रतियोगिता सञ्चालन गर्ने अनुमति पाएको थियो । जसमा तमु धिं दक्षिण कोरिया, ठकुरी समाज दक्षिण कोरिया, स्याङ्जा परिवार दक्षिण कोरिया, छन्त्याल परिवार दक्षिण कोरिया, यूनिक भिजन ग्रुप दक्षिण कोरिया, अन्नपूर्ण दुधपोखरी समाज दक्षिण कोरिया रहेको थियो ।

सोही अधिवेशनकै अवसर पारेर नेपाल कोरिया भलिवल संघकै सर्कलमा निर्णायक भूमिकामा रहि प्रतियोगितालाई मर्यादित र विवादरहित बनाउन सहयोग गर्नुहुने निर्णायक (रेफ्री/एम्पायर) हरु क्रमशः अमित राना, खोम गुरुङ, श्रवण श्रेष्ठ, लोकेन्द्र भट्टचन, डिल्लु बिरकट्टा मगर र सुनेश के.सी. लाई सम्मान गरिने आयोजकले जनाएको छ ।

यसका साथै २०१८ गर्मी सिजन आइसकेको हुँदा पर्याप्त समायाभावको कारण भलिवल प्रतियोगिताका लागि प्रत्येक महिनामा सञ्चालन हुनेगरि ईच्छुक संघ-संस्थाहरुलाई सोही दोश्रो अधिवेशनका दिनमा कार्यक्रम बाँडफाँड गरिने जानकारी आयोजकले जनाएको छ र भलिवल आयोजना गर्न ईच्छुक संघ- संस्थाका अध्यक्ष वा प्रतिनिधिहरुलाई उपस्थित भएर नियमबद्ध रुपमा प्रतियोगिता गर्न पाउने अधिकार सुनिश्चित गर्नुहुन पनि नेपाल कोरिया भलिवल संघले आग्रह गरेको छ । कोरियामा रहेका संघ-संस्थाहरुको आपसी सदभाव, भाईचाराको अभिबृद्धिसँगै स्वच्छ र मैत्रीपूर्ण भलिवल खेल सञ्चालन गर्दै आएको यस संस्थाले २०१७ को भलिवल सिजनको पुरै प्रतियोगिताभरि खेलाडीहरुलाई प्राथमिक उपचारको व्यवस्था साथै प्रतियोगिता सञ्चालनका लागि आवश्यक सामाग्रीहरु उपलब्ध र हल व्यवस्थापनमा सहयोग गरेको थियो ।

यस नेपाल कोरिया भलिवल संघको दोश्रो अधिवेशन २०१८ लाई सफलतापूर्वक सम्पन्न गर्न संघ-संस्थाका प्रतिनिधिज्युहरु, बुद्धिजीबीहरु, पत्रकारहरु, व्यवसायीहरु, खेलाडीहरुलाई हरसम्भव सूचना दिइएको र कारणवश प्राप्त नभए यहि सूचनालाई आधार मानेर उपस्थित जनाइ कार्यक्रम सभ्य र भव्य सफल पारिदिनु हुन नेपाल कोरिया भलिवल संघ दक्षिण कोरियाले हार्दिक अनुरोध समेत गरेको छ ।

कार्यक्रम तपसिल :

मिति : २०१८ मार्च १८ तारिक आईतबार ।
समय : दिउँसो ठीक १२:०० बजे ।
स्थान : नेपाल हाउस, सिन्सोलदोङ ।

सम्पर्कका लागि,

भजिन्द्र क्षेत्री (संयोजक) :‎०१०-३३४३४०५५
आलोक बानियाँ (सह-संयोजक) :‎०१०-९५८८८६८४
लेसन गुरुङ (सचिव) :‎०१०२१६३२८४१
अमर छन्त्याल (कोषाध्यक्ष) :‎०१०२२३५८८४८

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...