Advertisement
SKIP THIS

वैदेशिक रोजगारीको लागि उत्कृष्ट गन्तब्य हो कोरिया


एईडेन छन्त्याल

कोरियासम्बन्धी लेखहरुमा प्राय कोरियाको दु:ख, कष्ट र पिडाका कुराहरुलाई मात्र पोखिएको पाईन्छ । तसर्थ यस लेखमार्फत मैले कोरियाको रमाईलो पाटोहरुलाई शब्दमा उतार्ने प्रयास गरेको छु ।

वैदेशिक रोजगारीका लागि सरकारी तवरबाटै कामदार पठाउने भएपछि रोजगारीको लागि कोरिया नेपाली युवाहरुको प्रमुख आकर्षक गन्तब्य बनेको छ । इम्प्लोइमेन्ट पर्मिट सिस्टम (ईपीएस) भाषा परिक्षा पास गरेर कोरिया जानेको संख्या हालसम्म ५० हजार पुगेको छ ।

नेपालमा काम गर्ने बानी नै नपरेको हामीलाई सुरुवाती केहि दिन घरपरिवारवाट टाढा रहेर निरन्तर एकैप्रकारको काममा १२/१३ घण्टा खट्नुपर्दा यो कोरिया हो की खोरिया हो भन्ने अनुभूति मनमा जाग्नु स्वभाविक हो । कोरिया प्रवेश गर्नुपूर्व हामी कोरियामा रोजगारदातासँग निश्चित समय अवधिको लागि सम्झौता गरेर अदक्ष कामदारको रुपमा काम गर्न जाँदैछौँ भन्ने कुरा बुझ्नुपर्छ । सोहि कुरा बुझेर मेन्टल्ली एक्टिभ भएर कोरिया प्रवेश गरीयो भने सायद गाह्रो छैन कोरियामा । जहाँ गएपनि आखिर काम त गर्नैपर्छ । काम गरिएतापनि विदाको समयमा गरिने क्रियाकलापहरु पनि उत्तिकै रमाईला हुन्छन । एकदुई अपवाद कम्पनी बाहेक प्रायः सबै कम्पनीमा शनिबार र आईतबार विदा हुन्छ । साथै वार्षिक क्यालेन्डरअनुसार पाईने सम्पूर्ण सार्वजनिक विदाहरुमा विदा हुन्छ ।

कोहि–कोहि कम्पनीले काम नै लगाएपनि ओभरटाईम मै लगाउने हो । साथै वर्षमा ३ चोटी आउने लामो विदा छुसक (कोरियाको ठूलो चाड), सलनाल (दोस्रो ठूलो चाडं) र गर्मि विदाहरुमा आयोजना गरिने साँस्कृतिक कार्यक्रमहरुमा नेपाली कलाकारहरुसँग रमाउदाको मज्जा । तथा हरेक विदाको दिनहरुमा घुम्नको लागि विभिन्न पर्यटकिय ठाउँहरुमा जाँदा वा साथीभाईहरुसँग भेटेर रमाईलो गर्दाको हरेक रमाईला क्षणहरु अविश्मरणिय बनिरहेको हुन्छन् । मनग्य आम्दानी हुने भएपछि पारिवारिक आर्थीक अवस्थामा पनि सुधार हुने नै भयो साथसाथै आफैले कमाएको पैसामा घुमफिर सपिङ्ग लगाएत सम्पूर्ण खर्च गर्न पाउँदा पनि छुट्टै मज्जा मिलिरहेको हुन्छ । कोरिया यस्तो देश हो जहाँ मनोरञ्जनका लागि गरिने सम्पूर्ण क्रियाकलापहरु गर्न पाईन्छ ।

कोरियामा सामाजिक, आर्थीक तथा भौतिक सुरक्षाका अवस्थामा पनि राम्रो रहेको छ । कामदारले रोजगारदाताहरुवाट अनावश्यक कष्टहरु प्राय व्यहोर्नु पर्दैन । कतै समस्याहरु आईपरेपनि विभिन्न क्रियाशील संघसंस्थाहरु तथा नेपाली साथीभाईहरुसँग सल्लाह सुझावहरु लिन सकिन्छ । सक्नुहुनेछ । नेपाल सरकारले नै प्रक्रिया पु¥याएर पठाउने भएको हुँदा कामदारले एक रुपैयाँ पनि अतिरिक्त शुल्क खर्चिनु पर्दैन् । त्यसैले अन्य देशमा जाँदा जस्तो ठगी हुने जोखिम शून्य रहेको छ । समस्या कम र अवसर ज्यादा भएको भएर नै हो कोरिया नेपाली कामदारको रोजाईमा परेको ।

हामी नेपालीहरु नेपालमा काम गर्न आएका ईन्डियन कामदारलाई जस्तो खालको ब्यवहार गर्छौँ । त्यस्तै खालको ब्यवहार कोरियन नागरिकहरुले हामी नेपाली कामदारलाइ कोरियामा गर्दो हो भने तँपार्इृ एकचोटी कल्पना गर्नुहोस, हाम्रो मन कस्तो हुन्थ्यो होला त्यतिबेला ? तर कोरियामा मानविय संस्कार विकसित रहेको छ । यहाँ कसैलाई पनि त्यस्तो अमानविय ब्यवहारहरु गरिदैन् । नेपालमा सामान्य मजदुरी गर्नेहरुलाई जुन खालको ब्यवहार गरिन्छ त्यस्तो ब्यवहार कोरियामा गरिदैन । कोरियामा कामलाई ठूलोसानो भनिदैँन् । कोरियाले कामलाई सम्मान गर्न सिकाएको छ । कोरियाले समयको महत्त्व र खटाईको परिभाषा बुझाएको छ । त्यसैले पनि कोरिया बैदेशिक रोजगारीको लागि उत्कृष्ट गन्तब्य बन्दै गईरहेको कुरा यथार्थ हो ।

कोरियाको सोलस्थित नेपाली दूतावासमा साढे तीन बर्ष श्रम सहचारी रहेका अनिल कुमार गुरुङ्गको भनाई अनुसार पनि ‘दिईएको जिम्मेवारी पुरा गर्नेहरु कोरियाको ज्वाँई जस्तै हुन ।’

चार वर्ष दश महिना भिसामा कोरिया गएर कम्पनि परिवर्तन नगरी एउटै कम्पनीमा उत्कृष्ट काम गर्ने कामदारलाई सो कम्पनीले चाहेको खण्डमा थप त्यति नै समयको कामदार भिसा सजिलै पाउन सकिने ब्यवस्था कोरिया सरकारले गरेको छ । साथै एकपटक कोरिया गएर कम्पनी परिवर्तन गरी फर्केका कामदारहरुको हकमा अर्को पटक कोरिया जान कम्प्युटरमा आधारित परीक्षा (सिविटी) उत्र्तिण गरी कोरिया जान पाईने ब्यवस्था गरिएको छ ।

अन्तमा हामी सम्पूर्ण नेपालीहरुवीच भाईचाराको सम्बन्ध कायम गरी डिप्रेशनको शिकार हुने समस्याहरुलाई न्यूनिकरण गरौँ । र सम्पूर्ण नेपालीको कोरिया बसाई सफल र सुखद बनोस् ।

हाल दक्षिण कोरिया

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...