Advertisement
SKIP THIS

यस कारण एनसीसीमा मेरो उमेरद्वारी


शंकर बस्नेत

नेपाली सम्पर्क समिति कोरियाको नयाँ नेतृत्व चयनको विषयमा अहिले कोरियामा बहस चलिरहेको छ । एनसीसीको यस्तो चुनौतीपुर्ण अवस्थामा संस्थाको नेतृत्व लिनु सजिलो कुरा होईन । अहिलेको अवस्थामा एनसीसीको विगतको कमि कमजोरीहरुलाई सच्चाएर यसलाई नयाँ उचाईमा पुर्याउनु जरुरी छ ।

 

 

आउँदो कार्यकालका लागि एनसीसीको नेतृत्व लिने सोच मैले बनाएको छु | त्यो मेरो सोच संस्थाको आमुल परिवर्तनको लागि हो भन्ने पनि सोचाई बनाएको छु |

 

 

१.एनसीसीमा सबैको सहभागिता:- एनसीसीलाई सबैको साझा संस्था र छाता संस्था बनाउन सबै संघसंस्था र नेपाली समुदायलाई यसमा सहभागि गराउनुपर्छ ।

 

 

२.सहमतिको नेतृत्व:- एनसीसीभित्र अहिले सहमतिको विषय प्रमुख रुपमा उठिरहेको छ । एनसीसीको अहिलेको अवस्थामा सबैले विगतको अवस्थाबाट पाठ सिकेर सहमति गर्नुको विकल्प छैन । यसमा हामीले एक ठाउमा बसेर सामुहिक टिम बनाएर जादा राम्रो हुन्छ ।

 

 

३.परोपकार कोष:- एनसीसी नेपाली मजदुरहरुको साझा संस्थाको रुपमा विकास भएको हो । केही कमिजोरीको वावजुत कोरियामा रहेका ७० भन्दा बढि संघ संस्थाको छाता संगठनको रुपमा रहेको एनसीसीलाई उचाईमा पुर्याउन हामीले योगदान दिन जरुरी छ ।

 

 

यसको लागि म आफै पनि एक महिनाको तलब दिएर अभियानको शुरुवात गर्न तयार छु । सबैभन्दा ठुलो कुरा हामी सबै यसको लागि तयार हुनुपर्दछ ।

 

 

४ आत्महत्या लगायत मजदुरको समस्या:- पछिल्लो समय कोरियामा आत्महत्या, सुतेको ठाउमा मृत्यु जस्ता समस्याहरु बढिरहेका छन । कम्पनीमा काम गर्दा विभिन्न प्रकारका समस्या पनि भोग्दै आउनु परेको छ । यसलाई दुतावासले पनि समाधान गर्न नसकेको हुदा हामीले मिलेर काम गर्नुपर्दछ ।

 

 

५ क्षेत्रीय समितिको पुर्नगठन र विस्तार:- पछिल्लो समय कोरियामा रहेका क्षेत्रीय समितिहरु हाल निश्किृय छन । मैले पुराना कार्य समितिसंग कुरा गरेर यसलाई पुर्नगठन र विस्तार गर्ने विषयमा छलफल गरेको छु । साथीहरुमा केही निराशा रहेको भएपनि यसलाई उत्साहमा बदलेर कोरियाका विभिन्न ठाउमा संगठनको शाखा विस्तार गर्नुपर्छ ।

 

 

६.अनुभवलाई संगठनको हितमा प्रयोग गर्ने :- म एनसीसीमा कोरिया आएदेखि नै सक्रिय छु । संस्थामा २००८ मा कार्यसमिति सदस्य भएपछि म यसमा अझ नजिक भए । २०१० मा उपाध्यक्ष र अध्यक्ष डेविट राई नेपाल गएपछि कार्यवाहक अध्यक्ष पनि बने । त्यसबेला हामीले संगठनलाई सक्षम बनाउने आधार पनि तयार गरेका थियौं । कार्यक्रम गर्दा समेत आफैले निर्णय गर्नसक्ने अवस्थामा सम्म एन सि सि पुग्न लागको अवस्था हो । संस्था भित्रको विगत र वर्तमानलाई नजिकबाट देखेको छु । यसको कारण संस्थालाई अगाडि बढाउन सक्ने आधारहरु देखेको हुदा संस्थालाई अगाडि बढाउन मैरा अनुभवहरु काम लाग्ने छन भन्ने विश्वास लिएको छु ।

 

 

७ चुनौती:- दक्षिण कोरियामा रहेका मजदुर, विधार्थी, महिला व्यवसायी लगायत धेरैको विभिन्न संघ संस्थामा आवद्द रहेको अवस्था छ । यसको एक मात्र छाता संगठन एनसीसी भएको हुदा यसले नेपालीहरुको विकासमा प्रत्यक्ष असर पार्दछ । कोरियामा ईपिएस मजदुर ,महिला , विधार्थी तथा विभिन्न संघ संस्थाका कार्यक्रम र अभियान सफल पार्नुपर्ने ,भुकम्प, वाढिपिडित ,पहिरो जस्ता कारणहरुमा हामीले गर्न सक्ने धेरै कामहरु छन ।

 

 

८.मर्स र अधिवेशनको चिन्ता:- कोरियामा रहेका २१ संगठन सहित विभिन्न नेपाली समुदायले मर्स रोगको कारण अधिवेशन गर्न नसकिने बताईरहेका छन । उनीहरुको भावना समेत कदर गर्नको लागि हामीले सहमतिमा नेतृत्व चयन गर्नैपर्छ । यसको लागि सामाजिक संस्था एनसीसीको नेतृत्व र पदाधिकारी बन्न ईच्छुक सबै साथीहरु एक ठाउमा बसौं र सामुहिक नेतृत्व बनाएर यहाँको नेपालीहरु माझ जाऔं यसले २८ गते नेपालीहरुको विशाल सहभागिता गर्नुपर्ने हामी विचको दवावलाई केही कम गर्छ भने सहमतिले एनसीसीप्रति नेपाली समुदायको विश्वासलाई बढाउछ ।

 

 

९.सबलाई एनसीसी अहिलेको आवश्यकता:- नेपाली सम्पर्क समितिको बारेमा पछिल्लो समय धेरै प्रकारका विचारहरु वाहिर आईरहेका छन । विभिन्न मिडियाहरुमा यसका सुधार गर्नु पर्ने लगायत कमि कमजोरी सहितका आधारहरु आएका छन । सबैको विचारलाई सम्मान गर्दै अबको नेतृत्वले कोरियाका सम्पुर्ण संघ संस्थाको सामुहिक अन्तरक्रिया गरेर एन सि सि को अबको आधार तयार गर्नुपर्छ । यसो गर्दा एन सि सि मा सबैले आफ्नो सुझाव दिन पाउछन । अहिले धेरै संघ संस्थाले आफुहरुलाई वेवास्ता नगर्न र सामुहिक रुपमा एन सि सि लाई बढाउन अनुरोध गरिरहेका छन । सहमतिमा नेतृत्व चयन गरेको खण्डमा सबै संघ संस्थाहरुलाई एकै ठाउमा राखेर सामुहिक रुपमा संस्थालाई बढाउनु अहिलेको आवश्यकता हो । एक्लै र जवरजस्तीमा काम गरेर सफल हुन सक्दैन भन्ने विगतको अनुभवबाट हामीले आत्मआलोचना गरेर पाठ सिक्नुपर्दछ ।

 

 

संस्थाभित्रको अहिलेको विभिन्न प्रकारका समस्याहरु छन । यसलाई हामी सबैले एकजुट भएर समाधान गर्न सक्छौं । एनसीसीलाई अगाडि बनाउने धेरै आधारहरु छन यसलाई यो र त्यो भनेर जानुभन्दा सामुहिक रुपमा नेपाली संघ संस्थाहरुले साझा उदेश्य वोकेर अगाडि बढनुपर्छ ।

 

 

यसर्थ हामीले सहमतिको लागि प्रयास गरौं । कोरियामा रहेका नेपालीहरुको भावनाको कदर गर्दै एनसीसीलाई अगाडि बढाउन कोरियामा रहेका विभिन्न संघ संस्था , प्रतिनिधि र नेपाली समुदायमा हार्दिक अनुरोध गर्दछु ।

बस्नेत एनसीसीको पूर्व कार्यवाहक अध्यक्ष  हुन् |

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • ‘कोरिया सन्देश ‘ जर्नल विमोचन, समारोहमा कस्ले के के भने?
  • प्रथम सेवारो कपको उपाधि ‘आस्याङ ‘ एफ सीलाई
  • कोरियाको पहिलो शोमा ‘अञ्जिलाले’ दर्शकको मन जित्यो
  • परिस्थितिले सिर्जना गरेको एकता महाधिवेशन NRNA का लागि अवसर हो। विनोद कुवँर
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...