Advertisement
SKIP THIS

सिसिटिभी, सिटिइभिटी र सिसिभीआइ


राजु गाल्थेन तामाङ

अहिले सामाजिक संजाल CCTV र CTEVTको कुराले चर्चा पाएको छ । कोरियामा पुग्ने हामीलाई भने CCVIको जति महत्व छ अरुको छैन । प्राबिधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषद CTEVT नेपालको एक मात्र प्राबिधिक शिक्षा दिने सरकारी संस्था हो । मैलै पहिलो पटक २०६१ सालमा सुनेको थिएँ ।
त्यो समय मैले प्रमाण पत्र तहको अध्ययन सकेको थिएँ । काठमााडौमा रोजगारीका अबसर खोज्दै थिएँ । कतैबाट सुने औपचारिक शिक्षा भन्दा प्राविधिक शिक्षाको अध्ययन गरे रोजगारीको अवसर सजिलै पाइन्छ । त्यसैले बालाजुमा भएको सबभन्दा ठूलो सरकारी प्राविधिक शिक्षालय CTEVT गएँ । पहिले लिखित र पछि मौखिक परिक्षा पास गरियो । त्यस पछि सुरु भो दुई बर्षे TSLC को अध्ययन भो ।
पढ्नु पर्ने इलेक्ट्रोनिक हाउस वाइरिग । काम गर्दै पढ्नुको मज्जा आफ्नै छ । मैले पनि पढेँ । काठमाडौका एक सय भन्दा बढि नयाँ घरहरूमा बिद्युत जडान गरेँ । केही भिइपीका घरहरूमा सुरक्षाको लागि CCTV पनि जडान गरियो ।
काम चलि रहेकै थियो । त्यस्तैतमा दक्षिण कोरिया र नेपाल सरकार बिच श्रम सम्झौता भएको र दक्षिण कोरियामा श्रमिक हुन लाई कोरियन भाषा परिक्षा उतिर्ण गर्नुपर्ने कुरा सुनियो । खर्च धेरै नलााग्ने । पैसाठ्ठी हजार खर्च गरेर जाने त्यति नै महिनामा कमाउने । सुन्दै आर्कषक । यो कुराले मेरो ध्यान आफ्नो काममा भन्दा पनि कोरियन भाषा सिक्न केन्द्रित गरायो ।
करिब दुई महिनाको सिकाई पछि कोरियन भाषा परिक्षा दिए र उतिर्ण पनि भए । भाषा परीक्षा र स्वस्थ परिक्षण पछि म दक्षिण कोरियाको लागि अदक्ष कामदार (Non Skill Labour) को रूपमा सुचिकृत भए । केहि समयको अन्तराल पछि मेरो रोजगार दाताले पठाएको श्रम सम्झौता पत्र पनि प्राप्त भो । म CCVI को पर्खाइमा बसेँ । करिब डेढ महिना लाग्यो पश्चात मेरो CCVI आउन ।
दक्षिण कोरिया जाने सम्पूर्ण प्रकृया पुरा गरि २००९ मा पहिलो पटक कोरिया प्रवेश गरे । जब कोरिया प्रवेश गरे अनि जताततै CCTV  जडान गरेको देखे अनि मैलै सोचे यो CCTV बिकासको सुचक रहेछ । मेरो पहिलो ४ बर्ष १० महिने कार्यकाल सकेर म अदक्ष कामदार नै भएर नेपाल फर्के । पुन दोश्रो पटक पनि अदक्ष कामदारकै रुपमा कोरिया आएको छु ।
कोरियामा आएर करिब ६ बर्ष सम्म काम गरिरहँदा पनि कोरियाको लागि म नेपालको प्रधानमन्त्रीहरू जस्तै अदक्ष नै छु । अलि अलि कमाइयो होला । म देशमा केही गर्न चाहान्छु । साँच्चैनै देश बिकास गर्नको देशको कुना कुनामा कम्पनी खोलिनु पर्छ अनि दक्ष कामदारका लागि कम्पनी झै देशै भरि CCVI खोलिनु पर्छ । भष्ट्रचार लिप्त छ भनिन्छ सरकारी कार्यालय । ती सबैको रेखदेखका लागि सबै ठाउँमा CCTV जडान गर्नु पर्छ अनि CCVI को पछि लाग्ने युवाको लामो लाइन आफै बन्द हुन्छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • ‘आदिवासी जर्नल एवम स्मारिका ‘ विमोचन जुलाई २७ मा
  • उल्सानका ३ अस्पतालसँग एनसीसीको सम्झौता, नेपालीलाई सहुलियतमा स्वास्थ्य सेवा उपलब्ध हुने
  • विविध कार्यक्रम सहित जुलाई २० तारिख भव्य रुपमा ‘नेपाल डे’ मनाईदै
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...