Advertisement
SKIP THIS

संगीतमा जम्दै बबिना किराती


पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा चम्किदै गरेकी नवगायिका हुन् बबिना किराती । फरक स्वर र शैलीमा आफ्नो जादूमय आवाजलाई बुलन्द गर्दै संगीतको दुनियाँमा उदाउदै गरेकी बबिना छोटो समयमै साँगीतिक सिंढि उक्लन थालेकी छिन् । केही समय अघि मात्र आफ्नो पहिलो एकल एल्वम ‘मर्निङ द बिगिनिङ’ ल्याएर चर्चामा आएकी बबिना कोरियाको विभिन्न सांगीतिक कार्यक्रममा सहभागी भएर अझ चर्चा कमाउन सफल भएकी छिन् ।

गत फेब्रअर १५ तारिख कोरियाको किम्हेमा नेपाल मगर संघ किम्हे बुसान शाखाले आयोजना गरेको झोर्ले सांगीतिक सौगात कार्यक्रममा आफ्नो गीत प्रस्तुत गरेर दर्शकको माया बटुलेकी बबिनाले सौलमा आयोजित ‘बबिना किराती एकल संगीत साँझ’ कार्यक्रममा आफ्ना एल्वममा समेटिएका गीतहरुसहित अन्य थुप्रै गीतहरु गाएर उपस्थित दर्शकलाई भरपूर मनोरञ्जन प्रदान गरिन् । मृगौलापिडित गायिका जलजला परियारको सहयोगार्थ नेपाली साहित्य समाज(नेसास), दक्षिण कोरियाले आयोजना गरेको उक्त एकल सांगीतिक कार्यक्रममा उनलाई ‘नेसास नव प्रतिभा सम्मान २०१८’ बाट पनि सम्मानित गरिएको थियो । त्यसैगरी खोटाङ सेवा समाज दक्षिण कोरियाको आयोजनामा भएको ‘बबिना किराती सम्मान तथा सांगीतिक साँझ’ कार्यक्रममा पनि बबिनाले आफ्ना गीतहरु प्रस्तुत गरिन् । उक्त कार्यक्रममा नेपालकी चर्चित डिजे अर्पणाको समेत धमकेदार प्रस्तुति रहेको थियो ।

यसरी कोरियाको नयाँ बर्ष सलनाल पर्वको अवसर पारेर नेपाली संघसंस्थाहरुले आयोजना गरेको तीनवटा सांगीतिक कार्यक्रममा सहभागी भएर नेपाल फर्केकी बबिना कोरियामा पाएको माया सदभावले अझ सांगीतिक क्षेत्रमा हौसला मिलेको फोनिज कोरियासँगको इमेलवार्तामा भनिन् ।
भर्सटायल गायिकाको रुपमा आफुलाई परिचित गराउदै आएकी बबिनाको पहिलो एल्वम मर्निङ द बिगिनिङमा समेटिएको गीत ‘माथि माथि हिमाली भेगमा’ बोलको पूर्वेली लोकभाकाको मारुनी बिटमा आधारित गीत हिट भएसँगै उनको सांगीतिक उचाइ ह्वात्तै बढ्न थालेको छ । आफ्नै गीतको म्युजिक भिडियोमा अभिनय समेत गरेकी बविना गायिका मात्र होइन राम्रो मोडलका रुपमा समेत आफुलाई चिनाउन थालेकी छिन् ।

खोटाङको बुइपामा जन्मिएकी बविना चारपाँच बर्षदेखि संगीत साधनामा लाग्दै आएकी हुन् । संगीत साधक प्रभुराज ढकाल र मन्डल साम्पाङसाँग गायनमा औपचारिक शिक्षा लिएकी बविनाले सुरुमा रकशैलीका गीतहरु गाउदै आएपनि पछिल्लो समय लोक, आधुनिक र सास्त्रीय संगीतका गीतहरु पनि गाउदै आएकी छिन् । सामुहिक रुपमा देशभक्ति गीत तथा आदिवासीसम्वन्धि गीत समेत गाएकी उनले करिब दुई दर्जन जति गीतमा स्वर दिइसकेकी छिन् । जसमा मिलन किरातीको शब्द र बिक्रम राईको सङ्गीत रहेको आधुनिक गित “काडा हो कि फूल हो माया‘ ” धेरै स्रोताले मन पराएका थिए । उनको अन्य गितहरुमा ‘घाम पानी घाम पानी, शान्तिले मात्र पुग्दैन‘ छिया छिया.. मनकी भारी बिसाउला..’ जस्ता गीतहरु चर्चित छन ।

संगीत सिक्ने क्रममा रहेकी बविनाको सानैबाट नाच्न गाउनमा रुचि थियो । मान्छे भएर जन्मे पछि केही गर्नुपर्छ भन्ने सोचाई पालेकी बविनाको पारिवारिक वातावरण साहित्यमय थियो । त्यसैले पनि संगीतमा बढी झुकाव लिएकी उनलाई बुवाले पछि गीत गाउन सक्छन् भनेर हौसला दिनुहुन्थ्यो । जसले गर्दा उनले सानैदेखि गायिका बन्ने सपना बुन्न थालेकी थिइन् । साहित्यकार बुबा, दाजु, दिदीहरुको हौसला र प्रेरणाले नै अहिले गायिका बन्न सफल भएको उनी बताउछिन् । भन्छिन्, ‘मेरो प्रेरणाको स्रोत नै मेरो परिवार हो ।’

नयाँदेखि पुराना सबै प्रकारका गीत सुन्न मन पराउने बविना संगीत साधना भने कमै गर्छिन् । ‘समयको अभावले पनि हो । अझै मेहेनत गर्न बाँकी छ’, उनी प्रष्ट पार्छिन् । ‘संगीतमा आनन्द मिल्छ, खुशी पाउँछु संगीतबिनाको जीवन सोच्नै सक्दिन ।’ संगीत क्षेत्रमै लागेर अगाडि बढ्ने सोच बनाएकी बविना संगीतको हरेक विधा मन परे पनि रकपप जेनरमा आफुलाई अझ कम्फर्ट लाग्ने बताउछिन् । गीतसंगीत बाहेक नृत्य र उदघोषण पनि उनको अर्को रुचि हो । यो बाहेक घुम्न, फिल्म हेर्न र सपिङ गर्न पनि उनी त्यतिकै सौखिन छिन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • सौलमा चलचित्र ‘रिमै’ नोभेम्बर २ मा, फेरी दयाहाङ र रिश्मा एकसाथ पर्दामा
  • एभरेष्ट एफ सीद्वारा आयोजना हुने भनिएको एभरेष्ट कप स्थगित
  • गैर आवासिय नेपाली संघ दक्षिण कोरियाका महासचिव अजय सोडारी बर्खास्त
  • नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीको प्रवास संगठनबीच एकिकरण
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...