नेपाली संघिय समाज दक्षिण कोरिया द्वारा आयोजित अन्तरक्रिया कार्य्रकम सम्पन्न


सेर साङबो शेर्पा
सौल,
नेपाली संघीय समाज(नेफेसो) दक्षिण कोरियाद्वारा आयोजित ” पहिचान र समृद नेपाल निर्माणका लागि अबको भुमिका” विषयक अन्तरक्रियामा बोल्दै काङ्माङले पहिचान वारे प्रष्ठउदै गर्दा पहिचान मानिसले जन्मजात बोकेर आउने भएकोले कामबंगले आफु वानतवा राईको कोखमा जन्मेर आफ्नो पहिचान को कुरा उठाउनु कुनै अपराध नभएको जिकिर गर्दै वर्तमान नेपाल संघियतामा प्रवेश गरेसँगै यो मुलुक संघियतामा जानूमा उपेन्द्र यादबले महत्वपूर्ण भूमिका खेलेको र त्यसैले संघीयताको नायक राजनीतिक जननी उपेन्द्र यादव रहेको बताएका छन् ।

हिजो नेपाललाई पहिचान सहितको संघिय प्रणालीमा विकास गरेर लानु पर्छ भनेर उपेन्द्र यादवले आन्दोलन गर्दा त्यो आन्दोलनलाई बिखन्डनकारीको संज्ञा दिनेहरु आज बाध्य भएर संघियता स्वीकार गर्न आईपुगेको उहाको भनाई छ । संघियताबाट यति वेला कोहि लाभाम्वित भैरहेका छन् भने हिजो संघिताले देश टुक्रयाउछ भन्नेहरु नै बढी लाभावित भैरहेको सचिव काङ्माङले आरोप लगाएका छन् ।

पहिचानको प्रसंग जोड्दै सचिव काङ्माङले माओवादीले समाजको अन्तरविरोध विभेदलाई सतहसम्म मात्र ल्याए सस्थागत गर्ने सवालमा माओवादी चुक्यो फलत : जनताले दण्डित गर्यो जस्तो, डाक्टरले बिरामीको खुट्टा भाचिएको एक्सरे मार्फत पत्ता लगाए तर काम्रो लगाएर उपचार गरि पिडित बिरामीलाई तन्दुरुस्त नबनाई झनै पिडित बनाएर वेवारिसे अवस्थामा पुर्याए झैँ गरि पहिचानको आन्दोलनलाई पनि माओवादीले त्यहि अवस्थामा पुर्याएको थियो र छ । झन् एमाले कांग्रेस त पहिचानको कुरै सुन्न नचाहने शक्ति भएका कारण उनीहरुबाट अपेक्षा गर्न ब्यार्थ थियो। यदि मुलुकलाई समृद्धि बनाउने हो भने समाजको अनुहार जस्तो छ राज्यमा त्यो अनुहार झल्किनु पर्यो र एकाङ्की दृष्टिकोण एकाङ्की मनोविज्ञान को अन्त्य गरि साझा मनोविज्ञान निर्माण गर्नु पर्यो त्यो कुरा आफुहरुले माग गरेको काङ्माङले वताएका छन् ।

संघिय समाजवादी फोरम नेपालका केन्द्रीय सचिव अजम्वर राई काङ्माङले आफुहरुले उठाएको समानुपातिक समावेशी प्रणाली र विद्रोहको रापतापले शेरधन राई मुख्यमन्त्री नियुक्त भएको जिकिर गरेका छन् । थप सन्दर्भ जोड्दै काङ्माङले अहिले लागु भएको संघियता भौगोलिक प्रशासनिक आधारमा मात्र केन्द्रित भएको हुदा यसले आफुहरुले भनेको पहिचान सहितको ११ प्रदेश हुन नसकेको वताएका छन् । यतिवेला प्रदेश २ मा संघिय समाजवादी फोरम नेपालको नेतृत्वमा सरकार बन्दैछ जुन प्रदेश पहिचानमा आधारित बनेको छ भने अवको पहिचानको आगो २ नम्वर प्रदेशबाट सल्केर पहाड हिमालसम्म सल्किने बताएका छन् । प्रशिक्षण कार्यक्रममा बोल्दै काङ्माङले पहिचान र समृद्धि एक सिक्काको दुई पाटा भए जस्तै हो यदि समृद्धि छ पहिचान छैन पहिचान छ समृद्धि छैन भने मुलुक द्वन्दतिर धकालिन्छ जस्तो स्कटल्याण्ड गरिव भएर वेलायतसंग छुट्टिन खोजेको हैन उ समृद्ध हुदा हुदै पनि पहिचान र अस्तित्वको लागि छुट्टिन खोजेको हो भन्ने जस्ता उधारण दिनु भयो ।

अजम्बर काङ्माङले कोरिया मा बस्ने नेपालीहरुलाई सामुहिक हिसावले नेपाल फर्केर त्यहाँ सिकेको सिप र आर्जेको पुजीलाई एकमुस्ट रास्ट्र निर्माणमा लगानी गर्न समेत आग्रह गरेका छन् । उक्त अन्तर्क्रिया कार्यक्रममा बिभिन्न राजनीतिक दलहरु बाट पार्टी परित्याग गरेर आएका नेता तथा कार्यकर्ताहरु नेफेसो पार्टीमा प्रवेश गरेका छन ।

नेफेसो कोरियाले फरवरी 17 तारिक बिहान पार्टी प्रशिक्षण कार्यक्रम समेत आयोजना गरेका छन । संघिय समाजवादी फोरम नेपालको केन्द्रीय सचिब अजम्बर राई कामबाङ कोरिया बसाईको क्रममा शेर्पा संघ कोरिया द्वारा आयोजित ग्याल्पो लोशार साँस्कृतिक कार्यक्रममा समेत सहभागी भई यही 20 तारिक बिहान हङकङ हुँदै स्वदेश फर्कने कार्यक्रम रहेको सूचना तथा सञ्चार बिभाग प्रमुख सेर साङबो शेर्पाले जानकारी दिनु भयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...