Advertisement
SKIP THIS

नेपाली भाईले कोरियामा माईनस २०/२१ डिग्रीको चिसोमा काम गर्नु पर्दाको पिडा (भिडियोसहित)


एईडेन छन्त्याल

हिँऊ । टाढावाट देख्दा, आहा ! कत्ति रमाईलो लाग्ने, मनमोहक देखिन्छ । नेपालमा हुँदा धेरै वर्षको ग्यापमा कहिलेकाहिँ नजिकवाट हिँऊ देखेको मान्छे म । कहिलेकाहिँ मात्र आउने भएर होला उत्सब हुन्थ्यो हिँऊ परेको दिन । खसि कुखुरा जे हुन्छ काटेर खाईन्थ्यो । त्यो नभए पनि अरु बेला भन्दा अलि मिठै पकाएर खाईन्थ्यो । घाँसदाउरा गर्न जानुपर्दैनथ्यो ।

गाईभैँसीलाई पराल कुँदो खुवाईन्थ्यो, त्यसैले गाईभैँसी चराऊन पनि जानुपर्दैनथ्यो । फोटो खिच्नलाई तछाडमछाड गरिन्थ्यो । दिनभरि हिऊँमा खेलेर पनि धित मर्दैनथ्यो त्यतिबेला । कामै गर्न नपर्ने र मिठो–मिठो खान पाईने भएर होला, बारम्वार हिँऊ परिदियोस भन्ने लाग्दथ्यो ।

तर, यो कोरियामा, भिन्न रहेछ । नत यहाँ हिँऊ पर्दा उत्सब मनाईदोरहेछ । नत हिँऊ परेको दिन काम गर्दिन भन्न नै पाँईदोरहेछ ।

हुनत सुरुमा हिँऊ परेको देख्दा फेसबुकका भित्ताहरु, फेसबुक लाईभले भरिएको सत्य हो । तर बारम्बार परेको पर्यै गर्ने भएपछि हिँउको महत्त्व पनि बिस्तारै घट्दोरहेछ । फेसबुकका भित्ताहरुमा आउने हिँऊ परेको लाईभ पनि पातलो हुँदै जाँदोरहेछ । धेरै चिसो हुने भएर होला, हिँऊ परेको देख्दा पनि वाक्क दिक्क लाग्दोरहेछ । त्यसैले, बिन्ति छ ईन्द्रदेव । अब धेरै हिँउ नपठाईदेऊ, मेरो हात खुट्टा पुरै कठ्याङ्ग्रीएर रगत जम्नै लागेको छ ।

बाहिर सिरसिर चिसो बतास चल्छ । ताल नदि समुन्द्र पुरै बरफ बनेको छ । बाहिर राखेका धाराहरुमा पानि बग्न छोडेको धेरै भईसक्यो । नेपालका धाराहरुमा पनि बग्दैनथ्यो पानि, त्यहाँ नभएर नबग्दा हुन तर यहाँ जमेर ।

१२/१२ घण्टासम्म सँधै फिनिल हाउसभित्र काम गर्छु म । स–साना चरहरुवाट, साना–साना प्वालका द्धारहरुवाट, हावाहरु पाहुना बनेर छिर्छन म भएको ठाउँमा । अनि मेरा हातका औँलाहरु, खुट्टाका पैतला, ओठ लगाएत पुरै अंग–अंगमा प्रेम गर्न थाल्दछ हावाले । प्रेम आफैमा अदभूत हुन्छन् । हावाको प्रेमले मेरो पुरै जिउ क्षणभरमै लल्याकलुलुक हुन्छ ।

प्रेमले सुख, सन्तुष्टि र रोमान्स मात्र दिँदैन, चोट बेदना र दुःख पनि दिन्छ भन्थे, हो रहेछ । हावाले गरेको अदभूत प्रेमवाट मेरा हात खुट्टाहरु सुरुसुरुमा ठिग्रयाउछ र दुख्न थाल्दछ । केहि छिनपछि मेरा हात खुट्टाहरु दुख्दा–दुख्दा थाकेर होला सायद आमा टाढिएको बेला एक्लै रुँदारुँदै थाकेर भुलिएको बच्चाजस्तै आफै चुपचाप रहन्छ । चलाउनै नसक्ने गरी कक्रक्कै हुन्छ । तरपनि म निरन्तर काम गरिरहनुपर्छ । विन्ति छ मालिक यसरि चिसो हिऊँ परेको बेला धेरै काममा नखटाईदेऊ । मेरो हात खुट्टा पुरै कठ्याङ्ग्रीएर रगत जम्नै लागेको छ ।

मोबाईलमा भएको मौसम एपमा हेर्छु । मेरो ठाउँको तापक्रम कहिले माईनस १७ देखाउँछ । कहिले माईनस १८ देखाउँछ । कहिले माईनस २०/२१ सम्म पनि देखाउँछ । तर म चुपचाप छु । जत्तिसुकै पिडा होस । कठ्याङ्ग्रीएर अङ्ग–अङ्ग झर्नै लागोस । र पनि, कुनै प्रबाह नगरी निरन्तर काम गरिरहेकोछु …. गरिरहनुपर्छ ।

उता घरमा परिवारका सदस्यहरुले यो कुरा थाहा पायो भने, मेरो वारेमा चिन्ता गर्लान् । पिर मान्लान् । त्यसैले कोहि पनि मेरो घरमा यो कुरा नबताईदेऊ मेरो हात खुट्टा र ओठ चिसोले चरचर फुटेर रगत निस्कनै लागेको छ ।

प्रिय मौसम, अब म धेरै खप्न सक्दिन यो तिम्रो प्रेमको चिसो भार । कृपया सँधै यसरी तिमी चिसो बनेर मलाई प्रेमपूर्वक नसटाईदेऊ, मेरो हात खुट्टा र ओठ चरचर फुटेर रगत निस्कनै लागेको छ । यो चिसो मौसमसँग सँधै सँगै बाँच्न सकिएला जस्तो लाग्दैन मलाई ।

श्रीमान ! यो चिसोसँग डिभोर्स गर्नलाई कुन कुन कागजी प्रक्रृया पुरा गर्नुपर्ने हो ? कुन कुन कानुनी वाटो अपनाउनुपर्ने हो ? मलाई यो चिसो मौसमसँग छुट्टिएर एक्लै बाँच्न मन छ । डिभोर्स गर्ने मन छ ।

अहिले यो लेख पढिरहनु भएको प्रिय साथी तँपाई पनि यसबारेमा जानकार हुनुहुन्छ भने कृपया जानकारी दिनुहोला । धन्यबाद ।

(यो चिसो मौसममा काम गर्दाको पिडालाई सम्झेर भोगेर लेखिएको लेख हो । तँपाई पनि यस्तै भोगिरहेको हुनुहुन्छ भने सेयेर गरिदिनुहोला । साथै मेरो नियमित अपडेटको लागि युट्युब च्यानल Subscribe गर्न नभुल्नुहोला ।)

तँपाई यो लेख यहाँ सुन्न सक्नुहुनेछ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • किम्हेमा चलचित्र ‘अञ्जिला’ अप्रील २७ मा प्रदर्शन हुने
  • कोरियाभर प्रदर्शनको तैयारीमा बहुप्रतिक्षित चलचित्र ‘ऊनको स्वीटर’
  • चुम्लुङ कोरियाले एक महिने केलाङ प्रशिक्षण सञ्चालन गर्दै
  • यस वर्षको ‘लोटस लालटेन फेस्टिभल’ अप्रील २६ मा मनाइँदै
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...