नेपाली कविहरुले जमाए कोरियन कविहरुसँग कविता कन्सर्ट


धेजन, २१ जनवरी

अंग्रेजी नयाँवर्षको उपलक्ष्यमा नेपाल कोरिया कल्चर सेन्टरद्वारा आयोजित कविता कन्सर्ट २०१८ भव्य रुपले सफल भएको छ । कोरिया र नेपालका चौबिस कविका कविताहरुलगायत अन्य कविहरुका कविता र गीत पनि कार्यक्रममा प्रस्तुत गरिएको थियो । नेपाली साहित्यको अन्तर्राष्ट्रियकरण हुनुपर्ने आवाज उठिरहेको बेला कोरियामा नेपाली तथा कोरियन कविहरूबीच महत्त्वपूर्ण कविता कन्सर्ट भएको हो ।

कोरियाको धेजन शहरस्थित सगरमाथा होटलको हलमा आयोजना गरिएको उक्त कविता कन्सर्टमा प्रमुख कोरियाली कवि र कोरियामा रहेका नेपाली कविहरूको बाक्लो सहभागिता रहेको थियो। नेपाली भाषासाहित्य र काव्य संस्कृतिलाई दुई देशबीच साहित्यका विविध आयामबारे चर्चा गर्दै र चर्चित कविहरूका कविता सुन्ने र सुनाउने उक्त कार्यक्रमले कोरियन र नेपाली कविताका वैचारिक सशक्ततालाई उजागरा गरेको कुरा सेन्टरका संस्थापक किम योङ ह्योले जानकारी दिनुभयो । साहित्यिक बहस र कन्सर्टले दुई देशबीचको भाषा साहित्यको विकास र विस्तारका साथै अनुवाद साहित्यमा पनि पृथक र अपेक्षित सम्भावना रहेको आयोजक समितिका अध्यक्ष द्व्य मन्जु गुरुङ र प्रमोद सारङको जिकिर रहेको छ ।

उक्त कविता कन्सर्टमा कोरियाका चर्चित कविहरू किम जुन ते, पाक मङकु, लिक्यु सिक, मुन चाङ गिल किम ह्यङ ह्योलगायत डेढ दर्जन कविहरू सहभागी थिए। त्यसै गरी नेपालको तर्फबाट प्रखर कविहरू गोकुल थोकर ,प्रमोद सारंग, यल्जी विवश, सकुन आँसु, डि आर न्यौपाने, मणि भुषाल, सरोज सर्वहारा, गङ्गा बस्नेत, एकलव्य, मातृका नेम्बाङ गोपीकृष्ण लामिछाने, जनक सन्याल, र शुष्मा रनाहँछालगायत अन्य कविहरुको सहभागिता रहेको थियो ।

दुई देशका कविताका स्वादलाई अनुवाद कृतिको माध्यमबाट दर्शक दीर्घाहरुले रस्वादन गर्दै सम्प्रेषित भावलाई बुझेर सजिलै सोपान गरेका देखिन्थे । दुई देशका मुख्य कविहरूvलगायत अन्य स्रष्टाहरू सहभागी रहेका यस कविता कन्सर्टको माध्यामबाट नेपाली कवितालाई कोरियन भाषामा अनुवाद गरेर कोरियनहरु माझ पुर्याएर कोरियन कवितालाई नेपालीमाझ ल्याईएको र दुवै देशका कविहरुबाट वाचन पनि गरिएकोले यो एक ऐतिहासिक कार्यक्रम हुन सकेको सह-आयोजक संस्था अनेसास कोरियाका अध्यक्ष कवि प्रमोद सारंगले बताउनुभयो ।

कोरियन कवयत्री तथा पत्रकार चाङ्योङजङ र नेपाली कवि प्रमोद सारंगको उद्घोषण रहेको सो कार्यक्रममा कोरियाका चर्चित कविहरुको उपस्थिती रहेको आयोजकले जनाएको छ । कार्यक्रममा कोरियाली कवि किम ह्यङ हो प्रमोद सारंग र मन्जु गुरुङद्वारा अनुवादित कोरियन र नेपाली कविका कविता संग्रह समेत सार्वजनिक गरिएको थियो ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • अष्ट्रेलियाबाट दलेन्द्र गुरुङको “आरुपाटे” सार्वजनिक [भिडियो सहित]
  • तमू समुदायको ल्होसारलाई संगीतमय बनाउन “जालुमाया गुरुङ” कोरिया आउने
  • नेफिन कोरियाद्वारा “पहिचान संवाद” सुरु, पहिलो शृङ्खलामा रैथाने संगीतकर्मी झुमा लिम्बू
  • कोरियाको सौलमा डिसेम्बर १५ तारिख चासोक तङनाम मनाइने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...