Advertisement
SKIP THIS

काेरियामा मगर माघे संक्रान्ती कार्यक्रम भब्य रुपमा सम्पन्न


नेपाल मगर संघ दक्षिण कोरियाको आयोजना एवं थेगु शाखाको संयोजनमा यही जनवरी १४  तारिख आइतबार दक्षिण कोरियाको थेगु सहरमा माघे सक्रान्ती कार्यक्रम  २०७४ भब्य रुपमा सम्पन्न भएको छ।

हाम्राे पर्ब हाम्राे पहिचान,अाफ्नाे भाषा,भेषभुषा,धर्म संस्कार,संस्कृतिकाे संरक्षण तथा सम्बर्द्धन गराैं भन्ने मुल नारा सहित प्रवासमा रहेकाे मगर संघले मगर जातिकाे राष्ट्रिय पर्ब मनाएकाे हाे।

नेपाल मगर संघ थेगु साखाका अध्यक्ष शालिकराम पूलामी मगरको सभापतित्व एवं नेपाल मगर संघ कोरियाका अध्यक्ष  खड्क थापा मगरको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा परदेशमा रहेका सम्पुर्ण नेपालिहरु बिच आपसी भाईचारा एवं सद्भाबनाको कामना गर्दै थेगु साखाका उपाध्यक्ष विनी रोका थापा मगरले मन्तब्यले स्वागत गरेका थिए। उक्त कार्यक्रमको संचालन थेगु साखाका सचिब चिरन थापाले गरेका थिए। कार्यक्रममा नेपालकाे प्रथम सहिद लखन थापाकाे तस्बिरमा माल्यार्पण पनि गरिएकाे थियाे।

मौलिक भेषभुषा, कला सस्कृति र गीत संगीत लाई जिवन्त राख्दै राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा चिनाउने प्रतिभाका अमूल्य हिराहरु लोक दोहोरी क्षेत्रका बहुचर्चीत गायीका देवी घर्ती मगर लगायत स्थानीय चर्चित कलाकारहरु विभिन्न मौलिक संस्कृति प्रस्तुति मार्फत भरपुर मनोरंजन प्रदान  गर्ने नेपाल मगर संघ कोरिया केन्द्र सउल ,थेगु, किम्हे बुसान शाखाका कलाकारहरुको बिभिन्न प्रस्तुतीले दर्शक दिर्घाको मन जितेको थियो।

यस्तै मगर जातिको माघे सक्रान्ती बिषेश खानाका परिकारहरु खिचडी बटुकी तरुल सेल आदी जस्ता खानाले अझै दर्शकलाई आकर्षित गरेको थियो।यसै बिच परदेशमा रही नेपाली लोक संगितको क्षेत्रमा कृयाशिल गायक जितन भाई श्रीषको आउदै गरेको रोईला गितको म्युजिक भिडियोको सुटिङ गर्दै कार्यक्रम भब्य रुपमा सम्पन्न भएको जानकारी कार्यक्रम संयोजक नगेन्द्र मगरले फोनिज कोरिया डटनेटलाई बताए।

कार्यक्रम लार्इ सफल बनाउन सहयाेग गर्ने अायाेजक संस्थाका पदाधिकारी, सदस्यहरू, स्थानिय कलाकारहरू, राष्ट्रिय कलाकार देबी घर्ति, बिभिन्न संस्थाका प्रमुख तथा प्रतिनिधि, नेपाल मगर संघ केन्द्र तथा किमे बुसान शाखाका पदाधिकारी तथा मगर गैह्र मगर समुदायलाइ थेगु शाखाका अध्यक्ष शालिक राम पुलामीले धन्यबाद ज्ञापन गरेका छन्।

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...