Advertisement
SKIP THIS

कोरियाको स्टेजदेखि सामाजिक सञ्जालसम्म भाइरल बन्दै युवा गायक नारायण पौडेल


निरज पान्डे
कोरियाको नेपाली माझ लोकदोहोरी गायकका रुपमा चर्चा कमाएका युवा गायक नारायण पौडेल यतिखेर कोरियाको स्टेज कार्यक्रमदेखि सामाजिक सञ्जालसम्म भाइरल बन्दै गएका छन् ।

मध्यम वर्गीय परिवारमा जन्मेका पौडेल सानैदेखि गीतसंगीतमा रुचि राख्थे । नेपालमा सोचेँ जस्तो नभए पछि अन्य युवाहरु झैं उनमा पनि परदेशिने सोच पलायो । फलस्वरुप २०६९ सालमा कोरियन भाषाको परिक्षा पास गरेर कोरिया आएका नारायण कोरियाको कडा कामसँगै नेपाली गीतसंगीतमा पनि लागिपरे ।

नेपाली कार्यक्रमहरुमा आफ्नै शब्द तथा संगीतमा लोक दोहोरी गीतहरु गाउन थालेका पौडेल कोरियामा हुने नेपाली कोरियन कार्यक्रममा चर्चित कलाकारको रुपमा चिनिन थाले । दर्शकहरुको मन जित्न सफल पौडेल दिनानुदिन चर्चा कमाउदै गए । यसैगरि फेसबुक मार्फत मेसेन्जर रोधि खोलि संचालक अध्यक्ष भइ रोधि ग्रुप चलाउन थाले । उनको रोधी ग्रुपमा नेपालभरको मानिसहरुलाइ समेटिएको छ जुन २४ घन्टा चलिरहेकै छ । स्वदेश तथा विदेश छरिएर बसेका नब प्रतिभा को दम्दार प्रस्तुति हुने गर्द छ । साथै अनलाइन पेज अनलाइन लाइभ दोहोरी पेजमा प्रतत्क्ष लाइभ आएर राष्ट्रिय तथा स्थानीय गायक गायिकासग गीत गाउने गछृन् ।

कोरियामा रहेर नेपाली गीत संगीतमा लागेवापत कोरियामा रहेका सामाजिक संस्था मिर्याङ नेपाली समाज, नुवाकोट समाज थेगुलगायतबाट सम्मानित समेत भइसकेका छन् । त्यसैगरी विभिन्न कार्यक्रममा सहभागी भइ उत्कृष्ट भइ सम्मानित भएसकेका पौडेल कोरियान भएको संगीत साहित्य कल्चर प्रोग्राममा १५ देशको मानिसहरुको सम्लग्नता भएको महोत्सवमा नेपालको प्रतिनिधित्व गदै नेपाली दोहोरी गाएर उत्कृष्ट भइ कोरियाको किम्हे शहरका मेयरको सम्योजकत्वमा किम्हे माइग्रेन सेन्टरका संचालक तथा समाजसेवी यज्ञराज सुवेदीको हातबाट सम्मान तथा नगद पुरस्कार पाइसकेका छन् । जसमा राष्ट्रिय गायक रामजि खाड र राष्ट्रिय गायिका देवि घर्ती मगर निणायक रहेका थिए ।

यसरी अन्य धेरै कार्यक्रममा सम्मानित भएका गायक पौडेल गाउन मात्र नभइ गितको शब्द तथा लय पनि आफै लेख्ने गर्दछन । हाल कोरियामा नै कार्यरत गायक पौडेल नेपाल फर्केपछि पनि गीत संगीतलाइ अझै वढि योगदान दिने बताउँछन् ।

३० भन्दा बढी अनलाइन रोधि ग्रुप संचालन गदै आएका गायक पौडेल कार्यक्रममा नगएको दिन कोठामै बसेर भए पनि लाइभ कार्यक्रम चलाउने गर्छन । संगीत जीवन रमाइलो रहेको बताउदै उनले सबै लोकपारखि दर्शकहरुलाई लोक गीत सुनिदिनुहुन पनि आग्रह गरेका छन् । बिदेशमा कामको व्यस्तताले गर्दा सोचेजस्तो समय नहुने हुदा केही समय पछि नेपाल फर्केर आफनै रचना, शब्द लयको ‘मेलै नि खोज्दै छु एउटी घरवालि’, ‘अनलाइन हुदाहुदै नि बोल्न गाह्रो’ बोलको गीत बजारमा ल्याउने बताएका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • सम्झनामा समर, समुद्र र सन क्रूज रिसोर्ट
  • कम्पनी मालिक र टोली प्रमुख दोषि ठहर, दुवैलाई जेल सजाय
  • गोरखा परिवार दक्षिण कोरियाको नयाँ नेतृत्वमा देवी गौतम
  • NRNA कोरियाद्वारा सञ्चालन गरिने श्रमिक – विद्यार्थी हेल्प डेस्क कार्यालयको उद्घाटन
  • ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...