कोरियन एयरले १ सय नयाँ जहाज थप्ने
रोशन राई
सोल-कोरियन एयर कम्पनीले बोईङ र एयरबस कम्पनीबाट सय नयाँ जहाँज खरिद गर्न अमेरिकी १२.२ बिलियन डलर खर्चिने भएको छ । यो राष्ट्रीय खरिदको हिसाबले एउटा ठूलो हिस्सा हुनेछ ।
मंङ्गलबार बोइङको सिइओ रे कोनर र एयरबसका सिइओ फ्याब्रीक बेगरसँग पेरिसको बिषेस भेटमा कोरियन एयरका अध्यक्ष चो याङ होले खरिद गरिने बिषयको त्रीपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन ।
कोरियाली संचार माध्यमले जनाए अनुसार एक लटमा ३० वटा जहाँज भित्र्याइने र बाँकी बिस्तारै भित्र्याइने छ | यसरि खरिद गरिएको जहाँज सन २०१९ बाट संचालन मा ल्याइने छ ।
खरिद गरिने नयाँ जहाँज लागतको हिसाबले मितब्ययी हुने र इन्धन पनि कम खपत हुने बिश्वाश लिईएको छ | त्यस्तै यात्रुहरुले निकै सहजताको साथ यात्रा गर्ने पनि एयर लायन्सका एक प्रबक्ताले जानकारी गराए । ती प्रबक्ताले भने ‘यात्रुहरुका लागी खरिद गरिने नयाँ जहाँज आरामदायी र सुरक्षितको हिसाबले शंका गर्ने ठाउं हुने छैन ।
सन २०१९ मा कोरियन एयर को ५०औँ बार्षिकी उत्सव मनाउन गैरहेको र यसै अवसर पारेर यस्तो खरिद को निर्णय गरिएको कोरियन एयर का अध्यक्ष चो याङ हो ले जानकारी गराए ।