Advertisement
SKIP THIS

शेर्पा संघ दक्षिण कोरियाद्वारा आयोजित पत्रकार सम्मलेन सम्पन्न


शेर्पा संघ दक्षिण कोरियाले कोरियन नयाँ वर्ष (सलनाल) फरवरी 16 तारिक साँझ नेपालीको मौलिक पर्व स फ़ो. खि.लो 2145 औ ग्याल्बो लोशार सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागिरहेको अध्यक्ष सेर साङबो शेर्पाले बताउनु भयो । पत्रकार सम्मेलनको क्रममा अध्यक्ष शेर्पाले ग्याल्बो लोशारको अर्थ र महत्ववारे प्रश्टयाउनु भयो । परपूर्वकालदेखी यस ग्याल्बो लोशार नेपालमा विशेष गरी हिमाली क्षेत्रमा बसोवास गर्ने शेर्पा समुदायले मनाउनुदै आए पनि वर्तमान नेपालको संबिधानले राष्ट्रीय पर्वको रूपमा मान्यता दिईसकेको हुनाले अबको दिनहरूमा ग्याल्बो लोशार कुनै जाती विषेशको मात्र पर्व हो भने गलत हुने उनले तर्क गरे ।

यो लोशार अब सबै नेपालीले बड़ो हर्ष उल्लहासका साथ आपसी सत्भाब बडाउन भाई चारा सम्बन्धलाई बलियो बनाउन राष्ट्रीय मौलिक पर्वको रूपमा विश्वभरी दिल खुलेर मनाउन सकिने बताउनु भयो । त्यसैले प्रवास रहेर पनि बिभिन्न कार्य ब्यास्तता र समय अभाप बावजूत पनि शेर्पा संघले ग्याल्बो लोसार कार्यक्रम आयोजना गर्न लागिरहेको अध्यक्ष सेर शेर्पाले बताउनु भयो ।

सांस्कृतिक कार्यक्रमको मुख्य उद्देश्य भनेकै आफ्नो जन्मभूमि छोडेर बिश्व को जुनसुकै मुलुकमा रहे पनि हामीले आफ्नो भाषा,लिपि मौलिक चाडबाड़, संस्कार, संस्कृतिलाई निरंतरता दिन र संरक्षण गर्नु को साथै प्रवासमा रहेका नेपाली हरुवीच आपसी सत्भाप बडाउन, भातृत्व मेल मिलाप गराउदै एक आपस मा शुभ-कामना आदान प्रदान गराउनु कार्यक्रमको मुख्य उदेश्य रहेको अध्यक्ष सेर साङबोले बताए ।

पत्रकार सम्मेलनमा आदिवाशी जनजाती माह संघ दक्षिण कोरियाका अध्यक्ष पावन चामलिंग राई लगायत अन्य बिभिन्न संघ सँस्थाका प्रतिनिधी हरु उपस्थित थिए । कार्यक्रममा उपास्थित सबै अथितीहरुले ग्याल्बो लोशार सफलता अग्रिम शुभ कामना दिनु भयो । 2018 फरवरी 16 तारिक साँझ आयोजना हुने कार्यक्रममा कोरियामा क्रियाशील संघ संस्था र नेपालीहरु को उत्शाह जनक सहभागि हुने बताउनु भयो । कार्यक्रममा स्थानीय डीजेले बिभिन्न गीत संगीत बजाउने छन भने स्थानीय बहु प्रतिभाशाली कलकार हरूको बिभिन्न प्रश्तुले उपश्थित महानुभापहरु लाई भरपूर मनोरंजन दिने माह सचिब रिंजी नावाङ शेर्पा ले भन्नु भयो । शेर्पा संघले आजबाट कार्यक्रम प्रचार प्रसार बिभिन्न संचार माध्यम बाट तीब्र गरिने प्रचार गर्ने जनाउनु भयो ।

कार्यक्रममा रात्रिकालीन भोजनको समेत ब्यवस्था रहेको जनाउनु भयो । कार्यक्रम फरवरी 16 तारिक साँझ 7 बजे देखी बिहान 5 बजे सम्म सौल साङदुगु वाङसीपरी हुने भएको छ । ग्याल्बो लोशार सांस्कृतिक कार्यक्रम सहभागी भई भब्य सभ्यरुपमा लोशार सफल बनाउन कोरिया वाशी नेपालीहरुमा अध्यक्ष शेर साङबो शेर्पाले आह्वान गरेका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...