Advertisement
SKIP THIS

कोरियामा लाख कमाइ हुने सपनामा त्यागिएको ज्यान


जन्म हुनु र मृत्यु हुनु चलि आएको सृस्टी को नियम हो । तर जानी जानी कालको मुखमा ज्यान दिनु  नामर्द पन हो भनेर भनिरहनु जरुरत नहोला । पिर व्यथा चिन्ता सबैलाई हुने गर्छ कसैले देखाउछ्न कसैले लुकाउछ्न ।

जब समस्या आउदा समस्याबाट टाढिन खोज्छ त्यो मान्छेले जिन्दगीको अर्थ नबुझेको हुन सक्छ । कतिपय मानिसहहरु ठुलो ठुलो सपना बुनेर बसेको हुन्छ । तर उपचार नै नहुने रोग लाग्छ । उपचार हुने भएतापनि धेरै आर्थिक जुटाउनु पर्ने हुन्छ र त्यसको लागि अशम्भव भएपछी एकदिन सपना अधुरै छोडेर सदाको लागि निदाउछ । त्यो बाध्यता हो ।

तर दक्षिण कोरियामा मेरो देशको साथीहरु झुन्डिएर ज्यान फालेको देख्दा , उसलाई थाहा हुने भए गएर एक झापट लाएर होसमा ल्याउने थिएकि भनेर मनमा प्रश्न जाग्छ तर त्यो कल्पना मात्र हो ।

विशेष गरेर हामी र हाम्रो देशको साथीहरु बुसान र सौल को रात्रीकालिन अवस्थामा झिलिमिलि भएको फोटो ह्हेर्यो अनि फलानाले येति लाख कमाउने धिस्कनाले उतिलाख कमाउने हामि के कम छर भनि तम्सिएर आएको हुन्छौ । तर बिडम्वना ईन्छनमा अवतरण भएदेखि पिडा हुन थाल्छ । अनि आएपछि साथीभाईले येति कमायो उति कमायो भन्ने खबर आउछ । आफ्नो अलि थोरै कमाइ छ भने त्यहाँ पानि तनाव ।

अर्को कुरो काम नजाने पछि क्याप्टेनले गालि गर्छ । आफु घरमा आमा बुवालाइ घुर्क्याएर हिडेको बानि गालि मन पर्दैन तेता पनि तनाव । अनि अर्कोले जग्गा किनबेचको कुरा गर्छ तेता पनि तनाव । अनि त्यस्पछि मनमा धेरै कुरा खेल्न सुरु हुन्छ । पहिले नेपालमा हुदा देखिएको सपना मर्दै जान्छन। तेसैमा इस्ट्रेस हुने स्ट्रेस बदेपछी माइग्रेन हुने त्यहाँवाट काम गर्न मन नलाग्ने । सवै वाटो बन्द भएको देख्ने भएपछी अन्तिम विकल्प नभेटेपछि येसरी अन्त्य गर्छ डोरीको सहारामा आफ्नो जीन्दगी ।

पाठक मित्रहरु कोहि आउने तयारीमा हुनुहुन्छ भने आफुलाई मजबुत वनाउनुस । धेरै पैसा कमाइ हुन्छ भन्ने हल्ला मात्र हैन कति काम गर्न पर्छ , कस्तो काम गर्न पर्छ, गर्न सकिन भने क गर्ने, पुर्व तयारि हुनु होला । कोरियाको राम्रो राम्रो सहरको फोटो युटुव मा हेरेको भिडिओको भरमा कोरियाको अनि लाख को कमाइ को हल्लामा कोरिया आउने विचार नराख्नु होला ।

(लेखक हाल कोरियाको फेन्थेक शहरमा काम गर्छन)

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • गम्भिर रोगसँग संघर्षरत विरामी डिस्चार्जका लागि सहयोग अपिल
  • गम्भिर रोगसँग संघर्षरत विरामीलाई सहयोगको अपिल
  • पोखरा युनाइटेड बन्यो NRNA कपको च्याम्पियन
  • खोटाङ हलेसी सांगितिक सौगातको आयव्यय सार्वजनिक
  • ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...