Advertisement
SKIP THIS

काेरियामा रेसुंगा साँस्कृतिक झलक भाग ३ लाइ सफल पार्न पत्रकार सम्मेलन सम्पन्न।


गुल्मी सम्पर्क समिति दक्षिण कोरियाले अाउदाे सलनाल २०१८ फेब्रुअरी १६ तारिख अायाेजना  गरेको रेसुंगा सांस्कृतिक झलक भाग तीन लाइ सफल बनाउन कोरियामा रहेका नेपाली संघ संस्थाहरुले तन ,मन र धनले सहयोग गर्ने प्रतिबद्वता जाहेर गरेका छन् ।आइताबार राजधानी सोल स्थित नेपाल हाउसमा आयोजित पत्रकार सम्मेलन तथा बृहत अन्तरक्रिया कार्यक्रममा बोल्दै उपस्थित संस्थाका प्रतिनिधिहरुले सो प्रतिबद्वता जाहेर गरेका हुन् ।

कार्यक्रममा उपस्थित प्रतिनिधिहरुले बोल्दै नितान्त परोपकारी उद्देश्यका साथ कार्यक्रमको आयोजना गर्न लागिएकोले कोरियामा रहनुहुने सम्पूर्ण नेपालीले सहयोग गर्नु पर्ने बिचार ब्यक्त गरे । अन्तरक्रिया कार्यक्रममा भाग लिदै नेपाल गोरखा परिवारका अध्यक्ष यदु लामिछानेले कुनै पनि संस्थाका कार्यक्रमहरु एक अर्कोको सहयोग बिना सफल हुन नसक्ने भन्दै कार्यक्रम सफलताको कामना गरे ।

कार्यक्रममा रुपन्देही सम्पर्क समितिका अध्य्क्ष रामु कार्की ,निबर्तमान अध्यक्ष हरि गौतम ,अर्घाखाँची सम्पर्क मंचका दिनमणि पौडेल ,युबराज पाण्डे लगाएत दर्जनौ संघ संस्थाका प्रतिनिधि तथा कोरिया बाट संचालन हुने बिभिन्न अनलाइन मिडियाका पत्रकार हरुको समेत उपस्थिति रहेको थियो । अन्तरक्रियामा कार्यक्रमको उदेश्य तथा तयारि सम्बन्धमा संघ संस्था तथा पत्रकार हरु बाट उठेका जिज्ञासा हरुको गुल्मी सम्पर्क समिति दक्षिण कोरियाका अध्यक्ष  गान्धिभ सुबेदी ,उपाध्यक्ष कृष् गुल्मेली बाबु तथा इश्वरी घिमिरेले स्पस्ट पारेका थिए भने हेल्लो नेपाल कोरिया डट कम ,फोनिज कोरिया ,अनलाइन वेव टिभी लगाएतका मिडिया हरुले प्रत्क्षय प्रसारण गरेका थिए ।

रेसुङगा सांगितिक झलकमा  नेपाल आइडलकि चर्चित रक गायिका केंजल मेहर श्रेष्ठ ,पछिल्लो समयमा चर्चामा रहेका पप गायक सुगम पोख्रेल ,चर्चित हास्य कलाकार विल्सन बिक्रम राइ तक्मे बुढा, चर्चित लाेक दाेहाेरी गायक खुमन अधिकारी,चर्चित लाेक दाेहाेरी गायिका रूपा घर्ति मगर,हत डान्सर तथा प्रस्ताेता साेनिका राेकाया, चर्चित लाेक दाेहाेरी गायक बम बहादुर कार्की  लगायतका ख्याती प्राप्त  राष्ट्रिय तथा स्थानिय  कलाकारहरुको उपस्थिति रहने जानकारी संस्थाका अध्यक्ष गान्धिब सुबेदीले बताए। कार्यक्रम हुने स्थान सउल स्थित जाेङनाे अाे गा मा रहेकाे फेक जु न्यन  गिन्यम ग्वानकाे हलमा हने जनाइएकाेछ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पाँचथर सांगितिक सौगात भाग २ को आयव्यय सार्वजनिक , २ करोड ४१ लाख वन बचत
  • कोरियाको शहरहरुमा नोभेम्बर ८ देखि आक्रमक प्रदर्शनको तयारीमा ‘जारी २’
  • नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाको ९ औँ महाधिवेशन नोभेम्बर ९ मा
  • नोभेम्बर २ देखि कोरियाको विभिन्न शहरहरुमा प्रदर्शन हुँदै चलचित्र ‘रिमै’
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...