Advertisement
SKIP THIS

विदाई र स्वागत, ह्याप्पी न्यू ईयर !


एईडेन छन्त्याल

विदाई कत्ति धेरै पिडाको भारी बोकेर आउँछ । मनमा सन्नाटा छाउँछ । सबै आत्मा पिडामा हुन्छ । आँसुको भेल बर्सिन्छ । तर स्वागतमा भने त्यसको ठिक उल्टो हर्ष अनि उल्लास ।

पुरानो सकिन्छ, नयाँ आउँछ । अनेकौँ चुनौतीहरुसँग सामना गरेर सकियो यो वर्ष । धेरैजना रँगमञ्चहरुमा रमाएर वित्यो यो वर्ष । धेरै योद्धाहरु युद्ध मैदानमा उभिएर सकियो यो वर्ष । कत्ति ओठहरु मुस्कुराए । कत्ति नयनहरु रसाए । कसैले यो धर्तिमा पहिलोचोटीे पाईला टेके यहि वर्षवाट । कसैले चालेका पाईला अन्तिम पनि बन्यो यहि वर्षमा । कत्तिले यो वर्षवाट स्वास लिन शुरु गरे । कत्तिले अन्तिम स्वास लिएर छोडे यहि वर्षमा । कत्ति अपाङ्ग बने यहि वर्षमा । कत्ति जलेर सकिए । कत्ति डुबेर, कत्ति अंगभङ्ग भएर सकिए यहि वर्षमै ।

यो वर्षको विदाई एउटा यस्तो सुखद विदाई बन्नुपर्छ । हाँसो खुसी र उमंगले भरिएको विदाई बन्नुपर्छ । ईतिहासका पन्नाहरुमा, शिलालेखका भित्ताहरुमा लेखिने विदाई वन्नुपर्छ । यहि वर्षको अन्त्यसँगै गरिबिका अनिकालहरु अन्त्य हुनुपर्छ । कठ्याङ्ग्रीदो चिसो यो मौसममा त्रिपाल मुनीका बासहरु हट्नुपर्छ । वाटो हिँड्दा भेलले बगाएर मर्नुपर्ने अवस्था अब आउनुहुँदैन । सँधै तुईनमा झुण्डिएर ओहोरदोहोर गर्नुपर्ने दिनको अन्त्य हुनुपर्छ ।

विश्वको जुनसुकै देशमा बसेपनि उसको बस्ने ठाँऊ मात्र फेरिने हो, रगत फेरिँदैन, मन फेरिँदैन । नेपालमै जन्मेहुर्केकाहरु संसारमा जहाँ बसेपनि सबै नेपाली हो । मातृभूमीप्रतिको मायाँ र मोह सदावहार वढेर आउँछ । देश समृद्द र सम्पन्न भए कोहि बिदेशिन्न । अव नयाँ वर्षको सुरुवात सँगै बिदेशिनु पर्ने बाध्यताको अन्त्य भई बिदेशिएकाहरु स्वदेश फर्किने वातावरणको सृजना होस । सबैका बावाहरु शरिर छेऊमै नभएर मोबाईल, कम्प्युटर, ल्यापटप तथा ट्यावहरुमा मात्र देखिने दिनको अन्त्य होस् । किसानहरु बिचौलियाको कब्जावाट उन्मुक्ति होस ।

पुर्खौदेखि मधेसमा रैथाने बसोवास गर्दै आएका नेपालीहरुलाई आफ्नै देशका नागरिकवाट दोस्रो दर्जाको नागरिक जस्तै ब्यवहार नहोस् । ईमान्दार कर्मचारीदेखि सामान्य सेवाग्राहीहरुले राज्य कसको हो र केका लागि हुनुपर्छ भन्ने कुरा थाहा पाउन सकोस् । नेपाली जनताले विकास र समृद्धि अनुभव गर्न पाईयोस् । पुननिर्माण तथा नवनिर्माणका कामहरुमा राजनितिक बिवाद नहोस् । धाराहरुमा पानी बगोस् । अन्धकारहरुमा उज्यालो छिरोस् । साक्षरता दरमा वृद्धि होस् । ढुक्कसँग स्वदेशमै श्रम गरेर बाँच्न पाउने वातावरण बनोस् । बालिका हुँदादेखि नै बलत्कारको सिकार बन्नुपरेको तितो पिडा अब सुन्न नपरोस् । महिला तथा युवतीहरु आफुलाई जहिले पनि र जहाँपनि सुरक्षित महसुस गर्न सक्ने होस् ।

प्रिय यो वर्ष । तिमी जाँदाजादैँ यो देशका सम्पूर्ण चोरीखाने वर्गहरु, भ्रष्टचारी, बलात्कारी तथा ठग, गुण्डा, तस्कर एवं दलालीहरुको जरो उखेलेर लैजाऊ । हरेक नराम्रो काम गर्नेहरुको यहि वर्षको अन्त्यसँगै पुर्णबिराम लागोस् । अव नयाँ वर्षदेखि राम्रो कामलाई निरन्तरता तथा नयाँ कामको सुरुवात होस् । जीवनमा सुख, समृद्धि तथा उत्तोर–उत्तोर प्रगति होस् ।

ह्याप्पी न्यू ईयर ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...