Advertisement
SKIP THIS

डेउ नेपाली एकता समाज दक्षिण कोरियाबाट सप्तरीका बाढी पीडितलाई जस्तापाता वितरण


गत अगस्टमा नेपालमा गएको विनाशकारी बाढिपहिरोले तराईका करिब 16 जिल्ला प्रभावित भएको थियो भने करोडौं धनजनको क्षति हुनुका साथै हजारौं जनता घरबार बिहिन भइ विस्थापित भएका थिए । यसै सन्दर्भमा विगतदेखि नै विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको डेउ नेपाली एकता समाज गजेदो दक्षिण कोरियाले बाडी पीडितहरुलाई लक्षीत गरि आर्थिक सहयोग संकलन अभियान संचालन गरेको थियो । उक्त अभियानबाट 20,91000 (बीस लाख एकानब्बे हजार ) वोन संकलन भएको थियो । उक्त रकम नेपाल विप्रेषण गर्दा 1,96,400 रुपैया भएको थियो ।

उक्त रकमले समाजका उपाध्यक्ष रबि लामा र सह सचिव दिनेश पाठकको नेतृत्वमा सप्तरी स्थित तिरुहत गाउपालिका वाड न:2 का पीडितहरुलाई राहत स्वरूप जस्तापाता वितरण गर्ने सार्वजनिक निर्णय समाजले गरेको थियो । समाजका उपाध्यक्ष रबि लामाले स्थानीय जनप्रतिनिधिसंगको समन्वयमा संस्थाले लक्षीत गरेको तिरुहत गाउपालिका -2 सप्तरी का 43 घरपरिवार पीडितहरुलाई गत मंसिर 23 गते एक कार्यक्रमका बिच राहत स्वरूप समाजको तर्फबाट जस्तापाता हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा बोल्दै रहत वितरण कार्यमा स्थानीय जनप्रतिनिधिको सल्लाह अनुसार गरिब,विपन्न निमुखा परिवारलाई प्राथमिकतामा राखिएको उनले बताए । प्राकृतिक विपत्तिको 3-4 महिना पछि पनि स्थानीय पीडितहरु त्रीपाल मुनिनै बसिरहेका छन । यस्तो पिडादायी अवस्था हुदा समाजले जस्तापाता हस्तान्तरण गरि पीडितको कष्टकर जनजीवन्मा थोरै भए पनि छहारी हाल्ने काम भएको छ। यश कार्यले आफ्नो गाउँका बाडिपिडित जनताले राहतको सास फेरेको गाउपालिका प्रमुखले बताए । उनले प्रबासमा पसिना बगाएर साटेको पैसाले आफ्नो देशका विपन्न निमुखा पीडितहरुको पिडामा मल्हम पट्टी लगाएको देख्दा वास्तव मै आफू प्रभावित र भावुक भएको बताए ।

यसका साथै डेउ नेपाली एकता समाज र कोरिया बासी नेपाली हरु प्रतो अभार व्यक्त गरे।यद्यपि यो कार्य चाडै सम्पन्न गर्न खोजिए पनि कोरियाली चाडपर्व लगत्तै नेपालको चाडपर्व र चुनावले गर्दा लक्षीत समयमै पीडितको हातमा राहत पुर्‍याउन नसकिएको कारण अलि ढिलाइ भएकोमा समाजका अध्यक्ष अंशुबर्मा लिम्बू ले सबैसंग क्षमा याचना गरेका छन ।

यसैगरी नेपाल गएर सबैलाई जुटाएर राहत वितरण गर्ने जिम्मा लिएका समाजका उपाध्यक्ष रबि लामाले समयको दबाबले गर्दा सार्वजनिक सूचना सम्प्रेषण कारण बस गर्न नसकेकोमा सार्वजनिक माफी मागेका छन। उनले भने, “मंसिर 21 गते चुनाव 23 गते वितरण गरेर 25 गते म कोरिया फर्किनु पर्ने भएकोले सहोदर साथीहरूलाई समेत खबर गर्न नपाई हतारमा कार्य सम्पन्न गर्नुपर्ने बाध्यताले गर्दा सबै साथीहरू संग पुग्न सकिन त्यसको लागि माफी चाहान्छु।”

यसका साथै उक्त अभियानमा सहयोग गर्नुहुने सम्पुर्ण सहयोगिदाताहरुलाई हार्दिक धन्यवाद दिदै देश बिदेश जता भए पनि DSME मा कार्यरत नेपालीहरुले नागरिक दायित्व पूरा गरेको भन्दै समाजका अध्यक्ष लिम्बुले सहयोगी दाताको उच्च प्रशंसा गरेका छन।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...