Advertisement
SKIP THIS

कोरियामा प्रकाश र पाख्रिनको श्रद्धाञ्जली सभामा बोल्दै किरातीले भने, ‘अबको कार्यभार आर्थिक समृद्धि’


नयाँशक्तिका युवानेता तथा लेखक, साहित्यकार मिलनकान्छा किरातीले सामन्ती राज्य व्यवस्थाको अन्त्यसँगै अबको कार्यभार आर्थिक समृद्धि निर्माण गर्नु रहेको बताएका छन ।

कोरियाको राजधानी सोलस्थित एनआरएनको भवन नेपाल हाउसमा नेपाली जनप्रगतिशील मञ्चद्धारा आयोजित भर्खरै हृदयघातबाट दिवंगत नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य प्रचण्ड पुत्र प्रकाश दाहाल र जनवादी गायक खुशीराम पाख्रिनको श्रद्धाञ्जली सभामा बोल्दै उक्त कुरा बताएका हुन ।
उनले भने, ‘हिजो सामन्ती राज्यको कालो व्यवस्थाविरुद्ध लड्दा प्रकाशले जत्तिकै सबै नेपालीले विशेषगरी युवाहरुले योगदान दिन सकेको भए अहिले खिचडी गणतन्त्र देख्नु पर्ने थिएन । सडकबाटै जनताले पियोर गणतन्त्र प्राप्त गर्न सक्ने थिए । हिजोका आन्दोलनबाट प्राप्त उपलब्धिहरु संस्थागत गर्ने आरम्भ प्रदेश र प्रतिनिधिसभाको निर्वाचनबाट भएको छ । व्यवस्था फेर्न लड्ने सहीद र योद्धाहरुको सपना पुरा गर्न अबको कार्यभार आर्थिक समृद्धि निर्माण गर्नु हो ।’

नयाँशक्ति पार्टी साँस्कृतिक विभाग केन्द्रीय सदस्य तथा अन्तराष्ट्रिय नेपाल समाज कोरियाको सल्लाहकारसमेत रहेका किरातीले अनेक कष्ट सहेर जनताको पक्षमा अहोरात्र सिर्जनामार्फत आवाज ओकल्ने साँस्कृतिक धरोहर जनवादी गायक खुशीराम पाख्रिन दुःखी, दिनहीन जनताको मनमा जीवन्त सधैँ बाँच्ने बताए । प्रकाश र पाख्रिनको दुःखद घटनाले माओवादी केनद्रलाई अपुरणीय क्षति पुगेकोप्रति दुःख व्यक्त गर्दै पार्टीपङ्ति र शोक सन्तप्त परिवारलाई धैर्यधारण गर्ने शक्ति प्राप्त हुन सकोस भन्ने कामना गरेका थिए ।

नेपाली जनप्रगतिशील मञ्च दक्षिण कोरियाका अध्यक्ष खगेन्द्र बुढाको अध्यक्षता रहेको उक्त सभामा विभिन्न राजनैतिक दल, सामाजिक सङ्घ संस्था र लब्ध, प्रतिष्ठित व्यक्तित्वहरु उपस्थित भएर प्रकाश र पाख्रिनलाई श्रद्धाञ्जली अर्पण गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पाँचथर सांगितिक सौगात भाग २ को आयव्यय सार्वजनिक , २ करोड ४१ लाख वन बचत
  • कोरियाको शहरहरुमा नोभेम्बर ८ देखि आक्रमक प्रदर्शनको तयारीमा ‘जारी २’
  • नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाको ९ औँ महाधिवेशन नोभेम्बर ९ मा
  • नोभेम्बर २ देखि कोरियाको विभिन्न शहरहरुमा प्रदर्शन हुँदै चलचित्र ‘रिमै’
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...