Advertisement
SKIP THIS

किरात याक्थुङ चुम्लुङ कोरिया बुसान शाखाको अध्यक्षमा किरण सुन्दर कन्दङ्वा चयन


किरात याक्थुङ चुम्लुङ कोरिया बुसान शाखाको अध्यक्षमा किरण सुन्दर कन्दङ्वा चयन भएका छ्न्। २०१४ मा नै शाखा विस्तार गरिएपनी सो समिती निष्कृय भइ भिघटन भएको थियो। नोभेम्बर १९ तारिख आइतबारको दिन पुनः क्षेत्रीय भेला एवम याक्थुङ भेटघाट कार्यक्रम आयोजना गरि नयाँ समिती गठन गरिएको छ। उक्त सभाले किरण सुन्दर कन्दङवाको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति गठन गरेको छ।

अन्य पदाधिकारीहरुमा खगेन्द्र पालुङ्वा वरिष्ठ उपाध्यक्षमा चयन भएका छ्न् भने घनेन्द्र नेम्बाङ, निस्मा सम्बाहाम्फे र ज्ञानेन्द्र मादेन उपाध्यक्षमा मनोनीत भएका छ्न्। त्यसैगरी सरोज सेराङ सचिव र डम्बर पयाङ्गु सह सचीवमा चयन भए। कोषाध्यक्षमा डिल्लीराम योक्पाङ्देन र सह-कोषाध्यक्षमा सोना सेदाङ मनोनित भए भने सदस्यहरुमा विक्रम “धराप” सुहाङ, विक्रम नेम्वाङ , कृष्ण किराँती, नैनसिङ्ह खापुङ, मिलन लिम्बू र दिलहाङ सेर्मा चयन भएका छ्न्।

क्षेत्रीय भेलामा कियाचू कोरियाका संरक्षक गणेश मेन्याङ्बो, बुसान शाखाका निवर्तमान अध्यक्ष चित्र आङ्देम्बे, नेपाल आदिवासी जनजाती महासंघ बुसान शाखाका महासचिव सुरेशसिङ्ह सम्बाहाङ्फे, इतर आवाज साहित्य समाज कोरियाका संयोजक पराजित पोमु, कियाचू कोरियाका उपाध्यक्ष गजेन्द्र सेर्मा, कोषाध्यक्ष टीका थेगिम एवं निवर्तमान कोषाध्यक्ष नरेन्द्र थेगुवा लगायत अन्य संघ संस्थाका प्रतिनिधि र त्यस क्षेत्रका लिम्बू समुदायको बाक्लो उपस्थिति रहेको थियो।

कोरियाको दक्षिणी क्षेत्र गजेदो, बुसान, मासान, किम्हे, छाङ्वन, हामान, जिन्जू, मिर्याङ, याङ्सान लगायतलाई समेटि गठन गरिएको उक्त कार्यक्रममा चुम्लुङ कोरियाका अध्यक्ष सुन्दरदिप आङ्देम्बेको प्रमूख आतिथ्यमा र चुम्लुङ कोरियाका केन्द्रीय सल्लाहकार कुविरचन्द्र लिङ्देनको सभाध्यक्षमा सम्पन्न भएको कार्यक्रममा सुरेशसिङ्ह सम्बाहाङ्फेले स्वागत मन्तव्य राखेका थिए भने डम्बर सुब्बाले कार्यक्रम संचालन गरेका थिए।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • गायक तथा मुन्दुम विद जितेन राईको साथमा कोरिया भर ‘साकेला’ मनाईदै
  • प्रगतिशील नेपाली समाज कोरियाको दोश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रेम बर्देवा
  • नेपाली समुदायको संयुक्त आयोजनामा ‘वुद्ध जयन्ति’ मनाईँदै
  • किम्हेमा चलचित्र ‘अञ्जिला’ अप्रील २७ मा प्रदर्शन हुने
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...