Advertisement
SKIP THIS

कोरियामा रेमिटेन्स खोल्न चाहनेलाई नेपाल सरकारको स्वागत


सोल

दक्षिण कोरियामा नीजि क्षेत्रबाट रेमिट्यान्स कम्पनी खोल्न चाहने इच्छुकलाई सरकारको स्वागत रहेको नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरन्जीवी नेपालले बताए । कोरियाको सेन्ट्रल बैंकसंग कुरा गरेपछि यसैबर्षबाट कोरियन सरकारले नीजि रेमिट्यान्स कम्पनीहरुलाई लाइसेन्स दिन थालेकाले टेमिट्यान्स खोल्न चाहनेलाई नेपाल सरकारको सहयोग हुने उनले स्पष्ट पारेका हुन् ।

सोमबार सउल स्थित नेपाली राजदूताबासमा आयोजित अन्तरकृया कार्यक्रममा सो भनाइ राख्दै उनले कोरियामा रहेका नेपालीहरुलाई बैधानिक रुपमा रकम नेपाल पठाउन आग्रह पनि गरे ।

कोरियामा नेपालसंग कारोबार गर्ने आठवटा रेमिट्यान्स कम्पनीले लाइसेन्स लिइसकेका छन् । जसमध्ये ग्लोबल मणि एक्सप्रेस (जि.एम.ई)ले भने गत अक्टोबर १० तारिखबाट सउलमा कार्यलय स्थापना गरी कारोबार शुरु गरिसकेका छन् ।

आइतबार सो रेमिट्यान्स कम्पनीले नेपालबाट वित्तिय क्षेत्रका उच्च पदाधिकारीहरुलाई आमन्त्रण गरी औपचारीकरुपमा कार्यलय उघाट्न गरेका थिए । कार्यक्रममा आइएमइ ग्रुपका अध्यक्ष चन्द्र प्रशाद ढकाल, ग्लोबल आइएमइ वैंकका कर्पोरेट डाइरेक्टर सुमन शर्मा र नेपाल राष्ट्र बैंकका वित्तीय विभागका प्रमुख बामदेब सिग्देल , उद्योग बाणिज्य संघका पदाधिकारीलगायतको उपस्थिती रहेको थियो । जसको लागि नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरन्जीवी नेपाल विमान ढिलाईका कारण कार्यक्रममा उपस्थित हुन सकेका थिएनन् ।

कोरियामा वित्तिय क्षेत्रका उच्च पदाधिकारीहरु आमन्त्रण गरी पहिलोपटक औपचारिक उद्घाटन गरेका जि.एम.इ रेमिट्यान्स कम्पनीले २० दिन भित्र ७ सय जनाले २० लाख डलरको हाराहारीमा कारेबार गरेको कम्पनीका निर्देशक सुभाष पौडेलले बताए । कोरियन सरकारले गत जुलाईमा नीजि क्षेत्रबाट रेमिट्यान्स कम्पनी खोल्न चाहनेलाई लाइसेन्सको लागि आवहान गरेका थिए । सोही अनुसार अगष्ट २३ मा जि.एम.इले लाइसेन्स पाएको निर्देशक पौड्यालले जनाए ।

यसभन्दा अघि कोरियामा खोलिएका केही बैंकहरुले पैसा पठाउदा लग्ने शुल्क बढी तथा पैसा ढिलो पुग्ने र झन्झटिलो प्रकृया भन्दै ग्राहकहरु हुन्डी तर्फ नै बढी आकर्षित भएको देखिएका थिए । त्यसैले कम शुल्कमा विना झन्झट छिटो पैसा पुराउने सहज र सरल सक्रिय रेमिट्यान्स कम्पनीहरुलाई नेपाल सरकारले आवहान गरेको हुनसक्छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५ को सम्पूर्ण तैयारी पूरा
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...