Advertisement
SKIP THIS

नेपाल आदिवासी जनजाति महिला महासंघ अमेरिकाद्धारा आयोजित देउसी भैलो कार्यक्रम सम्पन्न


नेपाल आदिवासी जनजाति महिला महासंघ अमेरिका फिओनाले तिहारको अवसरमा देउसी भैलो कार्यकम आयोजना गरयो । न्यू योर्कको ज्याक्सन हाइटमा भएको कार्यक्रमको उदघाटन, नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाका उपाध्यक्ष विनोद पोमोले दिप प्रज्वलन गरेर गर्नुभएको थियो । पोमाले महिला महासंघ स्थापना कालदेखि नै महासंघलाई सहयोग गर्दै आउनुभएको छ ।

महासंघका उपाध्यक्ष इन्दिरा चोङवाङले उपस्थित सबैलाई औपचारिक स्वागत गर्दै फिओनाको उद्देश्यको बारेमा जानकारी दिनुभयो । विभिन्न क्षेत्रमा रहेर पनि आदिवासी महिलाहरुको लागि सहयोग गर्नका लागि स्थापित महासंघले हामी सगै केही फरक गर्छौ भन्ने मान्यताका साथ नेपाल आदिवासी महिलाको शशक्तिकरण र सहयोगका लागि काम गर्दै आएको छ । नेपालको लागि काम गर्दै आउनुभएकी सँगसगै संस्थाका अध्यक्ष नताशा ओज्नियाकले, अमेरिकामा रहेर पनि आदिवासी महिलाहरु एउटै मञ्चमा पाएको भन्दै उनीहरुको एकताको प्रशंशा गर्नुभयो ।

महासंघले बार्षिक रुपमा गर्दै आएको देउसी भैलो कार्यकममार्फत आदिवासी जनजाति दिदी बहिनीहरु भेला भएर आफनो संस्कृति जगेर्नाका लागि योगदान गर्दै आएको छ । कार्यक्रममा उनीहरुले विभिन्न संस्कृति झल्कने गीत गाएर र नृत्य गरेर, आफनो मातृभूमीप्रति सम्मान व्यक्त गरेका थिए ।

यसैबीच, कार्यक्रममा, महिला महासंघका सल्लाहकार पूर्व डिआइजी पार्वती थापा मगर र नृत्य निर्देशकहरु संगीता मुखिया छोचुन, र विजय नकर्मी र हेभन्ली पाथका अध्यक्ष सुकु राईलाई उहाँहरुको सहयोगको कदर गर्दै सम्मान गरिएको थियो । सचिव बन्दना राइले तिहार, दिपावली र बलिहाङ र छठ पर्वको शुभकामना दिदै भैली कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

अध्यक्ष संगीनी रानाले कार्यक्रममा उपस्थित सबै सहभागी महिलाहरुलाई आफनो पहिचान र अस्तित्वका लागि जिम्मेवार हुन आव्हान गर्दै कार्यक्रमको समापन गर्नुभएको थियो । महिला महासंघले देउसी भैलो कार्यक्रम मार्फत एक हजार एक सय अठार डलर आर्थिक संकलन गरेको छ । कार्यक्रममा, युवा, वृद्ध लगायत महिला दिदी बहिनीहरु सहभागी थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाली जनसम्पर्क समिती कोरियाद्वारा सक्रिय सदस्यताका लागि फारम खुला
  • किरात राई यायोक्खा दक्षिण कोरियाको १३ औँ महाधिवेशन सेप्टेम्बर १४ मा
  • चुम्लुङ कोरियाको ‘रजत जयन्ति विशेष भेटघाट तथा वृहत वनभोज’ कार्यक्रम अन्तिम चरणमा
  • चुम्लुङ कोरियाको ‘रजत जयन्ती विशेष भेटघाट एवम वनभोज कार्यक्रम’ अन्तिम चरणमा
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...