Advertisement
SKIP THIS

नेपाल मगर संघ किम्हे/बुसान शाखाले अागामी सलनालमा बृहत सांस्कृतिक कार्यक्रम गर्ने


काेरियाकाे महान चाड अर्थात काेरियाली नयां बर्ष सलनालकाे अवसरमा नेपाल मगर संघ किमे बुसान शाखाले बृहत सांस्कृतिक कार्यक्रमकाे अायाेजना गर्ने निर्णय गरेकाेछ। नेपाल मगर संघ किमे बुसान शाखाकाे यहि अक्टुबर २९ तारिख आइतबार किम्हे स्थित नेपाल मगर संघ किम्हे/बुसान शाखाको कार्यलयमा बसेको नियमित बैठकले उक्त निर्णय गरेकाे हाे। कोरियाको महान चाड सलनालको अवसर पारी २०१८ फेब्रुअरी १५ तारीख किम्हे शहरमा नेपाल मगर संघ किम्हे बुसान शाखाले बृहत सांस्कृतिक कार्यक्रम गर्ने  भएकाे छ । उक्त समयमा किम्हे/बुसान क्षेत्रमा क्रियाशिल रहेका सम्पुर्ण संघ, सस्थाहरुलाई कार्यक्रम नजुधाई सहयोग गरिदिन हुन नेपाल मगर संघ किम्हे बुसान शाखाका अध्यक्ष भिसन पुर्जा मगरले हार्दिक अनुरोध गरेका छन् ।

नेपाल मगर संघ काेरिया  किम्हे बुसान शाखा,  काेरिया तथा नेपालमा  समेत  सामाजिक सेवामा सक्रियरूपमा अगाडी बढिरहेकाे संस्थाहाे। किम्हे बुसान क्षेत्रमा समेत नेपाली संस्कृति झल्काउन मगर कल्चर प्रदर्शन गर्दै अाएकाेछ। साथै यहां स्थित भएका अापत बिपतमा समेत सक्दाे सहयाेग र हातेमालाे पनि गर्दै अाएकाेछ। र समाज सेवाकै लागी गरिन लागेकाे बृहत सांस्कृतिक कार्यक्रमलार्इ सम्पुर्ण संघ संस्था र महानुभाबहरूले सहयाेग गरिदिनु हुन पनि अध्यक्ष पुर्जाले अनुराेध गरेका छन्। कार्यक्रम सम्बन्धि बृस्तित जानकारी अर्काे सुचनामा अाउने जनाइएकाे छ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • कोरियामा पहिलो पटक ‘सुजन चापागाईँ एण्ड द इन्फिनिटी’ व्याण्ड गुञ्जने निश्चित
  • बहु प्रतिक्षित चलचित्र जारी २ कोरिया प्रदर्शनका लागि बूकिङ खुला
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...