अकस्मात मृत्यु भएका केपीको परिवारको सहयोगार्थ कोरियामा आर्थिक संकलन


दक्षिण कोरियाको कार्य अवधी सकेर नेपाल फर्केका केपी भूषालको अकस्मात मृत्यु भएपछि उनको परिवारको सहयोगार्थ कोरियामा आर्थिक सहयोग जुटाउन लागिएको छ ।

चार वर्ष १० महिना कोरियाको कार्यअवधि सकेर गत जनवरीमा नेपाल फर्केका विहादी गाउँ पालिका –४ अर्चलपाटाका ३१ वर्षिय केपी (खेम प्रसाद) भुषालको गत आइतवार मृत्य भएको थियो ।

दशैं मानेर राजधानी फर्केका भुषालको ज्वरोको साथै पेट दुखेपछि किर्तीपुर अस्पताल उपचार गरिएको थियो । किर्तीपुर अस्पतालले रोग पहिचान गर्न नसकेपछि उनलाई वनस्थलीस्थित मृगौला उपचार केन्द्रमा भर्ना गरिएको थियो ।

भुषालको मुटु र मृगौलामा एक साथ समस्या देखिएपछि अकस्मात मृत्यु भएको वताइएको छ । भुषालको मृत्यु हुँदा उनकी श्रीमती दुई दिनको सुत्केरी अवस्थामा थिईन । नवजात शिशु छोरा भएको वताइएको छ । पाँच वर्षिय छोरी र उनकी श्रीमती काठमाडौंमा वस्दै आएका थिए । मृतक भुषालका दुई दाजुभाई छन् ।

नवजात शिशु सहित दुई वच्चाको शिक्षा , आमा र सुत्केरी श्रीमतीको सहयोगका लागि आर्थिक संकलन गर्न लागिएको कोरियाबाट सर्पोट नेपाल स्वतन्त्र राष्ट्रप्रेमी युवा समुहका यम श्रेष्ठले जानकारी गराए । कोरियामा रहेको वखत सामाजिक कार्यमा सक्रिय भुषालको मृत्युले कोरियावासी नेपालीहरु दुखी बनेको समूहका अभियन्ता एलवि श्रेष्ठले वताए ।

भुषालले कोरिया रोजगारीमा पुनः जानका लागि भाषा परिक्षा पास गरेर बसेका थिए । आर्थिक रुपमा भुषालको सामान्य परिवार रहेको वताइएको छ । भुषालका नजिकका दाजु केशव भुषालले नवजात शिशु तथा छोरीको शिक्षाको लागि कोरियामा गरिएको पहलप्रति आभार व्यक्त गरे ।

खाता नम्बर  1006-901-459165 bank:- woori bank name:- support nepal foundation..

हाल्सम्म संकलन सहयोग विवरण :

१) किम्हे माइग्रेन्ट हाउस तथा किम्हे चर्च – २००,०००/-वन

२)हरि थपलिया (नुवाकोट)- १००,०००/-वन

३)आर्या श्रेष्ठ (काभ्रे)- ५५,०००/-वन

४)केपी चौलागाईं (सिन्धुपाल्चोक)- १,००,०००/-वन

५)एल.वि श्रेष्ठ (सिन्धुपाल्चोक )- ५०,०००/-वन

६)रमेश उप्रेती(मकवानपुर)-५१,०००/-वन

७)हरि कृष्ण श्रेष्ठ (काभ्रे)- ५००००/-वन

८)गणेश तिमल्सिना (काभ्रे)- ५१०००/-वन

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • कोरियाको सुवनमा भव्यताका साथ ‘साकेला’ मनाइयो
  • गूमी एसियाली एथ्लेटिक्स च्याम्पियनसिपमा नेपालले सहभागिता जनाउँदै
  • म त्यही अनुहार हूँ
  • ‘मुक्कुमलुङ कपको’ उपाधी आस्याङ एफसीलाई
  • ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...