साउदी अरेबियामा पनि कोरियामा जस्तै मर्स–आतङ्क


पञ्च विस्मृत
 
 
 
 
साउदी अरेबियामा प्रथमपल्ट देखा परेको उपचारहीन भाइरस मर्सले महामारीको रुप लिन सक्ने आशङ्कामा विश्वका विभिन्न मुलुकहरु सजग हुन थालेका छन् । अरब न्युजको गत शनिवारको रिपोर्ट अनुसार सन् २०१२ को जुनमा प्रथम पल्ट देखा परेको सो भाइरसबाट साउदी अरेबियामा पछिल्लो घटनाको रुपमा एक ७७ वर्षीय साउदी वृद्ध र २७ वर्षिया एक विदेशी महिलाको मृत्यु भएको छ । र, यससँगै मर्स भाइरसबाट मृत्यु हुनेको सङ्ख्या जम्मा ४५३ पुगेको छ, भने यस भाइरसबाट सङ्क्रमित बिरामीहरुको सङ्ख्या जम्मा १०३० पुगेको छ । यस रोगको कुनै उपचार आजसम्म पत्ता नलागेको भनिए पनि यसबाट प्रभावित ५६८ जनालाई निको पारिएको जनाइएको छ ।
 
Middle East Respiratory Syndrome (MERS) नाम दिइएको उक्त भाइरसबाट साउदी अरेबिया पछिको सबैभन्दा बढी प्रभावित भएको मुलुक साउथ कोरिया रहेको छ, जहाँ बीबीसीको जुन १५ को रिपोर्ट अनुसार यसबाट मृत्यु हुनेहरुको सङ्ख्या जम्मा १६ पुगेको छ । उक्त मुलुकमा गत शनिवारको अरब न्युजको रिपोर्टमा यसबाट सङ्क्रमित बिरामीहरुको सङ्ख्या ४१ रहेको उल्लेख गरिएको थियो भने जुन १५ को बीबीसी रिपोर्टमा १५० पुगेको उल्लेख छ । यसबाट पनि सो मुलुकमा मर्सको महामारी कति गम्भीर हुँदै गएको रहेछ भन्ने कुराको आँकलन गर्न सकिन्छ । यसरी दुवै देशमा मर्सबाट सङ्क्रमित हुने र मृत्यु हुनेको सङ्ख्या बढ्दो क्रममा देखिनुले सम्बन्धित मुलुकमा कार्यरत नेपाली कामदारहरु मर्स आतङ्कका शिकार भइरहेका देखिन्छन् ।
साउदी अरेयिबा र साउथ कोरिया बाहेक यस भाइरस देखिएका देशहरुमा दुबाइ, कतार, ओमन, जोर्डन, कुवेत, यमन, लेबनन, इरान, युके, फ्रान्स, तुनिसिया, इटाली, मलेसिया, फिलिपिन्स, ग्रीस, इजिप्ट, अमेरिका, नेदल्र्याण्डस्, अल्जेरिया, अष्ट्रिया, टर्की, जर्मनी र चैना रहेका छन्, स्वास्थ्यसँग सम्बधित वेवसाइटहरुमा उल्लेख छ ।
मर्स कोरोना भाइरसबाट उत्पन्न हुने र सोही भाइरसबाट सन् २००३ मा सार्स (MERS) उत्पन्न भएको बताइन्छ, जसले सयौँको ज्यान लिएको थियो । शुरुका रिपोर्टहरुमा उँटबाट मान्छेमा सरेको आशङ्का गरिएको मर्स भाइरसको आजसम्म कुनै उपचारविधी अथवा सुइ पत्ता लागेको छैन । बिरामीको आवश्यक हेरचाहबाट नै यस रोगको निदान खोज्ने काम भइरहेको छ । बीबीसीका अनुसार यस भाइरसबाट सङ्क्रमित करिब ३६ प्रतिशत विरामीको मृत्यु हुने गरेको छ ।
वस्तुत: यो भाइरसले मूख्यरुपमा श्वासप्रश्वास प्रणालीमा समस्या ल्याउछ । यस भाइसका मूख्य लक्षणहरुमा :
– ज्वरो आउने
– खोकि लाग्ने र
– श्वास बढ्ने रहेका छन् । अन्यमा यसबाट सङ्क्रमित बिरामीलाई डायरिया हुने, बान्ता हुने, निमोनिया हुने र अझ किड्नीले समेत काम गर्न छोड्ने जस्ता लक्षणहरु रहने उल्लेख गरिएको छ । सामान्य रुपमा श्वासबाट सर्ने अनुमान गरिएको यो रोगको अरु सर्ने तरिकाहरु अझसम्म पत्ता नलागेको बताइन्छ ।
आजका मानव आफ्नो सभ्यता र विकासको उचाइलाई कायम राख्न प्राकृतिक प्रकोप, भोकमरी, शोक, रोग, महामारी आदिसँग युद्ध लड्दै निरन्तर अगाडि बढिइरहेका छन् । यस भाइरसबाट लड्नका लागि अथवा यस महामारीको उपचारविधी पत्ता लगाउनका लागि सम्बन्धित निकायहरु गम्भीर हुँदै आएका देखिन्छन् । ‘The U.S. National Institutes of Health’ नामक संस्था यस रोगको निदान पत्ता लगाउने काममा लागिपरेको छ । त्यस्तै सबैभन्दा बढी मर्सप्रभावित मुलुक साउदी अरेयिबा र साउथ कोरियाकाबीच यस रोगको निदानका लागि के गर्न सकिन्छ भन्ने कुरामा छलफल र सहकार्य अघि बढिरहेको बताइन्छ ।
साउदी अरेबियामा कार्यरत करिब दुई लाख भन्दा बढी नेपाली कामदारका लागि मर्स गम्भीर विषय हुन सक्छ । तर अधिकांश नेपाली यसबारेमा अनभिज्ञ छन् । यहाँ मर्सबारे प्रचारप्रसार गरिएपनि यहाँको सरकारले कुनै खास चेतावनी जारी गरेको भने छैन । त्यसो र यहाँको जनजीवन आजसम्म सामान्य नै रहँदै आएको छ । स्वाइन फ्लू, बर्डफ्लू जस्ता महामारीहरुबाट पार नपाउदै मर्सले नेपाल भित्रिए नेपालीले धेरै ठूलो सङ्कट खेप्नु पर्ने हुन्छ । यो रोग आजसम्म नेपालमा देखा नपरिसकेको अवस्थामा सरकारले यसबारे बेलैमा सोच्न आवश्यक देखिन्छ । प्लेगले १४ औँ शताब्दीमा १५ मिलियन युरोपियनको ज्यान लिएको इतिहास छ, जुन त्यहाँको त्यतिबेलाको जनसङ्ख्याको ६० प्रतिशत हो । पछि यसले विश्वका अन्य भागमा पनि उतिकै मानव जातीको विनाशकको रुपमा टाउको उठायो, जसलाई आज हामी ‘ब्ल्याक डेथ’को रुपमा चिन्छौँ । यता इबोलाको आतङ्क अफ्रिकामा अझैँ छ । यस्ता महामारीहरुबाट बच्न र यस्ता महामारीले देशको सीमारेखा काट्न नदिन सरकारले महत्त्वपूर्ण भूमिका खेल्न सक्छ, र सक्नु पर्छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • ‘चन्चले मन’को लिरिकल भिडियो सार्बजानिक
  • प्रतिज्ञा लामा कमब्याकको दोस्रो म्युजिक भिडियो सार्वजानिक (भिडियो)
  • शेर्पा संघ कोरियाले फेब्रुअरी १० मा ग्याल्पो ल्होसार मनाउने
  • नेपालको गाउ विकासमा कोरियन कम्पनीको चासो
  • ईपिएस

    नेपालको गाउ विकासमा कोरियन कम्पनीको चासो

    कोरियाको शोजेएम प्रालि कम्पनीले नेपालका विभिन्न गाउं पालिकाका अध्यक्षहरुसंग भगिनी सम्बन्ध कायम गर्दे गाउं विकासको कार्यमा सहकार्य गर्ने भएको छ । आज काठमाण्डौको धुम्बाराही स्थित आकामा होटलमा भेटघाट कार्यक्रम गर्दे शोजेएम कम्पनी कोरिया र पांचथर जिल्ला ...

    सन् २०२४ का लागि प्रवासी श्रमिकको कोटा निर्धारण, 16 देश बाट १ लाख ६५ हजार

    दक्षिण कोरियाले सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (ईपिएस) मार्फत १ लाख ६५ हजार कामदार कोरिया ल्याउने भएको छ । मंगलबार बसेको प्रवासी मजदुर नीति निर्धारण समितिको बैठकले सो निर्णय गरेको हो ।   कोरियामा भएको मजदुर अभाबलाई कम गर्नका लागि अहिलेसम्मकै बढि विदेशी ...

    विभिन्न माग राख्दै एमटियुले नोभेम्बर ११ मा बिरोध प्रदर्शन गर्ने

    मजदुरको पक्षमा विभिन्न माग राख्दै प्रवासी मजदुर संगठन (एमटियु)ले नोभेम्बर ११ तारिख शनिबारका दिन सौलमा बिरोध प्रदर्शन गर्ने भएको छ । कोरियामा रहेको सबै विदेशी श्रमिकहरुको हित बिपरित रहेको विवेदकारी कानुनहरुको खारेजी लगायतको माग राखेर प्रदर्शन गर्न लाएको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...