Advertisement
SKIP THIS

१४ करोडको लगानीमा गाई फार्म


मधुसुधन गुरागाईं

 

बनेपा-काभ्रेका युवा व्यवसायी रामबहादुर गौतमले पात्लेखेत–३, डाँडागाउँमा १४ करोड रुपैयाँको लगानीमा गौतमश्री अर्गानिक एन्ड काउ फार्म सञ्चालनमा ल्याएका छन्। फार्ममा उन्नत नश्लका गाईपालनका साथै अर्गानिक तरिकाले खेती समेत गरिएको छ। हाल ३ सय ५० उन्नत र स्थानीय जातका गाई पालेका छन्। यिनमा होलस्टिन फ्रिजियन, जर्सी गाईको बाहुल्य रहेको गौतमले बताए। हालसम्ममा उनले १४ करोड रुपैयाँ फार्ममा लगानी गरिसकेका छन्।
‘६० प्रतिशतजति गाई ब्याउने अवस्थामा रहेकाले हाल २ हजार २ सय लिटरमात्रै दूध उत्पादन भइरहेको छ। गाई ब्याउने क्रमसँगै दूध उत्पादन पनि बढिरहेको छ,’ उनले भने। काभ्रेमा उत्पादित दूध उनले काठमाडौंको कुलेश्वर र मैतीदेवीस्थित बिक्री केन्द्रबाट बिक्री गर्दै आएका छन्। गाईको दूध माग बढेसँगै उनले ५ सय गाईपालन गर्ने योजना बनाएको उल्लेख गरे। ‘आगामी ६ महिनाभित्रमा ५ हजार लिटर दूध उत्पादन गर्ने लक्ष लिएको छु। फार्मबाट उत्पादित दूधले मात्रै नपुग्ने भएकोले स्थानीय किसानलाई समेत उचित मूल्य दिएर किन्ने योजना रहेको छ,’ गौतमले भने।
सुरुमा कच्चा दूध बेच्दै आएका उनले अचेल नौनी, घ्यू, पनिर, रसबरीको उत्पादनसमेत थालेका छन्। दूधका परिकार बनाउन थालेपछि आफ्नै फार्मको उत्पादनले नधान्ने भएकाले उनले स्थानीय किसानलाई गाईसमेत दिने योजना बनाएका छन्। ‘किसानलाई निःशुल्क गाई दिने र उत्पादित दूध अरु व्यवसायीले भन्दा बढी मूल्यमा किन्ने घोषणा गरेको छु,’ फार्ममा भेटिएका गौतमले भने। उनको फार्ममा ७५ हजारदेखि तीन लाख रुपैयाँसम्म मोल पर्ने गाई छन्। गाईको आहाराका लागि ३ सय रोपनीमा घाँसखेती गरिएको छ। नपुग घाँस पराल र लाना उनले तराईबाट मगाउँछन्।
जिल्लाकै ठूलो व्यावसायिक पशुपालनमा कहलिएको उनको फार्ममा ५० भन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन्। मासिक २० हजार रुपैयाँसम्म पारिश्रमिक पाउने कामदारहरुको संख्या उल्लेख्य रहेको छ। गाईको दूधको लोकप्रियता बढेसँगै काठमाडौंमा २५ वटा बिक्री केन्द्र खोल्ने उनको योजना रहेको छ। ‘पाँचवटा दूधजन्य पदार्थका बिक्री केन्द्र रहनेछन् भने बाँकीमा कफीसप हुनेछ’, उनले थपे। गाई फार्मका साथै बाख्रापालन र निजी जंगलमा बंगुरपालन गरी चीनमा मासु निर्यात गर्ने उनको आगामी योजना छ। ‘५ सय जनालाई कृषिमै आधारित रोजगारी दिने लक्ष्य लिएको छु,’ गौतमले भने।
दोस्रोपटक गौतमश्री फार्ममा पुगेका मुख्य सचिव लीलामणि पौडेलले शनिबार नै फार्मको उद्घाटन गरेका छन्। उद्घाटन भाषणमा पौडेलले भने, ‘हाल कृषिमा विभिन्न नाममा कार्यक्रम छरिएकाले लक्षित समूहसँग पुग्नमा कठिनाइ भइरहेको छ। यसलाई समयानुकूल सुधार गर्दै व्यावसायिक कृषि र पशुपालन गर्दै मुलुकमै रोजगारी सिर्जना गर्ने फार्महरुलाई प्रोत्साहन गरिनेछ,’ पौडेलले भने।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पाँचथर सांगितिक सौगात भाग २ को आयव्यय सार्वजनिक , २ करोड ४१ लाख वन बचत
  • कोरियाको शहरहरुमा नोभेम्बर ८ देखि आक्रमक प्रदर्शनको तयारीमा ‘जारी २’
  • नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाको ९ औँ महाधिवेशन नोभेम्बर ९ मा
  • नोभेम्बर २ देखि कोरियाको विभिन्न शहरहरुमा प्रदर्शन हुँदै चलचित्र ‘रिमै’
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...