Advertisement
SKIP THIS

काेरियामा नेपथ्य लाइभ कन्सर्टमा झुमे नेपालीहरू


कास्की परिवार गणतन्त्र कोरिया द्वारा अकटुबर ४ तारिख सोलको ओलम्पिक पार्कको ओलम्पिक हलमा अायाेजित नेपथ्य लाइभ कन्सर्ट  कार्यक्रम सन्ताेष जनकरूपमा सम्पन्न भएकाेछ। कोरियाका लागि नेपाली राजदुत अर्जुन जङग बहादुर सिंहको प्रमुख आतिथ्यतामा एन अार एन ए कोरियाका अध्यक्ष लक्ष्मीगुरुङ, नेपाली सम्पर्क समितीका अध्यक्ष अन्जु केसि,नेपाल आदिबासी जनजाती महासङ्हका अध्यक्ष चित्र मोक्तान लगायतका विशेष अतिथीहरुको आतिथ्य र कास्की परिवारका अध्यक्ष दिल जलारी पासाकाे अध्यक्षतामा लाइभ कन्सर्टको २५ औं बर्ष गाथ मनाइएको थियो। 
कन्सर्टकाे दाेस्राे चरणमा नेपथ्यकाे अाफ्नाे भिडियाे धुन पश्चात जब गायक अमृत गुरूङ स्टेजमा  निस्किए दर्शकहरूले ताली बजाएर स्वागत गरे।नेपथ्य स्थापना भएकाे २५ अाैं बर्ष गाथ काेरियामा मनाउनु पाउनु नेपथ्यकाे भाग्य भएकाे बताए।कन्सर्टमा नेपथ्यले आफ्नो २५ औं बर्ष मनाउने क्रममा सार्वजनिक गरेको ‘मै मरि जाउँला, जीवन छोटो छ’ बोलको गीत गाउँदा दर्शकले हुटिङ गरेर साथ दिए । साथै, ब्याण्डका गायक अमृत गुरुङले आफ्ना चर्चित गीतहरु पनि पस्किए । उनले, गीत प्रस्तुत गर्दै दर्शकसँग संवाद समेत गरेका थिए ।

स्वदेसमै तपाइहरुलाई रोजगारीको प्रवन्ध गर्न नसकेकै कारण सबैजना यो ठाउँ आइपुग्नुभएको हो । आफन्त, साथीभाइ र मान्यजनहरुबाट यसरी टाढिएर बाँच्नुपर्दाको पीडा म बुझ्दछु,’ कन्सर्टकै क्रममा नेपथ्यका मुख्य गायक एवं अगुवा अमृत गुरुङले भने, ‘जेजस्तो भए पनि यहाँ रहँदाको क्षणलाई अवसरका रुपमा लिइदिनुस् र सकेसम्म आफुमा स्वदेसका निम्ति काम लाग्ने सीप विकास गर्नुस्। हाम्रा नेताहरुमा यी तमाम तन्नेरीहरुले राष्ट्रनिर्माणमा सघाउन सक्ने वातावरण तयार पार्ने दृष्टिकोणका लागि हामी अनुरोध गर्छौं।’
कन्सर्टमा अमृतलाइ ध्रुव लामाले ड्रम सेटमा, सुरज थापाले किबोर्डमा, सुविन शाक्यले गितारमा, निरज गुरुङले गितारमा र शान्ती रायमाझीले मादलमा साथ दिएका थिए ।

नेपथ्यले करिब २ घन्टा आफ्नो प्रस्तुती दिएको थियो ।कार्यक्रम हेर्दा हेर्दै,नाच्दा नाच्दै सकियाे, कार्यक्रम छाेटाे भयाे दर्शकहरूकाे गुनासाे थियाे। याे प्रस्तुति संगै नेपथ्यकाे ५ अाैं श्रृंखला हाे काेरियामा।

आयोजकले सोचे जस्तो र लगानी अनुसारको दर्शकको उपस्थिती नभए पनि नेपथ्यकाे प्रस्तुति भने सानदार नै रहेकाे थियाे। कार्यक्रम सफल बनाउन दिनरात खटिने कास्की परिवारका सम्पुर्ण पदाधिकारी,सदस्य ,सम्पुर्ण कास्की बासीहरू,प्रत्यक्ष अप्रत्यक्ष अार्थिक भाैतिक नैतिक सहयाेग गर्ने सम्पुर्ण महानुभाबहरू तथा नेपथ्य ब्याण्डका सम्पुर्ण कलाकारहरूलाइ कास्की परिवारका अध्यक्ष दिल जलारी पासाले धन्यबाद ज्ञापन गरेका छन्।

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • गायक तथा मुन्दुम विद जितेन राईको साथमा कोरिया भर ‘साकेला’ मनाईदै
  • प्रगतिशील नेपाली समाज कोरियाको दोश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रेम बर्देवा
  • नेपाली समुदायको संयुक्त आयोजनामा ‘वुद्ध जयन्ति’ मनाईँदै
  • दक्षिण कोरियामा ‘लोटस् ल्यान्ट्रन फेस्टिभल २०२५’ सम्पन्न, सउल नेपाल गुम्बाले बुद्ध जन्जयन्ती कार्यक्रम मे ११ मा गर्ने
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...