Advertisement
SKIP THIS

एमआरपी त्रुटी नै त्रुटी


निकुञ्ज तिवारी

सोल-नेपालबाट दक्षिण कोरिया पठाइएको मेसिन रिडेवल पासवर्ड (एमआरपी) मा पटक–पटक त्रुटि पाइएको छ । सोलस्थित नेपाली दुतावासमार्फत रुपान्तरणका लागि पठाइएको राहदानीमा फोटो, उमेर, नातासम्बन्ध, हस्ताक्षर, जन्मस्थानलगायतका विविध प्रिन्टिङ इरर भएर आइरहेका छन् ।

 

दुतावासमार्फत करिब एक वर्ष अगाडि आवेदन बुझाइ पुरानो पासपोर्ट रुपान्तरणका लागि नेपाल पठाइएको राहदानीमा दुइ पटकसम्म गल्ती भएर आएको छ । उक्त राहदानी पुनः सच्याउन पठाइएको छ । एकवर्षको अन्तरालमा पनि राहदानी हात नपरेपछि युवा राहदानीविहिन भएका छन् ।

 

पर्वत थापाठाना ४ का प्रकाश पौडेल र नागि १ भोजपुरका सपराज राईको राहदानी दुइपटकसम्म गल्ती भएर आएको छ । ‘दुइ–दुइ पटकसम्म राहदानी गल्ती भइ आउनु लज्जाको विषय हो ।’ प्रकाश पौडेलले भने “म एक वर्षदेखि राहदानीविहिन छु । पुरानो पासपोर्ट पनि छैन् । अव भिषा लगाउने समय आउनै लाग्यो । तर अझै राहदानी आएको छैन ।

 

पहिलोपटक २०१४ अक्टोबर १४ मा आएको थियो ।’ उनले भने ‘पहिलोपटक नम्बर मिस्टेक रहेछ फेरि सच्चाउन पठाएको पुन गल्ती दोहोरियर आएछ । दुतावासमा सम्पर्क गर्दा पुन सच्चाउन पठाएका छौं भन्छन् तर भिसा सकिन लाग्यो । राहदानी हात परेको छैन ।’

 

दुतावासमार्फत सम्पुर्ण प्रक्रिया पुरा गरी रुपान्तरणका लागि पठाइएको राहदानीमा हरेकपटक गल्ती भइ आउनु दुखद पक्ष भएको उनको गुनासो छ ।

 

त्यस्तै, सोही समयमा प्रिन्टिङ इररभई आउने राहदानीमा जोरपाटी ३ काठमाडौंका कर्मलामा सेर्पा, बद्रियाका राजेन्द्रबहादुर चन्द्रको इरर एमआरपी फम, रापाकोट १, स्याङ्जाका हरिचरण चपाईको प्रिन्टिङ इरर भई आएको छ ।

 

दक्षिण कोरियाबाट मेसिन रिडेवल पासवर्ड (एमआरपी) का लागि निवेदन दिएकामध्य इशानेश्वर २ लमजुङका विनिका भुजेलको २०७१ मंसिरमा आवेदन दिएको राहदानीमा प्रिन्ट्रिङ इरर भएर आएको छ ।

 

दूतावासले यहाँ कार्यरत नेपालीका लागि २०१० डिसेम्बरदेखि एमआरपी आवेदन खुल्ला गरेको थियो । जसमार्फत हालसम्म दुतावासमार्फत करिब ७ हजार नेपालीले एमआरपी बनाएका छन् । दूताबासले एमआरपी मार्फत १२ करोड रुपैयांभन्दा बढि राजश्व संकलन गरेको छ ।

 

इपिएस लगायत अन्य शीलशीलामा दक्षिण कोरियामा रहेका नेपालीहरुले राजधानी सउलमा अवस्थित नेपाली दुतावासमा नयाँ राहदानीका लागि १ लाख ८७ हजार ५ सय कोरियन वन अर्थात १७ हजार ६ सय तिरिरहेका छन् ।

 

यो शूल्क नेपालको दाँजोमा ३ गुणा बढि छ । त्यस्तै हराए, भिजेको वा अन्य कारणले अयोग्य ठहरिएको राहदानीका लागि डबल दस्तुर ३ लाख ७५ हजार वन (नेपाली रुपैयाँ करिब ३३ हजार) तोकिएको छ ।

 

अन्तराष्ट्रिय नागरिक उड्यन संगठन ‘आइकाओ’ को प्रावधानअनुसार हस्तलिखित राहदानी सन् २०१५ नोभेम्बर २४ सम्म मात्र प्रयोग गर्न सकिन्छ । जसअनुसार अहिले प्रयोजनमा रहेका हस्तलिखित राहदानी २०१५ नोभेम्बर २४ पछि काम नलाग्ने हुन्छन् । म्याद सकिनु ६ महिनाअघि राहदानीमा नयाँ भिसा लाग्दैन ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...