Advertisement
SKIP THIS

फोनिज केन्द्रले एफएनजेका संस्थापक अध्यक्ष सत्यनारायण श्रेष्ठ भएको जानकारी सहित संचारमन्त्रीलाई ज्ञापनपत्र बुझाए


फोनिज कोरिया संवाददाता
काठमाण्डौ

नेपाल आदिवासी जनजाति पात्रकार महासंघ (फोनिज) केन्द्रले नेपाल पत्रकार महासंघ (एफएनजे) का संस्थापक अध्यक्ष दिवंगत कृष्ण प्रशाद भट्टराई नभई सत्यनारायण बहादुर श्रेष्ठ भएको जानकारी गराउदै शुक्रबार संचारमन्त्री मोहन बहादुर बस्नेतलाई ज्ञापनपत्र बुझाएका छन् ।

सरकारले आम संचार प्रशिक्षण प्रतिष्ठानमा दिवंगत कृष्णप्रसाद भट्टराईको नाम जोडेर राख्ने तयारी गरिरहकोले त्यसको विरोध गर्दै फोनिजले मन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो ।पत्रकारहरु संगठित हुुनेक्रममा पहिलो पटक २००८ सालमा पत्रकार संघ गठन भएको र त्यहि संघनै पछि महासंघका रुपमा स्थापित भएको फोनिजले बताए ।

महासंघको संस्थापक अध्यक्ष भट्टराई नभई श्रेष्ठ रहेको भन्दै फोनिजले प्रतिष्ठानमा व्यक्तिको नाम जोडिए अस्वीकार गर्ने चेतावनी दिएको छ । साथै फोनिजले एफएनजेका अध्यक्ष गोविन्द आचार्यलाई पनि ज्ञापनपत्र बुझाउदै आमसन्चार प्रशिक्षण प्रतिष्ठानको अगाडि व्यक्तिको नाम जोडिएकोबारे महासंघको धारणा मागेको छ।सञ्चारमन्त्री मोहन बस्नेतले भट्टराईको नाममा प्रतिष्ठान गठन गर्न महासंघले सहमति जनाएको अभिव्यक्ति दिएपछि फोनिजले महासंघको धारणा मागेको हो ।

इतिहासलाई बंगाउन पाइदैन भन्दै नेवाः पत्रकार राष्ट्रिय दबूले सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघको अध्यक्ष घोषणा गर्नुपर्ने माग गर्दै आन्दोलन गर्ने भएका छन् ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...