एनसीसीको अधिबेशन स्थगित गर्न २१ संस्थाको माग


फोनिज कोरिया संवाददाता

सोल- कोरियामा रहेका नेपालीहरुको साझा सस्था मानिएको नेपाली सम्पर्क समिति (एनसीसी) अधिबेशन स्थगित गर्न यहाँ कार्यरत २१ सस्थाले माग गरेका छन् |

 

 

उनीहरुले आइतबार एक बिज्ञप्ति जारि गर्दै कोरियामा संक्रमणको रुपमा फैलंदै गएको मर्स र सस्थाको भावी रणनीतिलाई प्रभावकारी बनाउन सबै संघसस्थाहरुसंग पर्याप्त परामर्श नगरी अधिबेशन गर्न लागिएको जनाउदै मिति परिवर्तन गर्न माग गरेका हुन् | बिज्ञप्ति निम्न अनुसार रहेको छ :-

 

 

                                                                                                               प्रेस बिज्ञप्ति

सर्वप्रथम नेपाली सम्पर्क समिति, दक्षि रोग कोरियाको ध्यानाकर्षण गराउदै कोरियामा रहनुभएका सम्पूर्ण बुद्धिजीवि,समाजसेवि,पत्रकार,व्यवसायी, संघसंस्थाहरु लगायत सम्पूर्ण जिम्मेवार नागरिक समाजको ध्यानाकर्षण गराउन चाहन्छौं ।

 

 

कोरियामा अहिले फैलिएको मर्सको बारेमा सबैलाई सर्वबितितै छ, कोरियन सरकारले मर्स भाईरस फैलिने खतरालाई ध्यानमा राखेर हजारौं शिक्षण संस्थाहरु अनिश्चितकालका लागि बन्द गर्दै उच्च सर्तकता अपनाउन सबै देशी विदेशीलाई जानकारि पनि गराएको छ।

 

 

संगसंगै यहि आउँदो २८ जूनमा नेपाली सम्पर्क समितिले अधिवेशनको तयारि गरेको कुरा पनि सबैलाई जानकारी नै छ।

 

 

नेपाली सम्पर्क समिति कोरियामा रहेका सम्पूर्ण नेपाली समुदायको साझा संस्था हो । यस संस्थाको रेखदेख गर्नु हामी सबैको कर्तव्य हो ।विगतमा संस्थाको पारदर्शिता र योजनाबद्ध तरिकाले कार्यशैलीहरु कार्यन्वयन गर्न नसक्दा संस्थाप्रति सबैको प्रश्न चिह्न उठ्नु स्वभाविक छ।त्यसैले पनि यो संस्था अगामी दिनमा योजनाबद्ध तरिकाले उदेश्यमुखि बनाउनका लागि नयाँ कार्यसमिति सक्षम, बौध्दिक र संस्थाप्रति ईमान्दार गठन गर्नुपर्ने जिम्मेवार हामी सम्पूर्ण जिम्मेवार संघसंस्थाहरुमाथि आएका छौं |

 

 

कोरियामा गठन गरिएका दर्जनौं संघसंस्थाहरु छन् तर संस्था गठन, संचालन र व्यवस्थापन सम्बन्धमा नेपाली सम्पर्क समितिले प्रमुख भूमिका निभाउन नसक्दा विभिन्न किसिमका समस्या, चुनौति र विकृतिहरु बढ्दै गईरहेको छ। तसर्थ को रियामा संघसंस्था गठन र संचालन सम्बधि नितिनियम कार्यन्वयन तर्जुमा गर्न स्पष्ट विधान हुन जरुरि छ, र यो नेपाली सम्पर्क समितिको कार्यक्षेत्र भित्र पर्ने कुरा हो ।

 

 

यी सबै बिषयवस्तुहरुलाई मध्यनजर गर्दै हामी केही संघसंस्थाहरुको प्रतिनिधिहरु आपसमा गहन छलफल गरि नेपाली सम्पर्क समितिलाई आगामी दिनहरुमा हरेक कृयाकलापमा आवश्यक सहयोग, सल्लाह सुझाव प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्दै यहि आउने २८ तारिक गर्ने भनिएको अधिवेशनलाई मर्सका कारण एक ठाउँबाट अर्को ठाँउमा आवतजावत गर्न समस्या हुने भएकाले स्थिति साम्य नहुन्जेलसम्म अधिबेशन सार्न अनुरोध गर्दछौं । केही सीमित व्यक्तिहरुको स्वार्थपूर्तिको निम्ति आन्तरिक   मिलेमतोमा अधिवेशन गर्न खोजिन्छ भने हाम्रो घोर आपत्ति रहनेछ ।

 

संस्थाको गरिमालाई थप उचाईमा पुर्याउन साच्चिकै छाता संगठन बनाउन तर्फ सम्पूर्ण संघसंस्थाहरुसंग सरसल्लाह गरि स्पष्ट नितिका साथ संचालन भएमात्र उदेश्यमुखि हुनेछ भन्ने हाम्रो ठहर हो ।सम्पूर्ण संघसंस्थालाई समेटि संस्थागत रुपमा अगाडि बढे संस्थाले भावि दिनमा सम्मानजनक काम अवश्य गर्ने विश्वास पनि लिएका छौं ।सबै करङ जोडेर मात्र एक छाता निर्माण हुने भएकाले सबै संस्थाहरुको भावना अनुरुप नेपाली सम्पर्क समिति अगाडि बढ्नेछ भन्ने पूर्ण विश्वास लिएका छौँ ।अन्त्यमा यसै विज्ञप्ती मार्फत कोरियाबासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई मर्सबाट वच्न उच्च सावधानी अपनाउन हुन हार्दिक अपिल गर्दछौं ।धन्यवाद

 

संस्था र प्रतिनिधि

 सिन्धुसमाज, अध्यक्ष- यल वि श्रेष्ठ

सुदूरपश्चिम समाज,अध्यक्ष- जीतेन्द्र महत

नेपाल याेङ्गस्टार,उपाध्यक्ष- राजुराजा शाहि

नेवा पुच, अध्यक्ष-कृष्ण मुस्यान

सुर्याेदय ईलाम समाज, अध्यक्ष- हरि खनाल

काभ्रे सम्पर्क समिति,अध्यक्ष- गणेश तिमल्सिना

पर्वत समाज,अध्यक्ष- तेजेन्द्र सुवेदी

नुवाकाेट समाज, उपाध्यक्ष- गोकर्ण रिजाल

पत्रकार महासंघ,उपाध्यक्ष- विशाल घतराज

परदेशि लाईफ, अध्यक्ष- खेम कार्कि

पुर्वाञ्चल सरोकार समाज संयोजक- काजि नेपाल

ईपियस युथ, सचिव- खगेन्द्र पाण्डे

दोलखा वि सि,अध्यक्ष – शेर साङ्बो

भक्तपुर समाज, अध्यक्ष-रमेश गिरि

अर्घाखाचि समाज, अध्यक्ष- युवराज पाण्डे

ठकुरि समाज,अध्यक्ष- सर्वजित शाह

अाेखलढुङ्गा सेवा समाज, सचिव- श्रीराम तमु

मकवानपुर सम्पर्क मन्च,अध्यक्ष- श्री कृष्ण ढकाल

धनकुटा सेवा समाज,अध्यक्ष- चन राई

तनहु सम्पर्क समिति, सचिव- सुनिल मल्ल

अटिजम बालबालिका सहयोग अभियान कोरिया संयोजक- बिक्रम ठकुरि

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • एनसीसीको अधिवेशन जुन ४ मा हुने
  • चौथो बुद्ध जयन्ती फुटसल कप-२०२३ सम्पन्न, उपाधि फारान एफसिलाई
  • नेफिन कोरियाको विशेष अधिवेशन मे २८ हुने
  • धनकुटा सेवा समाज कोरियाद्वारा बिरामीलाई आर्थिक सहयोग
  • ईपिएस

    कृषि तथा पशुपालन क्षेत्र तर्फको दोश्रो चरणको कोरियन भाषाको नतिजा १४ जुलाईमा प्रकाशन हुने

    कृषि तथा पशुपालन (Agriculture & Livestock) क्षेत्र तर्फको दोश्रो चरणको कोरियन भाषा परिक्षा (EPS-TOPIK-2023, UBT) को नतिजा १४ जुलाई शुक्रबार प्रकाशन हुने सूचना जारी भएको छ । नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरिया, श्रम तथा रोजगार मन्त्रालय बीच सम्पन्न ...

    आप्रवासी कामदारमाथि हुने भेदभाव उन्मूलनको पहिलो वर्ष रहोस् भन्दै प्रेस विज्ञप्ति घोषणा

    एक अटोमोबाइल पार्टपुर्जा निमार्ण कम्पनीमा काम गर्ने दुई जना आप्रवासी कामदारहरूले विगत धेरै वर्षदेखि लगभग हरेक दिन १ घण्टा ३० मिनेट मात्र ब्रेक लिएर बेलुकी ६ बजेदेखि अर्को दिन बिहान ८:३० सम्म काम गरे। त्यस्तै अर्को कम्पनीमा काम गर्ने विदेशी कामदारले न साप्ताहिक ...

    दक्षिण कोरियाको जहाज निर्माण कम्पनीमा १२१० जनाको माग, ईपिएस् अन्तर्गत आवेदन फाराम परिवर्तन गरी आउन पाउने

    ईपिएस् मार्फत दक्षिण कोरियाको जहाज निर्माण कम्पनीमा सिधै आउन पाउने भएको छ । दक्षिण कोरिया आउने पर्खाइमा बसेका इपिएस् कामदारहरुले आवेदन फाराम परिवर्तन गरी जहाज निर्माण कम्पनीमा सिधै आउन पाउने भएको सुचना इपिएस् शाखा ग्वार्खोले जारी गरेको छ । HRD Service of Korea ले फाराम ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...