Advertisement
SKIP THIS

सउल नेपाली दूताबासले पाँच तारे होटलमा राष्ट्रिया तथा संविधान दिवस मनाए


फोनिजकोरिया संवाददाता
सोल

संविधान दिवसको पूर्व सन्ध्यामा सोमबार दक्षिण कोरिया स्थित नेपाली राजदूतावासले सउलको पाँच तारे होटल ग्रयान्ड हिल्टनमा एक कार्यक्रम गरी राष्ट्रिय तथा संविधान दिवस मनाएका छन् । दूताबास स्थापना भएदेखि पहिलो पटक यस्तो कार्यक्रम गरिएको उपनियोग प्रमुख किरण शाक्यले बताए ।

कुटनीतिक नियोगसंग घनिष्ठ सम्बन्ध राख्दै नेपालको छवी उच्च बनाउन अन्य दूताबासले जस्तै नेपालले पनि पहिलो पटक यस्तो कार्यक्रम गरेको शाक्यले थपे ।
परराष्ट्र मन्त्रालयका उप विदेश प्रमुखको प्रमुख आतिथ्य रहेकोे कार्यक्रममा विभिन्न कृटनीतिक नियोग, सरकारी प्रतिनिधी र विभिन्न दूतावासका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।

रात्रिभोज सहित गरिएको कार्यक्रममा नेपाली समुदयबाट प्रतिनिधीको रुपमा गैर आवसिय नेपाली संघ (एनआरएनए), नेपाली सम्पर्क समिती (एनसिसी ), महिलाको लागि महिला , पत्रकार महासंघ, विभिन्न पार्टीका भातृ संगठन , प्रतिष्ठीत नेपाली, विद्यार्थि र केही व्यवसायीहरुलाई कार्यक्रममा निमन्त्रणा गरिएको थियो ।

२ सय ५० सिट क्षमताको हलमा करिब २ सय जतिको उपस्थिती रहेको र कार्यक्रम सफल भएको उप नियोग प्रमुख शाक्यले जानकारी दिए । गत वर्ष भने दूताबासले आफ्नै प्रागंनमा कोरियामा रहेका नेपालीहरुलाई आमन्त्रण गरी यो दिवस मनाएका थिए । तर यसपाली भने गोप्यरुपमा सिमित नेपालीहरुलाई निमन्त्रणा गरी खर्चिलो तरिकाले मनाएका छन् ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाली जनप्रगतिशिल मञ्च र प्रवासी नेपाली एकता मञ्चबीच एकता हुने
  • सम्झनामा समर, समुद्र र सन क्रूज रिसोर्ट
  • ‘भोटे’ शब्दको ऐतिहासिक यात्रा
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...