Advertisement
SKIP THIS

लाखे नाच र दोहोरी गित संगै माम्फ कार्यक्रममा नेपालीहरुले गरे यस्तो तयारी


कोरिया – माईग्रेन्ट आरिराङ मल्टीकल्चरल फेस्टीवल ( माम्फ) को यसपाली पनी भब्य तयारी भएको छ । कोरियाको ख्यङसाननाम्दो अन्तर्गत छाङवन शहरको योङजी पार्कमा यही २९ सेप्टेम्वरबाट १ अक्टोवरसम्म यो कार्यक्रम हुनेभएको हो । ख्यङनाम माईग्रेन्ट सेन्टरको सहकार्यमा ३ दिन सम्म हुने उक्त कार्यक्रममा १५ राष्ट्र भन्दा बढी देशका आप्रवासी मजदुरहरु सहभागी हुने भएको छ ।

सहभागी भएका विभिन्न देशहरुको परम्परा र संस्कृतीको प्रदर्शनीबाट परिचय गराउने यस वहुसांस्कृतिक मेलामा विभिन्न देशका राजदुतहरुको सहभागीता हुनेगर्दछ भने यो पटक वंगलादेशका साँस्कृतिक मन्त्रीको टोली पाहुना अतिथीको रुपमा आउने भएको छ । नेपाली दुतावास कोरिया र नेपाल सरकारले प्रयास गरेमा आउने बर्षहरुमा नेपालबाट पनी यसरी नै अतिथी पाहुनाहरु झिकाउन सकिने आयोजक मध्येका एक यज्ञ राज सुवेदीले वताउनुभयो ।

प्रतेक वर्ष गरिने यस वहुसाँस्कृतिक महामेलामा सधैं झैं यसपटक पनी नेपालीहरुको निकै राम्रो तयारी र सहभागी रहेको जानकारी छ । सहभागी विभिन्न देशका आप्रवासीहरुले आ-आफ्नै तरिकाले तयारी र सहभागी गर्ने यस कार्यक्रममा नेपालीहरुले पनी विभिन्न जिम्मेवारीका साथमा कार्य विभाजन गरेर नै तयारीमा जुटीरहेका छन। कोरिया स्थित महामहिम राजदुत अर्जुन जंग बहादुर सिंहले समुद्दघाटन गर्ने नेपाली कार्यक्रममा लोक दोहोरी गायक रामजी खाँड र देवी घर्ती मगरको दोहोरी धमाका अनी चर्चित गायिका दीपा लामाले स्टेज तताउने बुझिएको छ ।

त्यस्तै गरेर स्थानीय नेपाली कलाकारहरुको प्रस्तुती अनी विक्रम राईको छुट्टै कला प्रदर्शनी पनी हेर्न पाईने भएको छ । सहभागी स्थानीय कलाकारहरुको प्रस्तुतीको आधारमा पुरस्कार समेत दिइने तयारी रहेको वताईएको छ । नेवारी समुदायमा प्रचलनमा रहेको नेपालकै चर्चित लाखे नाचको प्रदर्शन कोरियामा पहिलो पल्ट यसै कार्यक्रममा देखाइने भएको छ । लाखे नाच सम्बन्धी यही २४ तारिकमा रियल्सन समेत गरिने भएकोले अनुभवी ब्यक्तीहरुलाई सहभागी भएर सहयोग गरिदिनुहुन अनुरोध पनि आयोजकले गरेको छ ।

तेस्रो दिन ( आईतवार) हुने वहुसाँस्कृतिक परेडमा, लाखे नाच, दोहोरी गितका प्रस्तुतीहरु, विभिन्न नेपाली समुदायका भेषभुसा अनी पोशाकहरुको प्रस्तुती, साथै नेपाल र नेपालीहरुलाई परिचय दिने नेपाली पोशाकहरुको सहभागीता नै नेपालको तर्फबाट प्रदर्शनमा रहने भएकाछन् । प्रथम हुनेलाई करिब ५० लाख वन भन्दा वढी पुरस्कार रहेको उक्त वहुसाँस्कृतिक परेडमा गतशाल नेपाल तेस्रो भएको थियो । यसपाली पनी नेपालको आकर्षक र दम्दार प्रस्तुति रहने भएको छ ।

कार्यक्रमा विभिन्न देशको परिचय दिने स्टलहरु, खानाका प्रकारहरुको प्रदर्शनी देख्न र स्वाद लिन पनि पाईने छ । प्रतेक बर्ष यसरी नै गरिने अनी कोरिया कै ठुलो वहुसाँस्कृतिक मेला भनेर चिनिएको माम्फ महामेलामा नेपालीहरुको तर्फबाट कार्यविभाजनका साथमा यस्तो तयारी रहेको छ :-

माम्फ फेस्टिवल निर्देशक : यज्ञ राज सुवेदी

माम्फ फेस्टिवल संयोजक : भुवन कुमार वस्नेत

साँस्कृतिक झाँकी तयारी संयोजक : – सन्जिव राई – भिषण पुर्जा मगर – विविन्द्र राई

कलाकार व्यवस्थापक : हरि थपलिया – चन्द्र लामा अनुराग

स्वयंसेवक ब्यबस्थापक : अनिश गुरुङ ( किम्हे ) – सुवास थापा मगर( वुसान) – निरज पान्डे ( मिर्याङ )

बस ब्यबस्थापक : भुवन कुमार वस्नेत – हरि थपलिया

प्रचार- प्रसार ब्यबस्थापक : अशोक पोख्रेल – शिव भुषाल – राजेश श्रेष्ठ

* क्षेत्र संयोजकहरु :- * किम्हे ~ – प्रशान्त राज वानिया, 01068232444

-अनिश गुरुङ, 01068986139

-वेलमान थापा मगर, 01027664696

* वुसान ~ – संगित अधिकारी, 01086241977

– सुवास थापा मगर,01039467366

* हाम्यन/ छिन्जु ~ – नविन पुडासैनी,01022319199

– योगिता गौतम,01054758410

* थेगु ~ – अजय अर्याल,01056602250

– चन्द्र लामा अनुराग,01063442787

* याङसान ~ – सुजित घिसीङ, 01059481680

– नवराज वाग्ले, 01075981977

* सछाङ/ उङसान ~ – एल वि विष्ट,01068306852

– अशोक पोख्रेल, 01059500885

* हमान ~ – नारायण पौडेल, 01048332540

– टिका आचार्य, 01029717565

* गजेदो ~ – दिनेश पौडेल, 0105860440

– अंशुबर्मा लिम्बु,01059635373

कार्यक्रम स्थल सम्म आउन जान प्रतेक क्षेत्रहरुबाट बसको ब्यबस्था गरिएको आयोजकले वताएको छ भने क्षेत्रका संयोजकहरुबाट बस रहने स्थान र कार्यक्रमको बारेमा थप जानकारी लिन सकिने भएकोछ । कोरियाली भुमीमा समग्र नेपाल र नेपालीहरुको परिचय गराउने वहुसाँस्कृतिक प्रतिसप्रधात्मक कार्यक्रम भएकोले सम्पुर्ण नेपालीहरुलाई सहभागी भई नेपालको राम्रो परिचय दिनुहुन आयोजक मध्येका एक यज्ञ राज सुवेदीले सबैमा हार्दिक अनुरोध गर्दछु भन्नुभएको छ । सकेसम्म नेपाली पोशाकमा, अनुशासित तरिकाले सहभागीभई हामी नेपालीहरुको विशेष सहभागिता देखाउन नेपाली टिमका संयोजक भुवन कुमार वस्नेतले पनि सबैमा हार्दिक अपिल गर्नुभएको छ । नेपालीहरुको परिचय नेपालको शान, सबैको साथ र सहयोग रहोस कार्यक्रम सफलताको शुभकामना !

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५ को सम्पूर्ण तैयारी पूरा
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...