Advertisement
SKIP THIS

न्यूयोर्कमा नेपाल आदिवासी चलचित्र महोत्सव आइतबार सम्पन्न हुँदै


 
न्युयोर्कमा पहिलो पटक नेपाल आदिवासी चलचित्र महोत्सव शुरु भएको छ । २३ औं विश्व आदिवासी दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघ अमेरिका फिप्नाले पहिलोपटक महोत्सव आयोजना गरेको हो । न्यूयोर्कको गुल्सन टेरेसमा शुरु महोत्सवले, नेपालका आदिवासी जनजातिको भाषा, कला, संस्कृति, परम्परा र भेषभूषालाई अन्तर्रा्ष्ट्रियकरण गर्नका लागि अमेरिकामा आदिवासी चलचित्र महोत्सव २०१७ आयोजना गरिएको फिप्नाले जनाएको छ । फिप्नाका अध्यक्ष लुइसाङ वाइवा तामाङले, यो प्रथम एैतिहासिक महोत्सवले, आदिवासी साँस्कृति पहिचानका साथै नेपालको पर्यटनको प्रवद्र्धन गर्नु रहेको बताउनुभयो । आदिवासी जनजातिको आन्दोलन नागरिक आन्दोलन भएको भन्दै उहाँले, चलचित्र मार्फत साँस्कृति अधिकारलाई सुनिश्चित गराउने विश्वास व्यक्त गर्नुभयो ।
अमेरिकामा बसोबास गरिरहेका नेपालका आदिवासीहरुको सुचिकृत प्रमाणित दस्तावेज महावाणिज्यदुवास मार्फत माग गर्दै उहाँले, अमेरिकामा आदिवासीहरुले पाइरहेको अधिकारलाई माइनोरिटी अधिकार मार्फत यहाँ बसोबास गर्ने नेपाली आदिवासी उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो । महोत्सवको उदघाटन सत्रमा बोल्दै महावाणिज्यदुत मधु मरासिनीले, जनजातिको सवालमा आफु सकारात्मक रहेको भन्दै महोत्सवको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
महोत्सवका संयोजक मणि वाङदेलले, मूलधारको चलचित्रबाट ओझेलमा परेका आदिवासी जनजातिका कथावस्तुमा आधारित चलचित्रहरुको अन्तर्रा्ष्ट्रियस्तरमा प्रबद्र्धन गर्न महोत्सव आयोजना गरिएको बताउनुभयो । आदिवासी जनजातिको परम्परागत शैलीमा बनाइएका चलचित्रहरुको माध्यमबाट उनीहरुको परम्परा, भेषभुषा, भाषा, कला, संस्कृतिलाई जगेर्ना गर्ने सहयोग पुग्ने वाङदेलको भनाइ छ । यसैबीच, डेमोक्रेटिक पार्टीका प्रतिनिधी मेरी सिल्भरले, आदिवासीका सवालमा बनाइएका चलचित्रले संस्कृति जगेर्ना गरेको भन्दै महोत्सवको सफलताको लागि शुभकामना व्यक्त गर्नुभयो ।
 
त्यस्तै, फिप्नाका जातिय संस्थाका विभिन्न प्रतिनिधीहरुले महोत्सवको सफलताको लागि शुभकामना व्यक्त गर्नुभयो । महोत्सवको पहिलो दिन आज, मुगालको ‘फेके’, राइ भाषाको पुवालो, नेवार भाषाको कल्ली, गुरुङ भाषाको ‘कर्म क्या’ प्रदर्शन गरियो । महोत्सवमा, सन २०१७ मा आयोजित आदिवासी जनजाति चलचित्र महोत्सवमा पब्लिक चोईस अवार्ड जितेको थियो । आज शुरु चलचित्र महोत्सव अगस्ट २७ सम्म तीन दिन चल्ने छ । महोत्सवमा चलचित्र र लघु चलचित्र गरि एघार चलचित्र प्रर्दशन गरिने छ । गुरुङ भाषाको ‘मैंरिमो, मगर भाषाको ‘लोम्बा, र , नेवारी चलचित्र ‘कृषा गौतमी’ आज प्रर्दशन गरिने छ ।
त्यसैगरी, राई भाषाको ‘सुम्निमा, तामाङ भाषी चलचित्र ‘सेम ताबा म्ही, र लिम्बु भाषाको ‘हेलुक्वा मुस्ताङी चलचित्र ‘शेरढाक’ भोली आइतबार देखाइने छ । महोत्सवमा विभिन्न एघार वटा विधामा उत्कृष्ट हुनेलाई नगद पुरुस्कार र सम्मानस्वरुप प्रमाणपत्र प्रदान गरिनेछ । उत्कृष्ट चलचित्रलाई एक लाख नगद, ट्रफी सहित प्रमाणपत्र दिइने छ । कार्यक्रमलाई भव्य र सभ्य रुपमा सफल बनाउनका लागि फिप्नाका अध्यक्ष लुइसाङ वाइवाले फिप्नाका सबै जातिय सदस्य संस्थाहरु लगायत सबैलाई सहयोगका लागि अनुरोध गर्नुभएको छ । चलचित्र महासंघ (फिन्फी) र ईन्डिजिनियस फिल्मस् अकाईभ (आईफा) सह–आयोजक रहेको महोत्सवमा नेपाली महावाणिज्य दूतावास, न्यूयोर्क र नेपाल चलचित्र विकास बोर्ड बिशेष सहयोगी संस्था रहने फिप्नाले जनाएको छ । कार्यक्रम पत्रकार तथा महोत्सव संयोजक मच्छे गुरुङले संचालन गरेको थियो ।
 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...