Advertisement
SKIP THIS

लगानीको बिषयमा नेपाली समुदाय संग छलफल गर्न उधोगपतिहरूको टोली कोरिया आउने


सौल, नेपाल उधोग परिसंघ (सिएनआई)का अध्यक्ष हरिभक्त शर्मा सहितको टोली कोरिया आउने भएको छ। अगष्ट २३ तारिख कोरिया आउन लागेको अध्यक्ष शर्मा सहितको टोलीले कोरियाली उधोगी र कोरियाली उच्च सरकारी अधिकारीहरूसंग नेपालमा लगानी र प्रविधी भित्राउने बिषयमा छलफल गर्ने बताईएको छ।
नेपालकै ठुलो औँषधी उधोग जनता औँषधी उधोगका मालिक समेत रहेका शर्मा सहितको टोलीले नेपाली समुदायसंग नेपालमा लगानी गर्ने बिषयमा पनि छलफल गर्ने भएका छन् । एन आर एन कोरियाको आयोजनामा स्वागत तथा अन्तरक्रिया हुने भएको छ।
दोंदेमुन स्थित नेपाल हाउसमा अगष्ट २३ तारिख साझ ६:३० बजे हुने कार्यक्रममा यहाँ रहेका नेपाली व्यापारी,विद्यार्थी लगायत बिभिन्न पेशामा आवद्द नेपालीहरूसंग छलफल गर्ने छन् । एन आर एन कोरियाले यहाँ रहेका नेपाली संघ संस्थाका प्रतिनिधी लगायत सबैलाई कार्यक्रममा उपस्थितीको लागी अपिल गरेको छ।
पछिल्लो समय नेपालमा राजनितिक संक्रमणकालको अन्त्य हुन लागेको संकेत पाएपछि नेपाली उधोगीहरू उत्साहित भएका छन् । उनिहरूले नेपालको पुरानै प्रविधीले मात्र ओधोगिक बिकास असम्भव देखिको भन्दै विदेशका प्रविधी र ज्ञान भित्राउन जरूरी रहेको बताउँदै आएका छन्। ओधोगिक रूपमा दक्षिण कोरियाले दुर्त गतिमा फड्को मारेकोले नेपाली उधोगीहरू कोरियाली प्रविधीप्रति आकर्षित देखिएको सिएनआईका उपाध्यक्ष कृष्ण अधिकारीले बताएका छन् । उनले आफुहरू कोरियाली लगानी र प्रविधी मात्र नभएर कोरियामा रहेका नेपालीहरूको ज्ञान र सिपलाई पनि सदुपयोग गर्न आतुर रहेको बताए।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • ‘आदिवासी जर्नल एवम स्मारिका ‘ विमोचन जुलाई २७ मा
  • उल्सानका ३ अस्पतालसँग एनसीसीको सम्झौता, नेपालीलाई सहुलियतमा स्वास्थ्य सेवा उपलब्ध हुने
  • विविध कार्यक्रम सहित जुलाई २० तारिख भव्य रुपमा ‘नेपाल डे’ मनाईदै
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...