Advertisement
SKIP THIS

एनआरएन कोरियाको युवा संयोजकको पदमा सन्तोषकुमार राईको उमेद्वारी


आगामी सेक्टेम्बर ९ र १० तारिखमा कोरियाको राजधानी सौलमा हुन गइरहेको गैह्र आवासीय नेपाली संघ कोरियाको छैंटौं अधिवेशनमा युवा संयोजकको पदमा सन्तोषकुमार राईले उमेद्वारी दिने घोषणा गरेका छन् । ‘उमेर अुनुभव मात्रै हैन, क्षमता र बौद्धिकताको कदर गरौ’ भन्दै एनआरएन कोरियाको छैठौं अधिबेशनमा कोरियामा रहनुहुने सम्पूर्ण नेपाली युवाहरुलाई एकाताबद्द बनाइराख्न तथा श्रमजिबी मजदुरको हकहितका निम्ती युवा संयोजकको पदमा उमेदवारी दिएको राई बताउँछन् ।
राई आफ्ना १२ बुँदे घोषणपत्रसहित सम्पूर्ण कोरियावासी नेपालीहरुमा मत दिइ बिजयी गराउन हार्दिक आह्वान तथा अनुरोध समेत गरेका छन् । आफ्नो प्रतिवद्धतासहितका घोषणापत्र यसप्रकार रहेको छः

१.अर्थतन्त्रको बिकाससँगै समृद्ध नेपालको सपना पूरा गर्न कोरियाबाट फर्किने नेपालीका निम्ति औद्योगिकरण र आधुनिक कृषि ब्यवसायलाई लगानीमैत्री वातावरण तय गर्न ठोस कार्य दिशा तय गर्नेछु ।

२. बाढी पहिरो, भुकम्प लगायत नेपालमा हुने दैबी प्रकोपमा राहात वा अन्य कुनै पनि सहयोगका निम्ति  एनआरएन कोरियालाई सकृय रुपमा अगि बढाउनेछु ।

३. एनआरएन कोरियाप्रती जनमानसमा रहेका भ्रमहरु हटाइ नेपालीहरुमा एनआरएनप्रतीको आस्था र बिस्वासलाई कायम गर्दै सम्पुर्ण नेपालीहरु एनआरएन कोरियामा एकताबद्ध गर्न बिशेष रुपमा अगि बढ्नेछु ।

४. कोरिया मानसिक रोगको सिकार भएका र औद्योगिक दुर्घटनालाई न्यूनीकरण गर्न , श्रमिकका कानुनी समस्याहरुमा सल्लाह र सुझाबका निम्ति जानकारीमुलक तथा चेतनामुलक कार्यक्रमहरु सन्चालन गर्नेछु ।

५. श्रमजिबी नेपालीको गुनासो सुनुवाइका निम्ति अन्लाइन सुचना संकलनको ब्यबस्था गर्दै मजदुरको हकहितको लागि आवस्यक समन्वय गर्नेछु ।

६. इपिएस प्रणाली मार्फत नेपाली मजदुर प्रतिको असमान ब्यबहार र ज्यादतीको बिरुद्व सम्बन्धित निकाय, एन आर एनका सम्पुर्ण पदाधिकारीसँग सहयोग र समन्वय गर्दै प्रभाबकारी रुपमा दबाब सृजना गर्न पहल गर्नेछु ।

७. नेपालको आर्थिक, सास्कृतिक र पर्यटन बिकासका निम्ति कला, सस्कृती र  प्राकृतिक तथा ऐतिहासिक सम्पदाहरुको प्रचारात्मक अभियान सन्चालन गर्नेछु ।

८. कोरियामा रहेका नेपाली युवाहरुलाइ खेलकुद र मनोरञ्जनका साथै अन्य सिपमुलक काममा अभिप्रेरित गर्दै दक्ष जनशक्तीको उत्पादनमा बिशेस कार्यक्रमको संकल्म गरेको छु ।

९. कोरियामा रहेका सम्पुर्ण परोपकारी संघ सस्थाहरुलाई आवश्यक सहयोगका निम्ति पुर्ण रुपले साथ दिनेछु ।

१०. नेपाली कामदारको शारिरिक र मानसिक स्वास्थ्यमा प्रतिकुल असर परि भैरहेका विभिन्न दुर्घटनालाइ मध्यनजर गर्दै मुख्य शहरहरुमा समयानुकूल घुम्ती स्वास्थ्य शिबिरको आयोजना गर्ने ।

११. कामदारको आत्मबल बढाउनुका साथै बौदिक बिकासका निम्ति, मनोबैज्ञानिक प्रशिक्षण, अभिमुखिकरण तालिम, अन्तर्कृया, गोस्टी लागायतका कार्यक्रमहरु सन्चालनमा ल्याइ कामदारको ब्यक्तित्व बिकासमा टेवा पुर्याउनेछु ।

१२. कोरियामा रहेका नेपालीहरुको दुर्घटना वा मृत्यु हुदा उद्वारका निम्ति एनआरएनलाई अझै सकृय र प्रभाबकारी बनाउन उद्वार कोष खडा गर्न पहल गर्नेछु ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...