Advertisement
SKIP THIS

“स्व.दिल बहादुर घरब्जा स्मृती भलिबल कप २०१७” को उपाधि छन्त्याल परिवारकै पोल्टामा


छन्त्याल परिवार गणतन्त्र कोरिया द्वारा आयोजित स्व.सर्बमान्य दिल बहादुर घरब्जा स्मृति भलिबल कपको उपाधि आयोजक छन्त्याल परिवारकै A टीमले जित्न सफल भएको छ|

गत आइतबार जुलाई ३० तारिख सौलको दोंग्देमुन कुमिन छेयूग्वानमा गर्मि बिदाको अवसर पारेर आयोजना गरिएको भलिबल प्रतियोगितामा १७ टीमले भाग लिएका थिए |१६टिम लाई पछी पार्दै छन्त्याल परिवारले दोस्रो पटक उपाधि उचाल्न सफल भएकोछ|

A पोल बाट सेमी फाइनलमा सी हंग सी आन्सान र मोना A बीचको प्रतिस्पर्धाबाट सी हंगसी फानलमा प्रवेश गरेको थियो |त्यसै गरि B पोलबाट सेमी फाइनलमा छन्त्याल परिवार र पर्बत समाज बीचको प्रतिस्पर्धाबाट छन्त्याल परिवार A फाइनलमा प्रवेश गरेको थियो| फाइनलमा कडा प्रतिस्पर्धाको बीचमा छन्त्याल परिवारले सी हंगसी आन्सानलाई सोझो २ सेटमा पराजित गरेको थियो|

प्रथम हुने छन्त्याल परिवारलाई पुरस्कार स्वरूप नगद १३ लाख वोन, सिल्ड र प्रमाण पत्र,त्यसै गरि दोस्रो हुने सी हंग सी आन्सानलाई नगद १० लाख र प्रमाणपत्र र सेमी फाइनलमा भिड्ने २ टिम मोना A र पर्बत समाज लाई ३५०००० वोनका दरले नगद र प्रमाणपत्र प्रदान गरिएको थियो| बेस्ट प्लेयरको उपाधि भने सी हंग सी आन्सान का गोपाल पुनले हात पार्न सफल भए| प्रतियोगिताको प्रत्यक खेलमा म्यान अफ डी म्याचको पनि घोषणा गरिएको थियो |

प्रतियोगितालाई ब्यबस्थित रुपमा संचालन गर्ने रेफीहरु लोकेन्द्र भट्टचन,दिलु थापा ,मिन राना र सुनेश केसी रहेका थिए |

यस प्रतियोगितालाई सफलता पूर्वक सन्चालन गर्नको लागि अहोरात्र खतीने छन्त्याल परिवार दक्षिण कोरिया कार्यसमितिका सम्पूर्ण पदधिकारी, सदस्यहरु, कोरियामा अबस्थित सम्पूर्ण छन्त्याल दाजुभाइ तथा दिदिबहिनीहरु साथै प्रत्यक्ष  अप्रत्यक्ष  जुनसुकै सहयोग पुर्याउनु हुने ब्यक्ति तथा सस्थाहरु, प्रतियोगितामा भाग लिने सम्पूर्ण खेलाडीहरु तथा प्रतियोगितास्थलमा उपस्थित हुनु भएका सम्पूर्ण दर्शक बन्धुहरु प्रती छन्त्याल परिवारको तर्फबाट अध्यक्ष अमर छन्त्यालले बिसेष धन्यवाद प्रदान गरेका थिए |

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वी नेपाल समाजले दीपावली विशेष शुभकामना आदानप्रदान एवम देउसी भैलो आयोजना गर्दै
  • नेपाल कोरियाको साँस्कृतिक मेलमिलाप दर्शाउने तेक्वान्दो प्रदर्शन
  • नेपाली जनप्रगतिशिल मञ्च र प्रवासी नेपाली एकता मञ्चबीच एकता हुने
  • नवौं रेसुङ्गा भलिबल कप २०२५ उपाधी गुल्मीको पोल्टामा, उपविजेता सुदुरपश्चिम समाज
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...