Advertisement
SKIP THIS

वैदेशिक रोजगारीमा गएका नेपाली मृत्यु भए परिवारले अब २२ लाख रुपैयाँ पाउने


काठमाण्डौ

विदेशमा काम गर्न गएका नेपालीहरुको उतै मृत्यु भए आर्थिक राहत स्वरुप उनका परिवारले अब २२ लाख रुपैयाँ पाउने भएका छन् । बैदेशिक रोजगार बोर्डबाट ७ लाख र जीवन विमा वापत १५ लाख गरी २२ लाख पाउने भएका हुन् । यस बाहेक तोकिएको रोगबाट मृत्यु भएमा थप ५ लाख पाउनेछन् । यसभन्दा पहिला बोर्डबाट मृतकका परिवालाई ३ लाख रुपैयाँ दिने व्यवस्था थियो ।

सरकारले बैदेशिक रोजगार नियमावली २०७४ को संशोधन गरेपछि बोर्डले दिने आर्थिक राहत रकम बृद्धी भएको हो । श्रम स्वीकृती लिएका कामदार साउन १६ देखि जुनसुकै कारणले मृत्यु भएपनि ७ लाख रुपैयाँ पाउने बोर्डका कार्यकारी निर्देशक रधुराज काफ्लेले बताएको कान्तिपुले उल्लेख गरेको छ । विदा वा विरामी भई करार अवधिभित्रै नेपालमै मृत्यु भएपनि राहत रकम पाउनेछ ।

बोर्डले कल्याणकारी कोषबाट दिइने राहत रकम वृद्धी गरेसंगै शुल्क पनि बढाएको छ । तीन वर्षको श्रम करार अवधिको लागि १५ सय र त्यो भन्दा बढीको लागि २५ सय रुपैयाँ शुल्क तिर्नु पर्ने भएको छ ।

२०७३ साल बैशाख १ देखि श्रम स्वीकृती लिई विदेश गएका कामदारहरुलाई १५ लाख जीवन विमाको व्यवस्था गरिएको छ । त्यस्तै सोही वर्पाको माघ १५ देखि श्रम स्वीकृती लिएका कामदारले १५ प्रकारका गम्भीर रोग लागेमा थप ५ लाख विमाको पनि व्यवस्था गरेको छ ।

बोर्डले वैदेशिक रोजगारीमा गएका कामदार विरामी भए , अंगभंग वा मृत्यु भए ७ लाख रुपैयाँ सम्म आर्थिक राहत दिने भएको छ । मृतक कामदारको सन्तानलाई १२ कक्षासम्म निशुल्क पढाइदिने, परिवार विरामी भए ५० हजार बराबरको उपचार खर्च दिने व्यवस्था गरिएको छ ।

विदेशमा जेलमा परेका कामदारलाई कानुनी खर्च वापत वकिल शुल्क समेत दिने व्यवस्था गरेको छ । तर अदालतले तोकेको जरिवाना भने दिइने छैन् ।

२०६४ माघबाट बोर्डले कामदारको हितको लागि राहत दिन थालेका हुन् । हालसम्म बोर्डमा चार अर्व १० करोड रकम जम्मा भएको छ । भरखरै थपिएको सुविधा प्रदान गर्न बोर्डले वार्षिक एक अर्बसम्म खर्च हुने अनुमान गरेको कान्तिपुरमा उल्लेख गरिएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • डिसेम्बर २८ तारिक कोरियाको थेगुमा कलाकार ममता र पवित्रा गुरुङसँगै तमु ल्होसार भव्य मनाइने
  • युबिन श्रेष्ठको नेतृत्वमा प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको नयाँ समिति गठन
  • कोरियामा ‘नवयुगकि सुम्निमा’ कविता संग्रह माथि चर्चा कार्यक्रम सम्पन्न
  • गैर आवासिय नेपाली संघ र सोनसिकद्वारा ‘वृहत अन्तरक्रिया कार्यक्रम ‘ गरिने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...